अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

Loading...

गत आइतबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा अभूतपूर्व परिकल्पना’ शीर्षक अन्तर्गत प्रस्तुत भएको

फेसन कार्यक्रम शीर्षक अनुसार अभूतपूर्व नै रह्यो । विशाल र कलात्मक सजावटमा झकिझकाउ
देखिएको ¥याम्प सेटअप माथि ओहोर दोहोर गर्ने मोडलहरुले पहिरिएका कलात्मक, सृजनात्मक तथा फरक

परिवेश र पृथक सोचबाट अभिप्रेरित पहिरन रुपी परिकल्पनाहरुले दर्शक दीर्घालाई निकै वेरसम्म मन्त्रमुग्ध
बनाइरहन सफल भयो । परिकल्पना शीर्षक अन्तर्गतका २१ वटा पहिरनहरु
मा विद्यार्थी डिजाइनरहरुको मिहेनत प्रशंसनीय थियो । ८४ जना विद्यार्थी
डिजाइनहरुको २१ वटा समूहले प्रस्तुत गरेको भविष्यको परिकल्पना गर्दै
तयार पारिएका पहिरन रुपी आकृतिहरु विज्ञान प्रविधि, जीव जन्तुको म्युटेसन,
अनलाइन गेम्स, मानव र अन्य जीवको म्युटेसन, संगीत, रोबट, स्पेश सीप
आदि प्रभावित थिए । सोही अनुरुप भविष्यको परिकल्पना गरिएका पहिरन रुपी
आकृतिहरुमा पुच्छर, सिब , पखेटा अदिको समायोजन पनि थियो । कपडा बाहेक
विभिन्न घरायसी तथा व्यवसायिक परिवेशमा प्रयोग हुने विभिन्न सर सामाग्रीको
समायोजन पनि ती पहिरनहरुको विशेषता थियो ।
नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिब पढाई
अन्तर्गतको तीन वर्षे स्नातक तह पूरा गर्ने क्रममा चौधौं ब्याचका ८४
जना विद्यार्थी डिजाइनहरुको कल्पनाशीलता र सृजनात्मक अभिव्यक्ति
प्रदर्शन गरिएको सो फेसन कार्यक्रमको कोरियोग्राफी एवं निर्देशन
रोजिन शाक्यले गरेका थिए । विद्यार्थी डिजाइनरहरु स्वयंले आयोजना एवं
व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शो कार्यक्रमको प्रमोशनका
लागि फोटोशुटमा प्रयोग भएका पहिरनका मोडलहरु सहित नमूना
कलेजका संस्थापक प्रिन्सीपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रु
पमा परिचित ज्ञानी शोभा तुलाधरको रनवेमा उपस्थिति संगै अगाडि बढेको
थियो ।
क्रिएटिभ बाहेक कार्यक्रममा अन्य पाँच वटा प्रस्तुति पनि समेटिएका थिए
। जसमा नेपाली साँस्कृतिक विविधता र जातिय पहिचानको चिनारी बोक्ने
पहिरनहरुको फ््युजन शैलीहरु देख्न पाइयो । जस अन्तर्गत लिम्बु , तामाब , शेर्पा, थकाली, नेवार,

सुनुवार, थारु लगायतका जातिएका झल्किने पहिरनहरु थिए । जुट, हेम्प, अल्लो, ब्याम्बु जस्ता नेचुुरल फ्याब्रिक
प्रयोग गरिएका पहिरनहरु भने फ्ल्यापर तथा युनिसेक्स शैलीबाट प्रभावित
एवं प्रेरित थिए । चौबीस युवती तथा दश युवा मोडलहरुको उपस्थिति रहेको
सो फेसन कार्यक्रममा ड्रामाटिक ग्ल्याम शीर्षक अन्तर्गत सुन्तला,
प्याजी, पहेंलो, नीलो, सिल्भर जस्ता रंगहरुको प्रधानता रहेको साटन,
नेट सिफन जस्ता फेब्रिकका खेलिएका लब ड्रामाटिक गाउनहरु प्रदर्शन
गरिएका थिए । यसैगरी पप आर्ट अवधारणामा तयार पारिएका रंगी विरंगी
पहिरनहरु पनि कार्यक्रमको आकर्षण रह्यो भने पेस्टल कलरको प्रधानता
रहेको विभिन्न स्लीव्स तथा स्लिट्सको प्रधानता रहेका शुद, लेदर, सिन्थेटिक,
भेल्भेट आदि फ्याब्रिकमा तयार पारिएका पहिरनहरुले पनि ¥याम्पमा
ओहोर दोहोर गरेको थियो ।

Loading...

Similar Posts :


10

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

धरान सुनसरी कि अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन। यो बर्षको एसईई दिएर फुर्सदको समयमा ‘मिस एसएलसी नेपाल’ नामब सौन्दर्य एबम बौदिक...

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा

थ्री डि ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल...

मोडलिङ्गमा छाउदै मोडल आशा श्रेष्ठ

काठमाडौं,मंसिर,। नेपाली कलाकारिता र मोडलिङमा आफ्नो छुट्टै परिचय बनाउने उदेश्यका साथ नेपाली कलाकारिता तथा मोडलिङमा प्रवेश गरेकी मोडल तथा कलाकार हुन आशा श्रेष्ठ । मोडलिङको...

मेक्सिकन सुन्दरी भानेसा भइन् मिस वल्ड २०१८

चिनकाे वेइजीङमा सम्पन्न ६८ अाैँ मिसवल्ड २०१८ कार्यक्रममा  मेक्सिकन सुन्दरी भानेसाले  मिस वल्ड २०१८ काे ताज पहिरिन सफल भएकी छिन् । उनलार्इ भारतिय विश्वसुन्दरी...

नेपालीकाे कथा लाेकनाटकमा ,फाेटाे फिचर

काठमाडौमा रहेको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा लोक नाटक लिलामे माईलो मञ्चन भैरहेको छ । रिमेक ड्रामाबन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलो भने पृथक...

‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण, फाइनल पौष १३ गते

राजधानीस्थित रातो पुलमा रहेको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरि ‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण गरिएका छ । कार्यक्रममा नेपाली...
Loading...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री...

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक...

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

गुल्मीको बडिगाढ खोलामा र्‍याफ्टिङको सफल परीक्षण

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई ठाडै अवकाश