मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

Loading...

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले जानकारी दिए । यही गतिमा काम भए दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने उनले बताए ।‘सुरुङभित्र धमाधम ढलान भइरहेको छ,’ उनले भने। ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गाको मुआब्जा दिनेलगायत कानुनी प्रक्रिया पूरा गरिसकिएको उनले बताए। सिन्धु, शिवपुरी वन्यजन्तु आरक्ष र ग्याल्थुम खण्डमा भेन्टिलेटर निर्माण हुनेछ।

‘पहिले माथिबाट प्वाल पार्ने योजना थियो, अब सुरुङभित्रबाट प्वाल बनाइनेछ, यो नयाँ प्रविधि हो,’ उनले भने, ‘मेसिन ल्याइसकेका छौं।’ हालको मेसिनबाट भेन्टिलेटर निर्माण गर्दा वनजंगलको क्षति नहुने उनले बताए। अम्बाथान हेडवक्र्समा समेत काम तीव्र रूपमा भइरहेको आयोजानाले जनाएको छ। आयोजनाका अनुसार सम्पूर्ण आरसीसी ढलान गर्ने काम ८० प्रतिशत पूरा भइसकेको छ। ‘ससानो काम छ, त्यो सूक्ष्म किसिमबाट भइरहेको छ,’ उनले भने।

सरकारले असोजमा मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाएको थियो। पटक–पटक प्रतिबद्धता फेर्दै आएको सरकारले नयाँ वर्षको सुरुमै उपत्यकामा पानी ल्याउने दाबी गरेको थियो तर ठेकेदारको लापरबाहीले गर्दा काममा ढिलाइ भएको प्रमुख कँडेलले बताए। ‘काम सम्पन्न हुन अब धेरै समय लाग्दैन,’ उनले भने, ‘यांग्री र लार्केबाट दैनिक १७/१७ करोड लिटर पानी ल्याउने आयोजना निर्माणका लागि डीपीआर पनि स्वीकृत हुने चरणमा छ।’

डीपीआर स्वीकृत हुनेबित्तिकै टेन्डर आहवान गर्ने र दोस्रो चरणमा यांग्री र लार्के खोलाबाट पानी ल्याइने उनले बताए। मेलम्चीबाट यांग्रीबीचको सुरुङको लम्बाइ ९ किमि र यांग्री–लार्केबीचको सुरुङको लम्बाइ करिब २ किमि छ। यांग्रीसम्म सडकको पहुँच भए पनि लार्केमा पुर्‍याउन कठिन रहेको उनले जनाए। मेलम्चीदेखि लार्केबीच सुरुङको लम्बाइ ११ किमि छ।

मेलम्ची, यांग्री र लार्केबाट दैनिक १७–१७ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ। हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सुन्दरीजललगायत स्थानबाट ल्याएको पानी वितरण गर्दै आएको छ। केयूकेएलले उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि १२ करोड लिटर मात्र वितरण गर्दै आएको छ। बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ।

खानेपानीको समानुपातिक वितरणका लागि ८० हजार धारा जडान भइरहेको खानेपानी आयोजना निर्देशनालयका निर्देशक त्रिरेशप्रसाद खत्रीले जानकारी दिए जसमध्ये ४० हजारभन्दा बढी धारा जडान भइसकेका छन्।

महांकालचौर, बाँसबारी, पानीपोखरी, बालाजु, खुमलटार, आरुबारी, कीर्तिपुर, कटुञ्जेमा र भक्तपुरमा रिजर्भवायर टयांक निर्माणकार्य भइरहेको उनले बताए। सञ्चालनमा रहेका र नयाँ टयांकीसहित सबैमा आधुनिक प्रणाली जडान हुनेछ। ३१ क्षेत्र र ८३७ एकाइमा विभाजित उक्त प्रणालीमा जडानको काम भइरहेको उनले बताए।

पानी वितरणका लागि ६७० किमि क्षेत्रमा पाइप बिछयाउने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ। अब यो काम १० प्रतिशत मात्रै बाँकी छ।
Loading...

Similar Posts :


25

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसले तराई...

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे...

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ ।...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान