चिकित्सा शिक्षा विधेयक माथि दफावार छलफल

Loading...

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथिको दफाबार छलफल सकेको छ । संशोधनकर्ता सांसदहरुसँग दफावार छलफल सकिएको उपसमितिका संयोजक भैरवबहादुर सिंहले जानकारी दिए ।
दुई दिन लगाएर विधेयक माथि संशोधन दर्ता गराएका सांसदहरुसँग छलफल गरिएको हो ।

सामुहिक र छुट्टाछुट्टै गरी २२ वटा संशोधन दर्ता भएको थियो । आइतबार प्रस्तावना र दफा १६ सम्म छलफल भएको थियो । सोमबार सबै दफाको छलफल सकिएको सिंहले बताए । ‘केहि सरोकारवाला सँग छलफल गर्न बाँकी छ, छलफलमा डाकेर प्रतिवेदन बनाउँछौं,’ उनले भने ।
उपसमितिले प्रतिवेदन बुझाएपछि समितिले विधेयक संसदमा दर्ता गर्नेछ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने गरी काम सक्ने समितिले जनाएको छ ।

प्रतिनिधि सभाको नियमावली २०७५ को नियम १८२ अनुसार समिति अन्र्तगत चिकित्सा शिक्षा विधेयक माथि दफावार छलफल गरि समितिमा प्रतिवेदन पेश गर्न उपसमिति गठन भएको हो । दफावार छलफलका क्रममा बोल्ने सांसदहरुले सरकारका डा. गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।

Loading...

Similar Posts :


25

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू चढेको ट्याक्सीको नम्बर टिप्दा तपाईंलाई नै सहज हुन्छ । यात्रा...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने

आर्टिस्ट नेपाल एकेडेमीले मानिसमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “पब्लिक स्पिकिङ अभियान“ को सुरुवात गर्ने भएको छ । राजधानीको कमलादी स्थित अन्तराष्ट्रिय स्तरको सुविधा...

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...