बुटवलमा मंसिर ७ गते ‘प्याजेन्ट नेपाल फेशन शो’ हुदै

Loading...

देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले बुटवलमा फेशन शो गर्ने भएको छ ।
नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर बुटवलमा प्याजेन्ट नेपाल बुटवल फेशन शो आयोजना हुन लागेको हो । मंसिर ७ गते बुटवल स्थित एशियन भिलेज रिसोर्टको भव्य हलमा हुन लागेको उक्त शो का निमित्त मोडलहरुको छनौटका लागि कार्तिक २५ गते आईतवारका दिन बुटवलको ट्राफिकचोकस्थित क्लिक ईन्टरनेशल एजुकेशनको कार्यालयमा मोडल अडिसन हुने आयोजक तथा प्याजेन्ट नेपालको सिईओ एवं चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन । उक्त फेशन शो का लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।
छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस,मिडिया प्रमोसन उपलव्ध गराईने आयोजक बस्नेतले बताइन । चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा तालिम समेत हुने उक्त शो मा गायक सपन श्रेष्ठ, गायक ध्रुब विस्को गायिका सावित्री जोशी, गायिका ईन्दिरा भट्राई, नायिका पूर्णिमा लामा, मोडल नितु कोईराला, नायक श्रीदेव भट्राई, मोडल नन्दा बस्याल लगायत नेपालका चर्चित लोकप्रिय कलाकारहरु आफ्नो प्रस्तूती समेत दिनेछन ।
३ वटा सिक्वेन्स रहने शो मा राजधानीबाट शो को लागी सहभागीता जनाउन करीव डेढ दर्जन भन्दा बढी कलाकार तथा मोडलहरुले र्याम्प शो एवं आकर्षक प्रस्तुती दिनेछन ।

थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले बुटवलमा रहेर मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरुको लागी एक अवसर हुने विश्वास आयोजकको रहेको छ ।

 

Loading...

Similar Posts :


10

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायकसंगै एक कुशल कलाकार...

किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न

काठमाडौं—फागुन २२। राजधानिको परेली रेस्टुरेन्टमा किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स...

लोकप्रिय गायक दिनेश गौतमले जिते सर्वोत्कृष्ट लोक आधुनिक तर्फको गायकको अवार्ड

बोस्टर म्यूजिक अवार्डको सर्वोत्कृष्ट लोक आधुनिक तर्फको गायकको अवार्ड चर्चित गायक दिनेश गौतमले जितेका छन । बांसै काटेर बोलको गीतबाट उनले उक्त अवार्ड हात...

राज लुईटेलले हात पारे यस वर्षको नेशनल बोस्टर ‘पपुलर मोडल अवार्ड’

राष्ट्रिय नाचघरमा सम्पन्न नेशनल बोस्टर म्यूजिक अवार्डमा यस वर्षको नेशनल बोस्टर ‘पपुलर मोडल अवार्ड’ कलाकार तथा संचारकर्मी राज लुईटेलले हात पार्न सफल भएका छन...

नायिका शान्ता तामाङ्गले हात पारिन यस वर्षको हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डको सर्वोत्कृष्ट तामाङ्ग चलचित्रको नायिका तर्फको अवार्ड

हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डको सर्वोत्कृष्ट तामाङ्ग चलचित्रको नायिका तर्फको अवार्ड नायिका शान्ता तामाङ्गले हात पारेकी छिन । हिमालकी रानी चलचित्रबाट उनले उक्त अवार्ड...

परदेश जानेहरुको पिडा ‘हवाईजहाज’ सार्बजनिक (भिडियो सहित)

गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । नेपाली हरुको वास्तविक कथा व्यथा समेटिएको ‘हवाईजहाज’बोलको गीतमा शब्द प्रमानन्द खरेलको रहेको...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद