ईपीएल:भैरहवालाई हराउदै ललितपुर बन्याे च्याम्पियन

Loading...

ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार भएको फाइनल भिडन्तमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५ लाख नगद हात पारेको छ । उपविजेता भैरहवाले १० लाखमा चित्त बुझाएको छ ।

त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा ललितपुरले सबै विकेट गुमाएर दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो ।खेलमा रवि इन्दर सिंह र शरद भेषावकरको विकेट खेलको टर्निङ प्वाइन्ट रहृयो । १५ ओभरसम्म खेल भैरहवाको पक्षमा थियो । उसले मात्र ३ विकेट गुमाएर १०४ रन जोडिसकेको थियो ।

तर, १६ औं ओभरको पहिलो बलमै पवन शरार्फले रवि इन्दरको विकेट लिए । अर्को ओभरमा ललित राजवंशीले भैरहवाका कप्तान शरदको विकेट लिएपछि खेल ललितपुरको पक्षमा गयो ।

लगातार दबावमा परेको भैरहवालाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो तर, दुई रन आउटसहित तीन विकेट गुमाउँदै १४ रनको हार स्वीकार गर्‍यो ।

भैरहवाका लागि प्रदीपले २२ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रन बनाएर आउट भए । रवि इन्दर सिंहले ३२ बलमा २९ रन बनाए । कप्तान शरद भेषावकरले १४ रन बनाए ।
ललितनारायण राजवंशीले चार ओभरमा १७ रन खर्चेर तीन विकेट लिए पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले समान २-२ विकेट लिए ।यसअघि ललितपुरले निर्धारित २० ओभर सकिन पाँच बल बाँकी छदा सबै विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरको सुरुवात राम्रो थियो । जयकिसन कोल्सवाला र गौरभ टोमरले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । गौरभ २३ रन बनाएर आउट भए ।कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए । तर, कोल्सवाला र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे ।

५२ बलको सामना गरेका कोल्सवालाले तीन चौका र तीन छक्काको मदतमा ५७ रन बनाए भने आक्रमक पारी खेलेका जोराले ११ बलमा २४ रन जोडे । यद्यपि ललितपुरले अन्तिम तीन ओभरमा लगातार विकेट गुमाएको थियो । १२ रन जोड्दा ५ विकेट गुमाएर अलआउट भयो ।

भैरहवाका कृष्ण कार्कीले तीन विकेट लिए । उनले दुई ओभर बलिङ गर्दै १५ रन खर्चेर तीन विकेट लिन सफल भए ।

Loading...

Similar Posts :


5

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह ‘ए’ विजेता बनेको छ । नेपाल र बंगलादेश समूहको अन्तिम खेलअघि...

अष्ट्रेलिया भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा ८ रनले पराजीत

मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराउँदै दाेस्राे एकिदविसय खेलमा विजयी भएकाे छ । कुनै बेला जीत नजिक पुगेको अष्ट्रेलियालाई रोक्दै भारतले...

उदीयमान बर्ष खेलाडीेबने क्रिकेटर रोहितकुमार पौडेल

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गर्ने ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ को वर्षको उदीयमान खेलाडीे अवार्ड रोहितकुमार पौडेलले हात पारेका छन् । सिप्यानले आज राजधानिमा...

मुलपानीमा क्रिकेट मैदानको काममा तिव्रता , सल्टिएन जग्गा विवाद

नेपाल क्रिकेटका लागि नयाँ जोन बन्ने सम्भावना देखिएको छ । धुर्मुस सुन्तलिले अन्तराष्ट्रिय गौतम बुद्ध रंगशाला बनाउन लागेको खबरले क्रिकेटको माहोल तातेको बेला काठमाडौंको...

टी–ट्वान्टी क्रिकेटको विश्व वरीयतामा नेपाली खेलाडिकाे स्थान सुधार

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा दुई स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–२०...

डिपीएलकाे उपाधि अत्तरियालाई, महेन्द्रनगर ३ विकेटले पराजित

घरेलु टोली सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमिएर लिग क्रिकेटको उपाधि जितेको छ । महेन्द्रनगर युनाइटेडमाथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै सिवाइसी अत्तरियाले पहिलो...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद