सरकारले मदिरा उत्पादन, बिक्री र विज्ञापन कडाइ गर्ने

Loading...

सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको छ । यसका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने भएकाे हाे । गृह मन्त्रालयले तयार पारेको आदेश मस्यौदा अनुसार इजाजत प्राप्त बिक्रेताले दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन् ।गाउँपालिकामा एउटा वडामा एउटा र महानगर, उपमहानगर र नगरपालिकामा एउटा वडामा दुईवटासम्म पसललाई मात्र बिक्री इजाजत दिने प्रस्ताव छ । इजाजतपत्र प्राप्त होटल, लज, बार तथा रेस्टुरेन्टले बेलुकी ५ देखि १० बजेसम्म मात्र मदिरा बिक्री वितरण तथा सेवन गराउन पाउने
मस्यौदामा उल्लेख छ । होटल, लज, रिसोर्ट, बार, रेस्टुरेन्टको बाहिरी भागमा बसेर मदिरा सेवन गर्न/गराउन नपाउने व्यवस्था गरिएको छ ।
सरकारी वा गैरसरकारी निकाय, शिक्षण संस्था वा व्यक्तिले आयोजना गर्ने सार्वजनिक समारोह वा कार्यक्रममा मदिरा सेवन गर्न पाइने छैन भने सरकारी वा सार्वजनिक निकायबाट आयोजित सभा सम्मेलन र भोजहरूमा मदिरा निषेध गरिनेछ ।सार्वजनिक क्षेत्र एवं कार्यस्थल आसपास उत्पादन र राजमार्ग आसपास क्षेत्रमा बिक्री गर्नसमेत रोक लगाइँदै छ ।
मदिरा सेवन गर्नेलाई सार्वजनिक सवारीसाधनमा यात्रा गर्नसमेत रोक लगाएको छ । मदिरा सेवन गरेको व्यक्तिलाई अस्पताल, विद्यालय, कलेज तथा सार्वजनिक निकायको कार्यालय प्रवेशमा निषेध गरिनुका साथै सञ्चारमाध्यमबाट मदिरा तथा मदिराजन्य पदार्थ उत्पादनको विज्ञापन, प्रकाशन तथा प्रसारण गर्न, सार्वजनिक स्थानमा होडिङ, पर्चा, पोस्टर टाँस्न पाइने छैन ।
मदिरा उद्योगलाई खेलकुद, कन्सर्टलगायत सार्वजनिक कार्यक्रमको प्रायोजनमा रोक लगाइएको छ । मदिरा उपहारका रूपमा लेनदेन गर्नसमेत रोकिने भएकाे छ । ‘अल्कोहलको परिमाणले स्वास्थ्यमा पर्ने सम्भावित जोखिमको सन्देश र अधिकतम बिक्री मूल्य नतोकिएको मदिरा आयात गर्न पाइने छैन,’ मस्यौदामा भनिएको छ । मदिरा बिक्रेताले खरिद गर्नेको नाम, ठेगाना र उमेरको अभिलेख अनिवार्य राख्नुपर्नेछ ।
मदिरा बिक्री वितरणका लागि इजाजतपत्र जारी गर्नुअघि स्थानीय प्रहरी कार्यालयको राय लिनुपर्ने आदेशमा उल्लेख छ ।
आदेशअनुसार नयाँ मदिरा उद्योगको अनुमति, दर्ता र क्षमतावृद्धि तत्काललाई गरिने छैन ।‘इजाजत प्राप्त गरी ६० प्रतिशतभन्दा बढी लगानी र तयारी पूरा गरेबाहेक सञ्चालनमा आउन बाँकी उद्योगलाई सञ्चालन अनुमतिको अर्को व्यवस्था नहुन्जेल रोक्का गरिने छ,’ आदेशमा भनिएको छ ।
इजाजत प्राप्त गरी सञ्चालनमा रहेका उद्योगको शाखा विस्तार तथा क्षमता वृद्धि पनि स्थगित गरिने जनाइएको छ । ‘नेपाल–भारत सीमा (दशगजा) बाट १ किलोमिटरभित्रको क्षेत्रमा नयाँ मदिरा पसल सञ्चालनको अनुमति दिइने छैन,’ आदेशमा उल्लेख छ ।
विश्व सम्पदामा सूचीकृत स्थानहरूको ५ सय मिटर आसपास मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको छ । धार्मिक, शैक्षिक तथा सार्वजनिक स्थलबाट कम्तीमा ३ किलोमिटर टाढा पर्ने गरी उद्योग सञ्चालन गर्नुपर्ने प्रस्ताव छ ।

Loading...

Similar Posts :


21

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...

श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था छ – गोकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा सम्मानजनक रुपमा श्रम गर्ने वातावरण अझै नबनेको बताएका छन् । पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले...

हामीले कसैको पक्ष र विपक्षमा वकालत गरेका छैनौ – प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको र सरकारकाे कार्यक्रम प्रति जे गरेनी कुरा काट्ने प्रवृत्ति भएकाहरुले बाआमालाई एकअर्काबारे...

दूरसञ्चार सेवा प्रदायक कम्पनीले ३ अर्ब रुपैयाँ नतिरे कम्पनी खारेज गर्न निर्देशन

संघीय संसदअन्तर्गतको अर्थ समितिले विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीले चुक्ता गर्न बाँकी करिब ३ अर्ब रुपैयाँ एक महिनाभित्र असुल गर्न र चुक्ता नगरे सबै...

भेनस इक्युप्मेन्टका उत्पादन अब नेपालमा परिना इन्टरनेशनलले बिक्रि वितरण गर्ने

गुणस्तरिय निर्माणमा हाम्रो अनिवार्य सहभागिता भन्ने मूल लक्ष्य लिएर नेपालमा भेनस इक्युपमेन्टको आधिकारिक विक्रेताको रुपमा नेपालमा परिना इनटरनेशनलले विक्रीवितरण गर्नुका साथै ममर्त पनि गर्ने...

हृदयेश त्रिपाठीले गरे कृषि मन्त्रालय खारेजीको माग

सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको पक्षमा नभई विचौलियाको पक्षमा काम गर्दै आएको आरोप लगाएका छन् । उनले कृषि मन्त्रालय खारेजीको माग समेत गरेका...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...