चोरमारामा अाधुनिक पुल निजी लगानीमा निर्माण

Loading...

चोरमाराका जग्गा व्यापारी लक्ष्मी ज्ञावालीले व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा एक करोड बढी निजी लगानीमा गाँउमा अाधुनिक सुविधाकाे तीन तले पुल निर्माण गरेका छन् । चोरमारा पूर्वको मध्यबिन्दु नगरपालिका–दुई सेहरी र ६ भडरा जोड्ने उल्टी खोलामा आधुनिक डिजाइनको तीन तले पुल निर्माण गरिएको हो।
‘अमृत एल्लो ब्रिज’ नाम दिइएको यो पुल निर्माणमा ज्ञवालीले १ करोड ५ लाख ५ हजार ५५ रुपैया खर्च भएको बताएका छन्। पुलको ८२ प्रतिशत निर्माण सकिएको छ। तीन तले पुलको पहिलो तलामा ठूला सवारी, दोस्रोमा साइकल, मोटरसाइकल, रिक्सा र पैदलयात्री हिड्न मिल्ने गरि निर्माण गरिएको छ। तेस्रो तलामा आपतकालीन अवस्थामा बस्न मिल्ने र अवलोकन गर्न मिल्ने गरेर बनाइएको छ। ज्ञवालीले मध्यबिन्दु नगरपालिकाका अन्य स्थानमा पनि निजी खर्चमा बाटो निमार्ण गरेका छन्।

पुलको दुवै छेउबाट अपाङ्गता भएकालाई वारपार गर्न मिल्ने संरचना बनाइएको छ। पुलको माथिल्लो तलामा टिनको छानो समेत लगाइएको छ। ज्ञवालीका अनुसार माथिल्लो तलामा शौचालय, स्नानगृह निर्माण गरिने र खानेपानीको पनि व्यवस्था हुनेछ। आपतकालीन अवस्थामा पुलको माथिल्लो तलमा बस्न मिल्ने छ भने बटुवा, पैदल यात्रु र गोठालाहरुका लागि थकाई मेट्न, पानी पिउन र शौचालय प्रयोग गर्न सकिने व्यवस्था गरिने छ। ९० फिट लम्बाई र २८ फिट उचाईको पुल निर्माण १५ दिनभित्र सम्पन्न हुने निर्माणकर्ता ज्ञवालीले बताए।

यो क्षेत्रमा बर्खामा वर्षेनी खोलाले बगाएर जनधनको क्षति हुँदै आएकोले त्यसलाई रोक्ने उदेश्यले आफूले पुल निर्माण गरेको ज्ञवालीले बताए। पुलको डिजाइन समेत आफैले गरेको ज्ञवालीको दाबी छ।

Loading...

Similar Posts :


25

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू चढेको ट्याक्सीको नम्बर टिप्दा तपाईंलाई नै सहज हुन्छ । यात्रा...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने

आर्टिस्ट नेपाल एकेडेमीले मानिसमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “पब्लिक स्पिकिङ अभियान“ को सुरुवात गर्ने भएको छ । राजधानीको कमलादी स्थित अन्तराष्ट्रिय स्तरको सुविधा...

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...