बुटवल उपमहानगरपालिकाले धान धितो राखेर किसानलाई ऋण दिने

Loading...

बुटवल उपमहानगरपालिकामा धान धितो राखेर किसानहरुले ऋण पाउने भएका छन् । उपमनगरपालिकाले पहिलो पटक किसानहरुको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रिया सुरुआत गरेको हो ।पहिलो चरणमा किसानले उत्पादन गरेको धानलाई सहकारीमा धितो राखेर सहकारीमार्फत किसानलाई ऋण प्रदान गर्ने योजनाअनुसार बिहीबार बुटवल-१४ सेमलारमा रहेको सिम्रिक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाको बीचमा समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ ।

बुटवल उपमानरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रिक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाहाले हस्ताक्षर गरे ।बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानहरुले उत्पादन गरेको धान उचित भण्डार स्थानको अभावको कारण उचित मूल्य बिना नै बिक्री गर्दै आएका थिए ।

‘अब किसानहरुले सहकारीमा आफू्ले उत्पादन गरेको धानलाई सहकारीमा धितोको रुपमा राखेर कृषि ऋण लिन सक्छन्, उत्पादन गरेको धान सहकारीमा राखेमा कुनै पनि भाडा तिर्नुपर्दैन ,किसानको भाडा नगरपालिकाले तिरिदिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल भने ।

बुटवल उपमनगरपालिका प्रमुख शिवराज सुवेदीलेले किसानहरुको समस्यालाई सामाधान गर्नको लागि पहिलो चरणमा किसानहरुको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको जानकारी दिए ।

पहिलो चरणमा किसानको धान मात्रै सहकारीमार्फत भण्डारण गर्ने सम्झौता सहकारीमार्फत गरिएकोमा आगामी दिनमा अन्य गहुँ, दाल जन्य कृषि उपजसमेत भण्डार गरी किसानहरुलाई ऋण उपलब्ध गराउने तयारी गरिएको मेयर सुवेदीको भनाइ रहेको छ ।

बुटवल उपमहानरपालिका, कृषि विकास महशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माले किसानहरुले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरेबापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्ने छ । जसको लागि नगरपालिकाले २ लाख ५० हजार रुपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो ।

किसाले यसरी भण्डारण गरेको धानलाई धितोको रुपमा सहकारीले स्वीकार गरी ऋणसमेत प्रदान गर्ने सम्झौता गरिएको छ ।

ऋण चुक्तापश्चात किसानले आफ्नो धान बिक्री गर्न पाउने सिमि्रक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाह मगरले जानकारी दिए ।

सहकारीका सचिव टोपनारायण घिमिरेका अनुसार वि.स. २०६६ सालमा स्थापना भएको सहकारीले आईडब्लु आरएमपीको अनुदानमा बीउ प्रशोधन केन्द्र, भण्डारण केन्द्रसमेत स्थापना गरेर सञ्चालन गर्दैै आएको छ ।

१० कठ्ठा क्षेत्रफल रहेको सहकारीले २ सय ५० मेटि्रक टनको ओपनज सेड निर्माण गरेको छ भने १५ सय मेटि्रक टन र अर्को २ सय ५० मेटि्रक टन क्षमताको गोदाम घर निर्माण गरेको छ ।

Loading...

Similar Posts :


25

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसले तराई...

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे...

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ ।...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान