नेविसंघको १२औं महाधिवेशन पुस २८ देखि काठमाडौंमा

Loading...

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ। नेविसंघ केन्द्रिय कार्यसमितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको हो। बैठकपछि पत्रकार सम्मेलन गरी नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारको जनविरोधी गतिविधिलाई रोक्न सशक्त बन्नुपर्ने भएकाले पुसको अन्तिम साता सम्पन्न हुने गरी महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बताए।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । सोही समयसीमा भित्र पूरा हुने गरी नेविसंघले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार मंसिर २२ गतेभित्र मावि र क्याम्पसहरुको अधिवेशन सम्पन्न गर्ने, मंसीर २५ गतेभित्र स्थानीय गाउँ नगर अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, पुस ८ गतेभित्र काठमाडौं उपत्यका भित्रका विश्वविद्यालयहरुका अधिवेशनहरु सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ। अध्यक्ष महरले पुस २० गतेसम्म महाधिवेशनका प्रतिनिधि चयन हुने गरी कार्यतालिका तय गरिएको पनि जानकारी दिए। तोकिएको समयभित्र अधिवेशन नगर्ने जिल्ला समिति तत्काल भंग गर्ने संघको निर्णयमा उल्लेख गरिएको छ।

पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको गुटबन्दीका कारण नेविसंघको १२औं महाधिवेशन पटक–पटक स्थगित हुँदै आएको छ।

Loading...

Similar Posts :


6

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी...

हामीले कसैको पक्ष र विपक्षमा वकालत गरेका छैनौ – प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको र सरकारकाे कार्यक्रम प्रति जे गरेनी कुरा काट्ने प्रवृत्ति भएकाहरुले बाआमालाई एकअर्काबारे...

राजनीति बाहेक अरु साेच्नै पाइन – प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक चापले आफूलाई थिचेर राजनीतिबाहेक अरु सोच्न नपाएकोमा दुखेसो व्यक्त गरेका छन् । राजनीति कार्यक्रम भन्दा अलि फरक...

दूरसञ्चार सेवा प्रदायक कम्पनीले ३ अर्ब रुपैयाँ नतिरे कम्पनी खारेज गर्न निर्देशन

संघीय संसदअन्तर्गतको अर्थ समितिले विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीले चुक्ता गर्न बाँकी करिब ३ अर्ब रुपैयाँ एक महिनाभित्र असुल गर्न र चुक्ता नगरे सबै...

देउवासंग गुनासाे पाेख्दै नेविसंघ अध्यक्ष महरले दिए राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महर पदबाट राजीनामा दिका छन् । कांग्रेस पार्टी...

सरकारकाे परराष्ट्र नीति असन्तुलित र अपरिपक्क – कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपरिपक्क र असन्तुलित परराष्ट्र नीति लिएको भन्दै सरकारको आलोचना गरेका छन् । कार्यक्रममा उनले मुलुकलाई एकताबद्ध बनाई राख्न...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...