वाणिज्य बैंकहरूकाे मुनाफा उच्च

Loading...

लगानीयोग्य रकम अभाव भएको भन्दै बैंकहरू आत्तिएको र केही बैंकले ऋण प्रवाह रोकेको समयमा पनि बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेको छ । अप्ठ्यारो भनिएको समयमा पनि वाणिज्य बैंकहरूले उच्च नाफा कमाएका छन् ।  ।चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वटा वाणिज्य बैंकले १४ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाए । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो करिब ४६ प्रतिशतले बढी हो । ०७४ असोजसम्म ती बैंकको खुद नाफा ९ अर्ब ८१ करोड रुपैयाँ थियो ।

आइतबारसम्म सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । उक्त अवधिमा नीतिगत सुविधा र चलाखीका कारण उच्च नाफा आर्जन गर्न सफल भएको राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले बताए ।पछिल्ला केही महिनामा उपभोक्ताले निक्षेपमा केही बढी ब्याज पाएको देखिए पनि ऋण लिने ग्राहक सधै मर्कामा पर्ने गरेको छन् ।बैंकरहरूले भने रकमको आधारमा नाफा बढेको देखिए पनि सेयरधनीको प्रतिफल (आरओई) घटेको बताएका छन् । बजारमा ऋणको माग उच्च रहेको अवस्थामा अपेक्षित रूपमा निक्षेप बाढ्न नसक्दा बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव छ ।

वित्तीय विवरण सार्वजनिक गरेकामध्ये नेपाल बैंक नाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको छ । बाँकी सबै बैंकको मुनाफा बढेको छ । २७ वटा बैंकमध्ये १ अर्ब ५ करोड ४६ लाख रुपैयाँसहित नेपाल इन्भेस्टमेन्ट सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ ।यसैगरी १ अर्ब ५ करोड २४ लाख रुपैयाँ कमाएर नबिल बैंक धेरै नाफा आर्जन गर्नेको दोस्रो नम्बरमा छ । बाँकी बैंकले १ अर्ब रुपैयाँभन्दा कम नाफा कमाएका छन् । मर्जर तथा एक्विजिसनमार्फत पुँजी बढाएका मेगालगायत बैंकको नाफा वृद्धिदर पहिलो तीन महिनामा धेरै उच्च देखिएको छ । यही कारण २७ वटा बैंकको नाफा वृद्धिदर औसत करिब ७० प्रतिशत छ ।

गएको पहिलो तीन महिनामा अधिकांश बैंकको आधार दर (बेस रेट) घटेको छ । गत असारमा वाणिज्य बैंकको औसत आधार दर १०.५७ प्रतिशत रहेकोमा गत असोजमा १०.३६ प्रतिशतमा ओर्लेको छ । उक्त अवधिमा केही बैकको आधार दर सामान्य बढे पछी अधिकांशको घटेको हो ।

दीर्घकालीन निक्षेप (स्रोत) जुटाउन बैंकले राष्ट्र बैंक र सरकार (अर्थ मन्त्रालय) लाई गुहारिरहेको छ । यही कारण बैंकहरूको नाफा घट्ने अनुमान गरिएको थियो । अपेक्षा विपरीत बैंकको नाफा उल्लेख्य रूपमा बढेको छ । अर्थतन्त्रका अन्य क्षेत्रहरूको तुलनामा वित्तीय क्षेत्र पारदर्शी र विकसित देखिएको छ ।
गत वर्षभरि नै कर्जा विस्तारको तुलनामा निक्षेप संकलन धेरै कम रहयो । यसकारण निक्षेप र कर्जाबीच असन्तुलन भएपछि कर्जा निक्षेप र पुँजी अनुपात (सीसीडी) मा दबाब पुग्यो । यो क्रम यो वर्षको पहिलो त्रैमासमा पनि स्पष्ट रूपमा देखिएको छ ।

गत असोजसम्म ९ वटा बैंकको सीसीडी ७९.५० प्रतिशत भन्दा बढी छ । यस्तै ६ वटाको ७८ प्रतिशतभन्दा बढी, ७ वटाको ७७ प्रतिशतभन्दा धेरै, तीन वटाको ७५ प्रतिशतभन्दा धेरै छ । यसैगरी गत असारमा नेपाल बैंकको सीसीडी अनुपात ७१.०९ र स्टयान्डर्ड चार्टर्ड बैंकको ६८.३४ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

उक्त अवधिमा धेरै बैंकको निक्षेप वृद्धिदर ऋणात्मक छ भने घनात्मक हुनेको पनि वृद्धिदर न्यून छ । सोही अवधिमा सबै बैंकको कर्जा तथा सापटी बढेको छ । कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) पनि धेरै बैंकको बढेको देखिन्छ ।
Loading...

Similar Posts :


21

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...

श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था छ – गोकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा सम्मानजनक रुपमा श्रम गर्ने वातावरण अझै नबनेको बताएका छन् । पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले...

हामीले कसैको पक्ष र विपक्षमा वकालत गरेका छैनौ – प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको र सरकारकाे कार्यक्रम प्रति जे गरेनी कुरा काट्ने प्रवृत्ति भएकाहरुले बाआमालाई एकअर्काबारे...

दूरसञ्चार सेवा प्रदायक कम्पनीले ३ अर्ब रुपैयाँ नतिरे कम्पनी खारेज गर्न निर्देशन

संघीय संसदअन्तर्गतको अर्थ समितिले विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीले चुक्ता गर्न बाँकी करिब ३ अर्ब रुपैयाँ एक महिनाभित्र असुल गर्न र चुक्ता नगरे सबै...

भेनस इक्युप्मेन्टका उत्पादन अब नेपालमा परिना इन्टरनेशनलले बिक्रि वितरण गर्ने

गुणस्तरिय निर्माणमा हाम्रो अनिवार्य सहभागिता भन्ने मूल लक्ष्य लिएर नेपालमा भेनस इक्युपमेन्टको आधिकारिक विक्रेताको रुपमा नेपालमा परिना इनटरनेशनलले विक्रीवितरण गर्नुका साथै ममर्त पनि गर्ने...

हृदयेश त्रिपाठीले गरे कृषि मन्त्रालय खारेजीको माग

सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको पक्षमा नभई विचौलियाको पक्षमा काम गर्दै आएको आरोप लगाएका छन् । उनले कृषि मन्त्रालय खारेजीको माग समेत गरेका...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...