जाडोमा दमको जोखिम,हेर्नुहोस् रोकथामका उपाय

Loading...

नेपालमा दमका बिरामीको संख्या बढ्दो छ । तुलनात्मक रूपमा जाडो मौसममा दमका बिरामी अत्यधिक बढिरहेका छन् । दम धेरै प्रकारका हुन्छन् । सामान्य भाषामा दम भन्नाले सास फेर्न गाह्रो हुनु हो ।
कुनै एउटा रोगको संक्रमणले श्वास–प्रश्वासमा कठिनाइ उत्पन्न भइरहेको हुन्छ । दमको रोग कुनै पनि उमेरका मानिसलाई हुनसक्छ ।नेपालमा वातावरणीय प्रदूषणका कारण दमका बिरामी बढिरहेका छन् । प्राय:जसो क्रोनिक ब्रोन्काइटिस भएर दम हुन्छ । मानिसमा ‘क्रोनिक ब्रोन्काइटिस’ प्राय: चुरोट खाने, धुवाँ तथा बाह्य प्रदूषित वातावरणमा काम गर्नेलाई लाग्छ । क्षयरोग तथा बाल्यकालमा छातीको संक्रमण भएका व्यक्तिलाई भविष्यमा दम हुने सम्भावना अत्यधिक बढी हुन्छ ।मानिसको फोक्सोमा विभिन्न रोग लागेको हुन्छ, त्यस्ता रोगका कारण सुरुमा खोकी लाग्ने, खकार आउने र भविष्यमा गएर दम हुने गर्छ । मुुटुका बिरामीलाई पनि श्वास फेर्न गाह्रो हुने गर्छ । गर्भवती महिलाले चुरोट खाए जन्मने बच्चालाई दम हुने सम्भावना धेरै हुन्छ ।

दमका लक्षण
श्वास फेर्न गाह्रो हुनु, खोक्दा खकार निस्कनु, खोकी लाग्नु दमका लक्षण हुन् । बिरामीलाई तलमाथि, उकाली–ओराली गर्दा श्वास बढेर आउँछ । दम भएका बिरामीलाई छातीमा दुख्छ र खोक्दा खकारमा रगतसमेत देखापर्छ ।

बिरामीमा क्रोनिक ब्रोन्काइटिस छ भने फोक्सोमा रगत देखापर्छ । मानिसमा क्षयरोग भए पनि फोक्सोमा संक्रमण भई मुखबाट रगत आउने गर्छ । खकारमा रगत देखिए तुरुन्त डाक्टर समक्ष परामर्श गर्नुपर्छ । कुनै क्यान्सर तथा सानातिना ट्युमरका कारण पनि खोक्दा रगत आउँछ ।दमको कारण कहिलेकाहीं बिरामीलाई छाती कस्सिए जस्तो अथवा केही कुराले थिचेजस्तो महसुस हुने, लामो सास फाल्न र लिन खोज्दा गाह्रो महसुस हुने गर्छ । तर यो के–कति कारणले भइरहेको छ भन्ने पत्ता लगाउन शरीर जाँच गर्नुपर्छ ।

उपचार विधि

के–कति कारणले श्वास–प्रश्वासमा अवरोध आएको हो, कुन रोगको कारणले हो भन्ने यकिन गर्नुपर्छ र सोही अनुसार रोगको उपचार गर्नुपर्छ । दम रोग लागेका बिरामीले औषधि खाएपछि बानी पर्छ भन्ने गलत धारणा छ ।दमका औषधिहरू नियमित सेवन गरे बिरामीलाई सजिलो हुने गर्छ । दम भएको शंका लागे तुरुन्त डाक्टर समक्ष परामर्श लिनुपर्छ । कुनै व्यक्तिलाई वंशानुगत कारणले दम छ भने पूर्णरूपमा निको नहुन पनि सक्छ ।

रोकथामका उपाय
चिसोबाट बच्नुपर्छ । जाडो समयमा दमले बढी सताउने हुनाले आफू बस्ने घर र कोठालाई न्यानो बनाउने र लुगा पनि न्यानो लगाउने गर्नुपर्छ । दम छाती रोगका कारण हुने गर्छ । बाल्यकालमा छातीमा संक्रमण देखियो भने पूर्ण औषधि–उपचार गराउनुपर्छ ।दम हुने मानिस दाउराको चुलो, धूवाँ र धूलोबाट टाढा रहनुपर्छ । बाहिरी वातावरणको धुलो नलागोस् भनेर माक्स लगाएर हिँडडुल गर्नुपर्छ । चुरोट खानु हुँदैन । चुरोट खाने मानिसको वरिपरि बस्यो भने त्यसबाट आउने धूवाँले फोक्सोमा संक्रमण गर्न सक्छ । फोक्सोलाई जहिले पनि स्वस्थ राख्नसके दम रोगबाट बच्न सकिन्छ ।

Loading...

Similar Posts :


25

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसले तराई...

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे...

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ ।...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान