प्रदेश ५ का पश्चिम नवलपरासी र रुपन्देहीका नागरिक सम्पन्न

Loading...



प्रदेश ५ का १२ जिल्ला मध्ये कपिलवस्तुमा गरिबीको रेखामुनि रहेको जनसंख्या अनुपात सबैभन्दा बढी देखिएको छ । अन्य ११ जिल्लाको तुलनामा कपिलवस्तुमा सबैभन्दा बढी अर्थात ३५.५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । पश्चिम नवलपरासी र रुपन्देहीमा सबैभदा कम प्रतितशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि छन् । कपिलवस्तुमा ९१ हजार २ सय ६४ घर परिवार र ५ लाख ७१ हजार ९ सय ३६ जनसंख्या छ ।
प्रदेश योजना आयोगले केन्द्रीय तथ्यांक विभाग (२०६८) र मानव विकास प्रतिवेदन (२०१४)लाई आधार मानेर हालै तयार गरेको प्रदेश प्रोफाइल अनुसार कपिलवस्तुपछि प्यूठानमा ३२.२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् ।
प्युठानमा २ लाख २८ हजार १०२ जनसंख्या छ । ३ लाख ३१ हजार ९०४ जनसंख्या रहेको पश्चिम नवलपरासीमा १७ प्रतिशत र ८ लाख ८० हजार १९६ जनसंख्या रहेको रुपन्देहीमा १७.३ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।
२ लाख ६१ हजार १८० जनसंख्या रहेको पाल्पामा २१.६ प्रतिशत, एक लाख ९७ ६३२ जनसंख्या रहेको अर्घाखाँचीमा २८.८ प्रतिशत, २ लाख ८० हजार १६० जनसंख्या रहेको गुल्मीमा २५.६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ ।
यस्तै ५३ हजार १८४ जनसंख्या रहेको रुकुम पूर्वमा २६.३ प्रतिशत तथा २ लाख २४ हजार ५०६ जनसंख्या भएको रोल्पामा २६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।
५ लाख ५२ हजार ५८३ जनसंख्या रहेको दाङमा २५.१ प्रतिशत, ४ लाख ९१ हजार ३१३ जनसंख्या रहेको बाँकेमा २६.४ प्रतिशत र ४ लाख २६ हजार ५७६ जनसंख्या रहेको बर्दियामा २८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।
प्रदेश ५ मा ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या रहेको छ । मानव विकास प्रतिवेदन २०१४ अनुसार प्रदेशका सबै जिल्लाको क्रयशक्ति क्रयशक्तिमा आधारित औषत प्रतिव्यक्ति वाषिर्क आय राष्ट्रिय औति एक हजार १६० अमेरिकी डलर भदा कम रहेको छ ।
नवलपरासी, रुपदेही, दाङ, बाँके र बर्दियाको प्रति व्यक्ति आय एक हजार अमेरिकी डलर भदा बढी छ भने सबैभदा कम रोल्पाको ६४३ र प्यूठानको ६८१ अमेरिकी डलर रहेको छ ।
यस प्रदेशको औसतमा प्रति व्यक्ति आय करिब ९५० अमेरिकी डलर जति रहेको छ ।


राष्ट्रिय योजना आयोगको पछिलो तथ्यांक अनुसार प्रदेश ५ मा बहुआयामिक गरिबीको अनुपात २९.९ प्रतिशत रहेको छ जुन राष्ट्रिय औसत २८.६ प्रतिशत भदा बढी हो ।बहुआयामिक गरिबीले पोषण, बाल मृत्युदर, शिक्षा, खाना पकाउने इन्धन, सरसफाई, खानेपानी सुविधा, विजुली, भुइँ तथा छानाको अवस्था र सम्पतिको स्वामित्व आदिलाई समेटेको छ ।यो प्रदेशको बहुआयामिक गरिबीको सूचक ०.१३३ रहेको छ जुन राष्ट्रिय औषत ०.१२७ भदा बढी छ ।
प्रदेशमा १५ लाख नागरिक बहुआयामिक गरिबीमा छन् । संख्यामक रुपमा दोस्रो धेरै बहुआयामिक गरिबी भएको प्रदेश यही हो ।प्रदेशमा बाल मृत्युदर र कुपोषणले सबैभन्दा बढी बहुआयामिक गरिबी सिर्जना गर्न भूमिका खेलेको प्रदेश योजना आयोगकी सदस्य पुष्पा भुसाल लुइटेलले बताइन् ।
प्रदेश ५मा सन् २०११ मा ४०.८ प्रतिशत बहुआयामिक गरिबी रहेकोमा सन् २०१४ मा ११ प्रतिशतले कम भएर २९.९ प्रतिशतमा झरेको छ ,प्रदेशमा बहुआयामक गरिबीको मुख्य कारकमा कुपोषण रहेको छ,जसले बहुआयामिक गरिबी सूचक निर्धारणमा ३०.१ प्रतिशत योगदान दिएको छ ।यसपछि बाल मृत्युदरले १५ प्रतिशत योगदान गरेको छ । विद्यालयको गएको वर्षले १३ प्रतिशत,खाना पकाउने इन्धनले ११.७ प्रतिशत र भूइतला तथा छानाको अवस्थाले १०.९ प्रतिशत बहुआयामिक गरिबी निर्धारणमा सहयोग गरेका छन् ।
अन्य कारकहरुको योगदान ५ प्रतिशतको हाराहारी वा सो भदा कम रहेको छ ।

Loading...

Similar Posts :


25

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू चढेको ट्याक्सीको नम्बर टिप्दा तपाईंलाई नै सहज हुन्छ । यात्रा...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने

आर्टिस्ट नेपाल एकेडेमीले मानिसमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “पब्लिक स्पिकिङ अभियान“ को सुरुवात गर्ने भएको छ । राजधानीको कमलादी स्थित अन्तराष्ट्रिय स्तरको सुविधा...

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...