संघीय र प्रादेशिक शिक्षा ऐन नबन्दा स्थानीय तहमा समस्या

Loading...

संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिए पनि संघीय र प्रादेशिक शिक्षा ऐन नबन्दा स्थानीय तहले आफ्नो ऐन निर्माण गर्न सकेका छैनन् । स्थानीय तहले ऐन नबन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी थुतेर वडाध्यक्षलाई दिएका छन् भने कतिपय विद्यालयका शिक्षकलाई सरूवा गरिदिएका छन् ।स्थानीय तहले कानुन निर्माण नगरी संविधानमा भएको शिक्षाको अधिकार प्रयोग गर्दा यस्ता झमेला निकै देखिएका छन् । संविधानको अनुसूची ८ मा माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई भनिए पनि संघीय र प्रादेशिक शिक्षा ऐन नबन्दा स्थानीय तहले आफ्नो ऐन निर्माण गर्न सकेका छैनन् ।
माथिल्लो तहका शिक्षा ऐन नबन्दै हतारमा निर्णय गर्दा समस्या देखिएको कानुन विद्हरु    बताउँछन् । यस्तो अवस्थामा प्रचलित ऐनअनुसारै काम हुने र स्थानीय तहले हतारिएर शिक्षा क्षेत्रमा हात हाल्दा समस्या देखिएको उनिहरुकाे भनाइ छ ।
गाउँ परिषद्को निर्णयअनुसार शिक्षा योजना निर्माण, दरबन्दी मिलान, तह घटुवा, विद्यालय मर्जजस्ता निर्णय गरिएकाले समस्याहरु देखिएका छन् ।  जनप्रतिनिधिले विद्यालय प्रवेश गरी शिक्षकको हाजिरी रजिस्टरमा समेत रातो लगाउने काम गरेका छन् । 
जनप्रतिनिधिले विद्यालय अनुगमनका नाममा त्रास सिर्जना गरेको शिक्षकको गुनासो छ । शारदा नगरपालिका–१३, स्यानीखालमा रहेको भगवती निमाविका प्रअ निमबहादुर बस्नेत शिक्षक महासंघको आन्दोलनमा खटिएका बेला जनप्रतिनिधिले विद्यालयमा गएर हाजिरी रजिस्टरमा रातो लगाए । यसले शिक्षकलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाएको महासंघ अध्यक्ष गिरीले बताए । उनका अनुसार यस्तै त्रासले सल्यानमा पछिल्लो समय २० शिक्षकले राजीनामा दिइसकेका छन् ।
नयाँ कानुन नबन्दासम्म शिक्षकको सरुवा, विद्यालयको तह घटुवा, समायोजन गर्नु गैरकानुनी हो । शिक्षक संगठनका अध्यक्ष किशोरकुमार हमालले भने, ‘संविधानमा लेखिएको छ भन्दैमा कानुन नबनाई यी काम गर्दा शिक्षा क्षेत्रमा ठूलो बेथिति निम्तिएको छ ।’
दरबन्दी मिलान, विद्यालय समायोजनजस्ता कारणले सिर्जित समस्या पनि उस्तै छ । काल्चेस्थित जनता माविका शिक्षक सुरेशकुमार गाहामगरले विद्यार्थी कम भएको भन्दै दरबन्दी काटेपछि दिनभर हिँड्नुपर्ने बाध्यता रहेको बताए । उनको सरुवा काप्रेचौरको मनकामना प्राविमा भएको छ । ५ कक्षासम्म ८७ विद्यार्थी रहेको जनता माविमा चारजनाको दरबन्दी काटेर तीनमा झारिएको र ८० विद्यार्थी रहेको शारदा जनकल्याण माविमा चार दरबन्दीमा एक थपेर पाँच पुर्‍याइएको उनले बताए ।
स्थानीय तहका जनप्रतिनिधि भने शिक्षाको विकृति हटाउन र शैक्षिक गुणस्तर सुधार्न यस्तो गरिएको बताउँछन् । 
जिल्ला शिक्षा इकाईसमेत हेर्ने सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले स्थानीय तहलाई माविसम्म हेर्ने जिम्मेवारी तोकिए पनि विभिन्नखाले समस्या आएको बताए । ‘धेरै ठाउँमा सिस्टम मिचिएको छ, अन्योल बढेको छ,’ उनले भने, ‘यस्तो भद्रगोल भयो भने भोलि शिक्षा क्षेत्रमा राम्रो हुँदैन ।’

Loading...

Similar Posts :


25

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसले तराई...

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे...

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ ।...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान