6 Dec 2018 01:12:27 PM | No Comments
शक्ति गौचनले टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) पछि संन्यास लिने भएका छन् । पोखरा राइनोजका खेलाडी उनले ईपीएल आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका छन् । ३४ वर्षे शक्तिले आफू पूर्ण रूपमा क्रिकेटको विकासमा केन्द्रित हुन खोजेकाेले शन्यास लिन लागेकाे बताए । जुलाईमा नेदरल्यान्ड्समा भएको वान–डे अन्तर्राष्ट्रिय खेलबाट शक्तिले विदेशी भूमिमा आफ्नो खेलजीवन टुंग्याइसकेका छन् । उनले नेपालमा हुने अन्तर्राष्ट्रिय खेलबाटै पूर्ण रूपमा संन्यास लिने चाहना राखेका थिए । तर नेपाल क्रिकेट संघ (क्यान) निलम्बनको अवस्थामा उनले ईपीएललाई नै आफ्नो अन्तिम प्रमुख प्रतियोगिता बनाउन लागेका हुन् ।
सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपदेखि शक्तिले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका थिए । अर्को वर्ष सिंगापुरमा एसीसी ट्रफीबाट उनले राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका हुन् । ब्याटिङ अलराउन्डका रूपमा आफ्नो खेलजीवन अगाडि बढाएका शक्ति नेपालबाट १हजार रन बनाउने पहिलो खेलाडी हुन् । पछि उनी बलरको भूमिकामा मात्र रहे । देव्रेहाते स्पिन बलिङबाट उनी नेपालका प्रमुख बलर बने । पछिल्लो समय उनले राष्ट्रिय टोली र फ्रेन्चाइज क्रिकेटमा कम मौका पाउँदै आएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा
गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई
ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ
विश्वकप पछि क्रिस गेलकाे सन्यास
सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी
श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा
डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान
कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन
निर्देशक नव ढुंगेलको भिडियोमा रीमा
नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने