23 Nov 2018 12:11:35 PM | No Comments
कलंकी अण्डर पास सडक पूर्णरुपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ । अण्डरपासको औपचारिक हस्तान्तरणका लागि चीनले उच्च तहका अधिकारी आउने भएका छन् । चीन सरकारको सहयोगमा संघाई कम्पनीले निर्माण गरिरहेको चक्रपथ सुधार परियोजना अन्तर्गतको कलंकी अण्डरपास आंशिक खुला रहेपनि पूर्णरुपमा सञ्चालनमा आउन केही दिन लाग्ने चक्रपथ सुधार परियोजनाका प्रमुख सुजन खनालले आउँदो डिसेम्बर ५ अगावै अण्डरपास संघाई कम्पनीले नेपाललाई हस्तान्तरण गरेर पूर्ण सञ्चालनमा आउने बताए ।
कुल ८ सय मिटर लामो अण्डरपासमा अहिले रङ्गरोगन गर्न वाल (भित्ता) सफा गर्ने काम भइरहेको छ । अण्डरपासमा बत्ती जडानको काम समेत भइसकेको छ । चिनियाँ इञ्जीनियरसहितको निर्माण टोली अण्डरपासको फिनिसिङको काम सक्न खटिरहेका छन् । हाल दिउँसोमा काम भइरहेकाले अण्डरपास रातीमा भने खुला गरिएको छ । विहान ७ बजदेखि बेलुकी ५ बजेसम्म अण्डरपासमा सवारी साधनको आवागमन रोकेर काम भइरहेको परियोजना प्रमुख खनालले अनलाइनखबरलाई जानकारी दिए ।
दिउँसोको समयमा अण्डरपास बन्दा हुँदा कलंकीचोकमा हुने घण्टौंको जामको समस्या पुनः बल्झिएको छ । सन् २०१६ मा शुरु गरिएको अण्डरपास ६ महिना भित्र पुरा गर्ने लक्ष्य राखिए पनि ठेकेदार कम्पनीले भूकम्प र नाकाबन्दीको कारण देखाउँदै निर्माण कार्य लम्ब्याएको थियाे । चीन सरकारको ५ अर्ब रुपैयाँको अनुदान सहयोगमा चक्रपथ विस्तारको काम भइरहेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा
गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई
ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ
विश्वकप पछि क्रिस गेलकाे सन्यास
सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी
श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा
डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान
कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन
निर्देशक नव ढुंगेलको भिडियोमा रीमा
नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने