पीपीएलमा चितवनको दोस्रो जित

Loading...

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले पराजित गरेको हो । १५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।
काठमाडौंका लागि गौरभ टोमरले ३९, कप्तान ज्ञानेन्द्र मल्लले ३०, पवन सर्राफले २८ र जयक्रिसन कोल्सवालाले १८ रन बनाए ।कुनै बेला जित नजिक पुगेको काठमाडौंले अन्तिम ५ ओभरमा ४ विकेट गुमाएपछि हारबाट जोगिन सकेन । यता, चितवनले भने उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।
बलिङतर्फ चितवनका लागि करण केसीले ३ र कप्तान पारसले २ विकेट लिए ।यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । चितवनका लागि हरिशंकर शाह ६० रन बनाए । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, स्मिथ पटेलले ३१ रन बनाउँदा अनिल कुमार शाहले २७ रन बनाए । त्यस्तै, कप्तान पारस खड्काले १४ र सुन्नी पटेलले १३ रन बनाए ।
बलिङतर्फ बसन्त रेग्मीले २ विकेट लिए ।जितपछि चितवनको पनि ४ खेलबाट ४ अंक भएको छ । यसअघि पहिलो र दोस्रो खेलमा चितवनले लगातार हार ब्यहोरेको थियो भने तेस्रो खेलमा र चौथो खेलमा जित निकाल्दै उपाधि होडलाई कायमै राखेको हो । यता, पहिलो पटक हार ब्यहोरेको काठमाडौं रोयल्सको पनि उपाधि होड कायमै रहेको छ ।

Loading...

Similar Posts :


5

नेपाली महिला क्रिकेट टिमको घोषणा

थाइल्यान्ड महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम नामावली सार्वजनिक भएको...

नेपाली क्रिकेट खेलाडिलार्इ अाइसिसीले दुर्इ बर्षकाे एकमुष्ट तलब दिने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई...

बिग ब्यासमा सन्दीपको ७ विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगमा आफ्नो दबदवा कायमै राखेका छन् ।मेलबर्न स्टार्सबाट लिग खेलिरहेका सन्दीपले बिहीबार सिड्नी सिक्सर्सको २ विकेट लिएका...

अनुमति विना ड्रोन क्यामेरा उडाउने ३ जना पक्राउ

ललितपुर महानगरपालिका-१५ लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाउने ३ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काठमाडौं गंगाहिटी बस्ने सिन्धुपाल्चोक घर भएका...

ईपीएल:भैरहवालाई हराउदै ललितपुर बन्याे च्याम्पियन

ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार भएको फाइनल भिडन्तमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५...

बिग ब्यास : सन्दिपको सानदार डेभ्यु ,म्याक्सवेलले गरे प्रसंसा

नेपालका सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन् ।मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेल्दा डेब्यू गरेका उनले दुई विकेट लिएका छन्...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...