धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

Loading...

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका आफन्तसित बोल्न नसकेर आँसु बगाइरहेका थिए ।सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह शुक्रबार धर्नास्थल पुगेर निर्मलाका बुबाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । निर्मलाका बुबाआमासँगै भाइबहिनीले मन्त्री शाहलाई हत्यारा पक्राउ गरी न्याय दिन आग्रह गरे ।
साढे ३ महिनाअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया छोरी निर्मलाका हत्यारा सार्वजनिक गरिनुपर्ने माग गर्दै आइतबारदेखि धर्ना बसेका परिवारलाई साथ र समर्थन जनाउन आउनेसमेत यज्ञराजको अवस्था देखेर भावुक हुने गरेका छन् । बाटो हिड्ने बटुवासमेत एकछिन धर्नास्थल पुगेर आफ्नो समर्थन जनाइरहेका छन् ।
निर्मला घटना मात्रै होइन, त्यसपछि पनि देशमा धेरै बलात्कार र हत्या भइसकेका छन् तर हत्यारा चाँडो पत्ता लगाउनुका साथै अबदेखि यस्तो हुन नदिन सरकारले विशेष पहल गर्नुपर्नेमा सराेकारवालाले जाेड दिएका छन् । भदौ ४ मा प्रहरीले घटनाको मुख्य अभियुक्तका रूपमा भीमदत्त १९, बाग्गेफाँटाका दिलीप विष्टलाई सार्वजनिक गरेपछि आन्दोलनले उग्ररूप लिएको हो । आन्दोलनमा प्रहरीले गोली चलाउँदा १ को ज्यानै गएको थियो ।
साउन १० गते साथीको घर गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा मृत भेटिएकी थिइन् । त्यही दिनदेखि पीडित परिवार र स्थानीयले आन्दोलन थालेका हुन् । यज्ञराजसँगै आमा दुर्गा र कान्छीआमा लक्ष्मीमा रक्तचापको समस्या देखिएको छ । पीडित परिवारको धर्नास्थलमै बिहीबार दिउँसो स्वास्थ्य परीक्षण गरिएको थियो ।महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहरासहितको टोलीले उनीहरूको स्वास्थ्य परीक्षण गर्‍यो । यज्ञराजको रगत परीक्षणमा खासै समस्या नदेखिए पनि लगातार धर्ना र खानाको कमीले जतिबेला पनि स्वास्थ्य गम्भीर हुन सक्ने स्वास्थ्य टोलीले बतायो । स्वास्थ्य परीक्षण क्रममा प्रजिअ तारानाथ अधिकारी, एसपी कुबेर कडायतसमेत धर्नास्थल पुगेका थिए ।

प्रजिअ अधिकारीले यहाँ उपचार हुन नसक्ने अवस्था आए अन्यत्र पठाउने व्यवस्था गर्न छलफल गरेका थिए । यज्ञराजले भने न्याय नपाएसम्म धर्नास्थलबाट कहीँ नजाने अडान लिएका छन् । ‘यतिका दिन आन्दोलन गर्‍यौं, प्रहरी प्रशासनदेखि प्रधानमन्त्रीसम्मलाई भेटिसक्यौं, तैपनि न्याय पाउने थोरै आशा बाँकी छ,’ निर्मलाकी आमा दुर्गाले बताइन् । घटनाको अनुसन्धानमा लापरबाही गर्ने २ प्रहरी अधिकृत बर्खास्त हुनुका साथै ४ निलम्बनमा परेका छन् ।निर्मला घटनाको अनुसन्धान क्रममा प्रहरीले डीएनए परीक्षणका लागि पठाएको नमुना रिपोर्ट नेगेटिभ आएको छ । तिहारअघि ४ जनाको नमुना पठाएकामा कुनैको पनि निर्मलाको भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग नमिलेको जिल्ला प्रहरीका डीएसपी कृष्णराज ओझाले बताए ।

‘कसैको पनि डीएनए मिलेन,’ ओझाले भने, ‘अब अर्काे सिराबाट अनुसन्धान थाल्छौं ।’ उनका अनुसार डीएनए रिपोर्ट बिहीबार पुगे पनि शुक्रबार मात्रै खोलिएको थियो । प्रहरीले नमुना संकलन गरिएका व्यक्तिको नाम भने खुलाएको छैन । यसअघि पनि ५ जनाको परीक्षण भइसकेको छ ।

Loading...

Similar Posts :


25

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसले तराई...

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे...

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ ।...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान