१० अर्बको लागतमा पञ्चासेमा केबलकार बन्ने

Loading...

कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो ।धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि ६ वर्षमा बनाइसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताए । २०७६ साल माघ महिनामा शिलान्यास गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।

पञ्चासे पुग्न हाल कास्कीको भदौरेसम्म सवारी साधन र त्यहाँबाट पैदल हिंडेर तथा पर्वततर्फबाट चित्रे वा आर्थर डाँडाखर्कसम्म सवारी साधन र त्यहाँबाट ४ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।२ हजार ५ सय १७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्न निर्माण गर्न लागिएको केवलकारको माथिल्लो स्टेशन पञ्चासेबाट १ किलोमिटर तलको ताल नजिक रहेको छ भने तल्लो स्टेशन कास्कीको घाँटीछिनामा रहनेछ । यसको लम्बाई ८.५ किलोमिटर रहने बताइएको छ । केबलको लागत ३ अर्बको रहने परियोजनाले जनाएको छ । केबलकारमा ८० वटा टावर रहने परियोजनाका अध्यक्ष शर्माले जानकारी दिए ।

यहाँ निर्माण हुने केवलकारको दैनिक दश हजार मानिस बोक्ने क्षमता हुने शर्माले बताए । उनका अनुसार केबलकारमा एक पटकमा दुई हजार चार सय मानिसले आवतजावत गर्न सक्छन् । दैनिक दश हजार मानिस बोक्ने क्षमता भए पनि शुरुमा पाँच हजार मानिसबाट सेवा दिइने उनले बताए ।

परियोजनाले पञ्चासेमा पर्यटक आकर्षित गर्न केबलकार निर्माणसँगै अन्य संरचनाहरु पनि निर्माण गर्न लागेको छ । १० अर्बको योजनामध्ये ३ अर्ब केवलकारमा र त्यसबाहेक बाँकी रकम अन्य संरचना निर्माणमा खर्च हुने भएको छ । ३ हजार रोपनीमा घाँटीछिनामा बनाइने हेरिटेज प्लाजामा स्थानीयले उत्पादन गरेका परम्परागत हस्तकलाका सामान बेच्नका लागि राखिने परियोजनाका अध्यक्ष शर्माले जानकारी दिए ।परियोजना अन्तर्गत वाटर सोज (फाउन्टेन म्यूजिकल) बनाइने भएको छ । जहाँ रातिमा पानीको म्याजिक अर्थात पानीबाट विभिन्न रंगीबिरंगी कलात्मक प्रस्तुति देखाइनेछ ।यसै परियोजनाले पञ्चासेमा श्रवणकुमार आश्रम पनि बनाउनेछ । बुबाआमाको भक्तको आदर्श व्यक्तिको रुपमा लिइने श्रवणकुमारको सम्झनास्वरुप त्यहाँ आश्रम बनाइन लागेको हो । जहाँ असहायः वृद्धवृद्धाहरु राखिनेछ ।

पञ्चासेदेखि चित्रेसम्म जीप फ्लायर निर्माण गरिने परियोजनाका अध्यक्ष शर्माले बताए । पञ्चासेमा बालबालिकालाई आकर्षण गर्न फनपार्क पनि बनाउने तयारी छ । पञ्चासे आएका पर्यटकलाई प्राकृतिक हिसाबले उपचारको ब्यवस्था गर्नका लागि मेडिकल हब बनाउने तयारी छ । परियोजनाले स्थानीय सरकार र स्थानीयबासी दुबैसँग कृषि परियोजना सञ्चालनका लागि सहमति पनि लिइसकेको छ । अध्यक्ष शर्माका अनुसार परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ । त्यहाँ प्रायः सामुदायिक वन, सरकारी वन र केही निजी जग्गाहरु रहेका छन् ।

दश अर्बको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका स्थानीयलाई ३ अर्ब बराबरको शेयर दिइने भएको छ । उक्त शेयर पर्वतको मोदी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले प्राप्त गर्ने परियोजनाले जनाएको छ ।

Loading...

Similar Posts :


21

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...

श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था छ – गोकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा सम्मानजनक रुपमा श्रम गर्ने वातावरण अझै नबनेको बताएका छन् । पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले...

हामीले कसैको पक्ष र विपक्षमा वकालत गरेका छैनौ – प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको र सरकारकाे कार्यक्रम प्रति जे गरेनी कुरा काट्ने प्रवृत्ति भएकाहरुले बाआमालाई एकअर्काबारे...

दूरसञ्चार सेवा प्रदायक कम्पनीले ३ अर्ब रुपैयाँ नतिरे कम्पनी खारेज गर्न निर्देशन

संघीय संसदअन्तर्गतको अर्थ समितिले विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीले चुक्ता गर्न बाँकी करिब ३ अर्ब रुपैयाँ एक महिनाभित्र असुल गर्न र चुक्ता नगरे सबै...

भेनस इक्युप्मेन्टका उत्पादन अब नेपालमा परिना इन्टरनेशनलले बिक्रि वितरण गर्ने

गुणस्तरिय निर्माणमा हाम्रो अनिवार्य सहभागिता भन्ने मूल लक्ष्य लिएर नेपालमा भेनस इक्युपमेन्टको आधिकारिक विक्रेताको रुपमा नेपालमा परिना इनटरनेशनलले विक्रीवितरण गर्नुका साथै ममर्त पनि गर्ने...

हृदयेश त्रिपाठीले गरे कृषि मन्त्रालय खारेजीको माग

सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको पक्षमा नभई विचौलियाको पक्षमा काम गर्दै आएको आरोप लगाएका छन् । उनले कृषि मन्त्रालय खारेजीको माग समेत गरेका...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...