६ वटी छोरी जन्माएको भन्दै जुम्लाकी एक महिलालाई घर निकाला

Loading...

लगातार ६ वटी छोरी जन्माएको भन्दै जुम्लाकी एक महिलालाई घरबाट निकालिएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६, लुड्कीकी झनमाया रोकाया गत कात्तिक महिनादेखि घर निकाला भएकी हुन् ।

२६ वर्षीया झनमायाले छ महिनाको गर्भवती अवस्थामा श्रीमान् गंगाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताइन् ।

झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण उनको उपचारमा सहयोग नभएको बताइएको छ । अस्पतालले अन्य बाहिर जिल्ला लैजान सिफारिश गरेपछि कहाँ र कोसँग जाने भन्ने चिन्ताले सताएको झनमायाले बताइन् । सानै उमेरमा बिहे गरेकी उनले छ सन्तान जन्माएको र तीन मात्रै जीवित रहेको दुखेसो गरिन् ।

‘पटक–पटक छोरी जन्माएपछि निकै दुःख पाएँ’, झनमायाले भनिन्, ‘श्रीमान् आफ्नो नभएपछि परिवारले पनि राम्रो गरेनन्, आफ्नो कोही भएनन् ।’ गर्भको शिशु उल्टो छ भन्ने थाहा पाएपछि वृद्ध बुबाको सहारामा अस्पताल पुगेकी उनले जन्मँदै छोरी रोगी जन्मिएपछि झन् पीडा थपिएको बताइन् ।

Loading...

Similar Posts :


20

सत्यवती गाउँपालिका गुल्मीमा प्रथम र्‍याफ्टिङ महोत्सव

गुल्मी । सत्यवती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय गुल्मीको आयोजनामा पौष ३० गते देखि बढिघाट खोलामा प्रथम ¥याफ्टिङ्ग महोत्सव सुरु भएको छ । १५ दिनसम्म संचालन...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...