ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

Loading...

विभिन्न फेसन शो तथा राजधानी भित्र र बाहिर हुने सौन्दर्य प्रतियोगिताहरुमा आफ्नो कला र कौशल प्रस्तुत गरी सौन्दर्यकला र फेशन डिजाइन प्रेमी युवा युवतीहरु माझ चिरपरिचित नाम हो ममता बस्नेत। पेजेन्ट नेपालको सिईओ समेत रहेकी ममता बस्नेत विगत केहि समय देखि राजधानीमा रही छोटो समयमा नै बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतिस्पर्धाहरुमा फेशन डिजाइनिङको लागि पहिलो रोजाईमा पर्दै आएकी छिन। एमबि फेशन हाउस तथा विभिन्न संचारक्षेत्रमा समेत आवद्ध रहेकी ममथा बस्नेत १ दशक लामो समयदेखि नेपालका चर्चित ईभेन्टहरुमा ड्रेस डिजाईन गर्दै आईरहेकी छिन ।

उनले आयोजना गरेको नेपालकै पहिलो टाईटल विनर फेशनशोमा उनले डिजाइन गरेका पहिरनहरुको फेशनपारखीहरु माझ चर्चाको विषय बन्ने गरेको छ । उनको क्रियटिभ डिजाईनको ईभेन्ट आयोजक एवं फेशनविज्ञले निकै प्रशंसा गरेका थिए ।
नेपालमै पहिलो पटक भएको विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ विजेताहरुलाई समेटी होटल यल्लो प्यागोडामा उक्त शो आयोजना गरेकी थिईन ।
हिन्दु नारीहरुको चाड तिजको अवसरमा एसके ईन्टरटेनमेन्टको सहकार्यमा आयोजनामा आयोजित मिस एण्ड मिसेज तिज कार्यक्रमले समेत उल्लेख्य प्रशंसा पाएको थियो । थुप्रै बिवाहित तथा अबिवाहित महिलाहरुलाई विशेष अवसर प्रदान गर्दै आयोजना गरिएको उक्त कार्यक्रम पश्चात सफल ईभेन्ट आयोजकको रुपमा समेत डिजाईनर बस्नेतलाई हेरिन थालिएको छ ।

पेजेन्ट नेपाल मार्फत देश भित्र र अन्तराष्ट्रीय स्तरमा नै विभिन्न सौन्दर्य संग सम्बन्धित कार्यक्रमहरु सन्चालन गर्दै आएकी फेशन डिजाइनर तथा इभेन्ट अर्गनाइजर ममता बस्नेतले मोडल सङ्ससंग पेजेन्ट नेपाल मार्फत एसोसिएट्सको रुपमा रही दुबईमा मोडल सङ्स अवार्ड सम्पन्न गरेकि छिन।

“नेपाली कला, संस्कृति, स्रष्टा तथा सर्जकको सम्मानमा समर्पित अन्तराष्ट्रीय अवार्ड” भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो । नेपालबाट गएका तीन दर्जन भन्दा बढि कलाकारहरुको सहभागितामा बिशेष प्रस्तुती सहित वरदुबई को एभरेष्ट क्लबमा भव्य रुपमा कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी गराईन। दुबईमा सम्पन्न उक्त अवार्ड कार्यक्रम पश्चात उनी अहिले राजधानी भित्रैका विभिन्न इभेन्टहरुको लागि फेसन डिजाइनिङ , लगायत डिजाईनर कम्पिटशन एवं फेशन शो, विभिन्न सौन्दर्य प्रतियोगीताहरुका ड्रेस डिजाईनमा व्यस्त बस्नेत दशै तिहार लगतै थाइल्याण्डमा हुने फेशन शो तथा सम्मान कार्यक्रमको तयारीमा व्यस्त छिन। देश भित्र मात्र नभै विदेशमा समेत कार्यक्रम आयोजना एवं सन्चालन गरेर नेपाली कला संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा पुर्याउने उद्देश्यका साथ लागेकी बस्नेत १ दशक अगाडीसम्म कलाकारको रुपमा समेत ख्याती कमाएकी थिईन ।

थुप्रै टेलिचलिचित्र,बिज्ञापन एवं म्यूजिक भिडियोमा अभिनय गरिसकेकी बस्नेत केहि विज्ञापनहरुमा अहिले पनि टेलिभिजनमा देख्न सकिन्छ ।

Loading...

Similar Posts :


10

गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई

भारतको कालेबुङमा गायिका सारिका घिमिरे र गायक योगेश काजीले दर्शकलाई नचाएका छन् । भारतको कालेबुङ्मा भएको ‘भ्यालेन्टाइन भोइस अफ दि इयर’को तेस्रो सिजनको अन्तिम...

निर्देशक नव ढुंगेलको भिडियोमा रीमा

काठमाडौं – चर्चित रियलटी शो ‘नेपाल आइडल’ होस्ट रीमा विश्वकर्मा नेपाल आइडलको फिनालेपछि फेरि म्युजिक भिडियोमा फर्किएकी छन् । उनलाई निर्देशक नव ढुंगेलले म्युजिक...

नवप्रवेसिहरुले चलचित्र निर्देशकलाई खुसी पार्न सक्नुपर्छ

भर्खरै २१ औँ बसन्त पुरा गरेकी उनले सिधै चलचित्रमा प्रवेश गरेकी हुन् । आफूले पहिलो चलचित्र दिलको राजाबाट नायीकाको भूमिका निर्वाह गरेकी हुन् ।...

भ्यालेन्टाइन डेमा ‘चाहिँदैन घाम जुन’

चलचित्र ‘लिली बिली’बाट जोडी बनेका अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले यस पटकको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा आफ्ना दर्शकलाई ‘घाम जुन’ उपहार दिने...
super plus size model nepal, 2019

मोडल सङ्ग्स नेपालद्वारा आयोजित ‘सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२’ को उपाधी सन्ध्या केसीले हात पारिन

काठमाडौं— २६, माघ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२’ को ताज सन्ध्या केसीले पहिरिन सफल भएकी छिन ।...

बल्छी धुर्वेको बर्थडेमा माछा उपहार ?

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ हास्य क्षेत्रका चर्चित कलाकार हुन् । उनको बिहीबार जन्मदिन परेको छ । आफ्नो परिवारको साथमा उनले मानव सेवा...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...