यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

Loading...

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध मुद्दा दायर गरेको छ।

सोही कार्यालयका शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र मेकानिकल इन्जिनियर श्याम केसी, ठूलोभर्‍याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, ठूलोभर्‍याङ कार्यालयका कम्प्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुना ललितपुर कार्यालयका नायव सुब्बा लेखनाथ भूषालविरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो।आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १३ को कसुरमा हदैसम्मको जरिवाना र कैद सजाय माग गरेको छ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र , बागमतीका कर्मचारीले आर्थिक लाभ घूस (रिसवत) लिएर परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी गर्छन् भन्ने उजुरीको गर्दा यी कर्मचारीले ट्राइल फेल भएकाले लाइसेन्स दिएको खुलेको आयोगले जनाएको छ।

‘अनुसन्धानको सिलसिलामा यी कार्यालयबाट गत माघ १ देखि फागुन २५ गतेसम्म कार, जिप, डेलीभरी भ्यानको प्रयोगात्मक परीक्षामा परीक्षाको नतिजा फेरबदल एवं थपघट गरी गराइ २०४ वटा सवारी चालक अनुमतिपत्रहरु जारी गरिसकेको पाइयो,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Loading...

Similar Posts :


21

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...

श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था छ – गोकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा सम्मानजनक रुपमा श्रम गर्ने वातावरण अझै नबनेको बताएका छन् । पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले...

हामीले कसैको पक्ष र विपक्षमा वकालत गरेका छैनौ – प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको र सरकारकाे कार्यक्रम प्रति जे गरेनी कुरा काट्ने प्रवृत्ति भएकाहरुले बाआमालाई एकअर्काबारे...

दूरसञ्चार सेवा प्रदायक कम्पनीले ३ अर्ब रुपैयाँ नतिरे कम्पनी खारेज गर्न निर्देशन

संघीय संसदअन्तर्गतको अर्थ समितिले विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीले चुक्ता गर्न बाँकी करिब ३ अर्ब रुपैयाँ एक महिनाभित्र असुल गर्न र चुक्ता नगरे सबै...

भेनस इक्युप्मेन्टका उत्पादन अब नेपालमा परिना इन्टरनेशनलले बिक्रि वितरण गर्ने

गुणस्तरिय निर्माणमा हाम्रो अनिवार्य सहभागिता भन्ने मूल लक्ष्य लिएर नेपालमा भेनस इक्युपमेन्टको आधिकारिक विक्रेताको रुपमा नेपालमा परिना इनटरनेशनलले विक्रीवितरण गर्नुका साथै ममर्त पनि गर्ने...

हृदयेश त्रिपाठीले गरे कृषि मन्त्रालय खारेजीको माग

सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको पक्षमा नभई विचौलियाको पक्षमा काम गर्दै आएको आरोप लगाएका छन् । उनले कृषि मन्त्रालय खारेजीको माग समेत गरेका...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...