पिँडौलाको मासु माथि जाने समस्यालेआजित हुनुहुन्छ ? हेर्नुहोस् बच्ने उपाय

Loading...

खुट्टा फर्किर अर्थात् खुट्टाको पिँडौलाको मासु माथि जाने समस्याले धेरै जनालाई दुःख दिने गर्दछ। खुट्टा फर्किँदा मानिसलाई असह्य पीडा हुन्छ। पिँडौला फर्कने समस्या एउटा यस्तो अवस्था हो, जसलाई पिँडौलाका मांसपेशीमा अचानक संकुचन हुन गई मांसपेशीहरु कडा हुने र दुख्ने गर्दछ।

सामान्यतयाः यो के कारणले हुने गर्छ भन्ने वैज्ञानिक कारण पत्ता लागिसकेको छैन तर मेडिकल टममा इडियोप्याथिक भन्ने गरिन्छ। यो समस्या जुनसुकै उमेर समूहका महिला वा पुरुषलाई हुन सक्छ। पिँडौला फर्किसकेपछि दुखाइ समान्यतः १० मिनेटजति रहन्छ। तर केही सेकेन्डदेखि केही घन्टासम्म रहन सक्छ। मुख्यतः पिँडौलामा यो समस्या देखिने भए पनि कहिलेकाहिं खुट्टा र तिघ्राको मांसपेशीमा समेत यस्तो समस्या देखिन्छ।मेरुदन्डसम्बन्धी समस्यहरु– ढाडमा तथा नशा च्यापिएको अवस्था,रक्तनलीमा अवरोध भई खुट्टामा रक्त सञ्चालनमा कमी हुँदा ,रगतको विभिन्न तत्वहरुको कमी जस्तैः क्याल्सियम पोटासियम,शरीरमा पानीको अभाव ,गर्भावस्था , स्नायु प्रणलीको गडबडी आदि कारणले पिडौला फर्किन्छ ।

लक्षण
पिँडौलामा अचानक संकुचन भई मांसपेशीहरु कडा हुने र दुख्ने गर्दछन्। यो समस्या औसत १० मिनेटजति रहन्छ। तर कुनै बेला केही सेकेन्डदेखि केही घन्टासम्म पनि हुनसक्छ। केही व्यक्तिमा दिनमै धेरै पटकसम्म यस्तो अवस्था देखिन सक्छ। पटकपटक देखिने यस्तो समस्यालाई बिरामीको दैनिक क्रियाकलापमा बाधा पर्ने र कसैकसैलाई निद्रामा समेत कठिनाइ हुनसक्छ। 

उपचार 
धेरैजस्तो अवस्थामा यो समस्या आफैं हराएर जान्छ। तर पटकपटक समस्या देखिएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ र यदि सुरुवाती अवस्थामा यो समस्या छ भने फिजियोथेरापीको माध्यमबाट मांसपेशी तन्काउने कसरतहरु गरी निको पार्न सकिन्छ। यसका अतिरित्र चिकित्सकबाट शारीरिक परीक्षण गराई अन्य रोगका कारण पत्ता लगाउने  र जुन रोगले यो समस्या भएको हो त्यो पत्ता लगाउनुपर्छ। यदि कसरतले मात्र ठिक भएन भने चिकित्सकको सल्लाहबमोजिम औषधि प्रयोग गर्नुपर्ने हुन्छ।

 

Loading...

Similar Posts :


20

सत्यवती गाउँपालिका गुल्मीमा प्रथम र्‍याफ्टिङ महोत्सव

गुल्मी । सत्यवती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय गुल्मीको आयोजनामा पौष ३० गते देखि बढिघाट खोलामा प्रथम ¥याफ्टिङ्ग महोत्सव सुरु भएको छ । १५ दिनसम्म संचालन...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...