प्रदेश पाँचमा स्थायी राजधानी तोक्न समस्या

Loading...

प्रदेश पाँचको स्थायी राजधानी तोक्न गठित समितिले काम गर्न सकेन । गत साउन २४ गतेको प्रदेशसभा बैठकले ५ नं. प्रदेशको नाम र स्थायी राजधानी तोक्न भन्दै १५ सदस्यीय विशेष समिति गठन गरेको थियो। तर,उक्त समितिले तीन महिनाको अवधिसम्म कुनै काम गर्न सकेन। तीन महिना बित्दा पनि समितिले सभापतिसमेत चयन गर्न सकेन। सभापति चयन नहुँदा एउटा पनि कार्यविधि पारित हुन सकेन । जसले गर्दा समितिको औचित्यमाथि नै प्रश्न चिन्ह खडा भएको छ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्न गठित विशेष समितिको म्याद कामै नगरी सकिएपछि अब प्रदेश राजधानी तोक्ने कुरा अन्यौल जस्तै बन्न पुगेको छ। त्यसैले, कतिपयले उक्त समितिलाई पुर्नंजीवित गर्नुपर्ने तर्क गर्न थालेका छन् भने कतिपयले अब राजधानी तोक्ने जिम्मा केन्द्रलाई दिनुपर्ने तर्क गर्न थालेका छन्।

विशेष समितिलाई पुर्नंजीवित गर्न सकिन्छ भन्ने मत राख्नेमा नेपाली कांग्रेसको तर्फबाट दाङ प्रतिनिधित्व गर्ने सांसद डिल्लीबहादुर चौधरी पनि एक हुन्। प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई राजधानी तोक्ने जिम्मा दिनुपर्ने तर्क गर्नेहरू पनि दाङकै छन्। त्यसमध्येका एक जना एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य अमरबहादुर डाँगी पनि छन् । उनले राजनीतिक सहमतिबिना राजधानी तोक्ने असंभव जस्तै र बुटवल कुनै पनि हालतमा स्थायी राजधानी नबन्ने बताए ।

‘विशेष समिति गठन गर्दा षडयन्त्रपूर्वक पूर्वकै बहुमत बनाइको हुँदा त्यसले कुनै पनि काम गर्न नसकेको हो,’ सांसद डाँगीले भने ‘हामी पश्चिमका ६ जिल्लाका जम्मा ३५ जना सांसद छौं, जबकी रुपन्देहीमा मात्रै १९ सांसद छन् ।’

दाङ, रोल्पा, रुकुम पूर्व, प्यूठान, बाँके र बर्दियाका ६ जिल्लाबाट जम्मा ३५ जना मात्रै प्रदेशसभा सदस्य छन् भने रुपन्देही एक्लैसँग १९ सदस्य छन् । बहुमतको आधार गर्न खोज्दा पश्चिमका ६ जिल्ला अल्पमतमा पर्ने हुँदा स्थायी राजधानी राजनीतिक सहमतिका आधारमा घोषणा गर्नुपर्ने उनको भनाइ छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेको थियो । त्यसमध्ये ३ वटा प्रदेशमा स्थायी राजधानी घोषणा भइसकेको छ भने अझै ४ स्थानमा स्थायी राजधानीबारे अन्यौलता कायमै छ ।

Loading...

Similar Posts :


25

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसले तराई...

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे...

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ ।...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान