नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

Loading...

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यसै साता हुने आफ्नो जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारी दिलाउनेबारे छलफल हुने उनले बताए ।

जापानी विदेशमन्त्रीको निमन्त्रणामा मंसिर २ गतेदेखि एक साता लामो भ्रमणका क्रममा ज्ञवाली जापान जाँदैछन् । सरकारी तहबाटै समझदारी गरेर जापानको श्रम बजारमा नेपाली कामदार पठाउनेबारे छलफल भइरहेको उनले बताए ।मन्त्री ज्ञवालीले कुवेत लगायत खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको रोक भने तत्काल खुलाउने अवस्था नरहेको बताए । उनले ती मुलुकबाट नयाँ व्यवस्था सहित घरेलु कामदार सम्बन्धी सम्झौता गर्न प्रस्ताव आएकाले श्रम मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए ।

घरेलु कामदार पठाउन रोकिदा अवैध बाटोबाट महिलाहरु श्रम गन्तव्यमा जाने क्रममा जोखिम बढेकाले पनि नेपाली कामदारलार्इ नयाँ गन्तव्यकाे खाेजी गर्नु परेकाे छ ।   उनले भने । नेपाली महिला थप जोखिममा नपर्ने गरिमात्र घरेलु कामदार पठाउन स्वीकृति दिनुपर्छ ।

राजदूत नियुक्ति छिट्टै

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि छिट्टै पठाउने बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि (राजदूत) खाली रहेको भन्दै त्यो पनि छिट्टै नियुक्त गरिने जानकारी दिए । ‘सकेसम्म राजदूतावासहरु खाली नहुन भन्ने हुन्छ । तर, कहिलेकाहीँ काम गर्दा गर्दै भ्याइन्न’, मन्त्री ज्ञवाली भन्छन्, ‘बाँकीमा पनि क्रमश गछौं ।’

यसअघि यही कात्तिक २५ गते मात्रै सरकारले भारत, मलेसिया र युएईका लागि क्रमश निलाम्बर आचार्य, उदयराज पाण्डे र कृष्ण ढकाललाई राजदूत सिफारिस गरेको छ । तर, राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि पद रिक्त छ ।

राजदूत रिक्त हुनुभन्दा तीन महिना पहिले नयाँ नियुक्तिको प्रक्रिया सुरु गर्नुपर्ने प्रचलन छ । ‘ढिलाई हुनुहुँदैन भनेर हामीले निर्देशिकामा राजदूत रिक्त हुनुभन्दा तीन महिना पहिले नै निर्णय गर्ने गरी निर्देशिका बनाएका छौं’ उनले भने ।

सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णयबारे पत्रकारले सोधेको प्रश्नमा मन्त्री ज्ञवालीले त्यो स्वभाविक भएको बताए । मन्त्रालयको कामका लागि सरकारले फिर्ता बोलाउन सक्ने उनको भनाइ थियो । स्रोतका अनुसार राईलाई संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधिमा पठाउन फिर्ता बोलाइएको हो ।

 

Loading...

Similar Posts :


21

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं...

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल...

फागुन तेस्रो साता राजधानीमा घरेलु उद्योग महोत्सव–२०७५ आयोजना हुने

काठमाडौं । “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने नाराका साथ नेपाल १५औं अन्तर्राष्ट्रिय...

यति एयरलाइन्सले २३ वर्ष पूरानो जहाज कवाडीलाई बेच्ने

यतिएयरलाइन्सको २३ वर्ष पूरानो ९-एन-एएचडब्लु जेटस्ट्रीम जहाज कवाडी(स्क्रयाप)मा परिणत गर्नुपर्ने भएको छ ।बेलायती जेटस्ट्रीम विमान २३ वर्ष पूरानो हो। यसको पहिलो उडान सन् १९९६...

विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । सिक्टा सिँचाइ आयोजनाको मूल...

सरकारले मदिरा उत्पादन, बिक्री र विज्ञापन कडाइ गर्ने

सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको छ । यसका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान