बालोन डी ओर अवार्ड मोड्रिचलाई

Loading...

विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । फ्रान्सको पेरिसमा आज विहान सम्पन्न अवार्ड कार्यक्रममा लुका मोड्रिचले फुटबलका महान हस्तीहरुलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् ।

रियललाई च्याम्पियन्स लिग जिताउन र रुस विश्वकपमा क्रोएसियालाई उपविजेता बनाउन  मुख्य भूमिका खेलेका मोड्रिचले पहिलो पटक यो अवार्ड जितेका हुन् । त्यस्तै, उनले फिफा वर्ष खेलाडी अवार्ड समेत यसै वर्ष जितेका थिए ।

अवार्डको मुख्य दाबेदारको रुपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पनि हेरिएको थियो । त्यस्तै, अवार्डकै दौडमा ब्राजिलका नेयमार,  फ्रान्सका केलियन एम्बाप्पे, फ्रान्स कै राफायल भराने, एन्टोनी ग्रिजम्यान,  इजिप्टका मोहम्मद  सलाह, बेल्जियमका इडेन हजार्ड, बेल्जियमकै केभिन डे ब्रुयनी, र इग्ल्यान्डका हृयारी केनलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

विगत १० वर्षदेखि यो अवार्ड रोनाल्डो र मेस्सीले मात्र जित्दै आएका थिए । तर यो पटक भने नयाँ खेलाडीले जित्न सफल भएका हुन् । सन् २००७ मा ब्राजिलियन काकाले जितेपछि यस अवार्ड रोनाल्डो र मेस्सीले समान ५-५ पटक जितेका छन् ।

Loading...

Similar Posts :


5

विश्वकप पछि क्रिस गेलकाे सन्यास

वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले विश्वकप क्रिकेट पछि सन्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय गेलले यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने...

डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटलाई खराब मौसमले दुःख दिएको छ । प्रतियोगिताका आगामी खेलहरु बर्षाले विथोल्न सक्ने देखिएकाे छ । बिहीबार बिराटनगर किंग्स र...

डीपीएल : काठमाडौं गोल्डेन्सको विजयी सुरुआत

घरेलु टोली धनगढी स्टारर्समाथि ४ विकेटको रोमान्चक जित निकाल्दै काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटमा विजय सुरुआत गरेको छ ।  १३३ रनको...

सन्दीपको ३ विकेटसँगै मेलबर्न सेमिफाइनलमा

२७ माघ, काठमाडौं । सन्दीप लामिछानेसँगै ग्लेन म्याक्सवेल चम्किएसँगै मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि शानदार जित हात पारेको छ र बिग बास लिगको सेमिफाइनलमा स्थान बनाएको...

यूएई विरुद्धको तेस्रो तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी

 यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । जितसँगै नेपालले पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला...

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...