अष्ट्रेलियामा नेपालीलाई स्थानिय सरह अवसर

Loading...


बि.सं २०२४ सालमा लम्जुङको चितिमा जन्मिएका तिवारी एक कुसल व्यवसायी एंव अष्ट्रेलियामा चार्टर अकाउन्टेन्ट हुन् । उनी लामो समयदेखी शैक्षिक, अकाउन्टिङ, रेमिट्यान्स, पर्यटन छेत्रमा सक्रिय छन् । सन् १९९६ तिर नेपालबाट न्यूजील्याण्ड गई पिआर लिएका उनी सन् २००० बाट अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।जागिर खानु भन्दा व्यवसाय नै गर्नुपर्छ भन्ने हिसावले नेपालमा गार्मेन्ट व्यवसाय सुरु गरेका उनी पहिलो पटक व्यवसायमा असफल भए । त्यसपछी उनले अर्को व्यवसाय प्रदुाषण नियन्त्रण गर्ने मेसिन आयात गरेर विक्री गरे । उनले आफूलाई पहिलो व्यवसायमा भएको घाटालाई परिपूर्ति गरे ।नेपालबाटै व्यवसायीक जिवन सुरु गरेका उनले न्यूजील्याण्डमा पनि त्यसलाई निरन्तरता दिए उनले सुरुमा नेपाली हस्तकलाको व्यापार गरे । नेपालबाट न्यूजील्याण्ड माइग्रेट भएका उनी पछी अष्ट्रेलियाको सिड्निमा गएर आफ्नो सफल व्यवसायीक जिवन बिताईरहेका छन् । नेपालमा अंग्रेजी विषयमा स्नातकोत्तर गरेका उनले अष्ट्रेलियाको जब मार्केटलाई हेरेर अकाउन्टिङ विषय अध्ययन गरे । उनको श्रीमती एक छोरा र एक छोरी छन् । श्रीमति प्रीति मल्ल तिवारी पेशाले नर्स हुन् भने छोराले इन्जिनियरिङ गरेका छन् । सुरुका दिनमा विदेशी भूमिमा केहि नौलो भएपनि भाषागत ज्ञानका कारण आफूलाई सहज भएको उनको बुझाई छ । उनी मानिस जहाँ गए पनि मेहनत, परिश्रम र काममा निरन्तरता दिए सफलता हासिल गर्ने बताउँछन् । उनै मिहिनेति एवं संघर्षसिल व्यवक्तीत्व तिवारी संग अष्ट्रेलियाको भौतिक शैक्षिक वातावरण, त्यहाँ नेपालीले पाउने काम ,सुरक्षा व्यवस्था, स्वरोजगारको अवस्था लगायतका विषयमा फेयर एक्सप्रेस मासिकले गरेको कुराकानिको मुख्य अंश ।


नेपाली विद्यार्थी अष्ट्रेलियामा पढ्न जादैनन काम गर्न जान्छन भन्ने सुनिन्छ ? के भन्नुहुन्छ ?
नेपालबाट अष्ट्रेलिया जाने अधिकासं विद्यार्थी मध्यमवर्गीय हुन्छन् । उनीहरुले अध्ययन र काम संगै बढाएका हुन्छन् । उनीहरुले गर्ने काम र पढाइको तारतम्य नमिल्दा समस्या भोग्ने गरेका छन् । नेपालीले अष्ट्रेलियामा राम्रो इज्जत कमाएका छन् । विद्यालय शिक्षा उत्तिर्ण गरेपश्चात अध्ययनका लागि जाँदा उपयुक्त हुन्छ । नेपालीले पनि अष्ट्रेलियमा रोजगारिका लागि समान अवसर पाउँछन् । त्यहाँ काम गर्ने वातावरणलाई उपयुक्त बनाउन सिप सिक्नुपर्ने हुन्छ । समयलाई बुझेर बजार अनुरुप अघि बढ्न सक्नुपर्छ ।यहाँको कमाईले जिविकोपार्जन सहज भएपनि कलेजको फी तिर्नुपर्ने भएकाले र नेपालबाट जादाँ थोरै पैसा लिएर जाने भएकाले समस्यामा पर्ने गरेका छन् ।
अष्ट्रेलियामा नेपालीले पिआर पाउन सक्ने संभावना कस्तो छ ?
अष्ट्रेलियामा नेपाली विद्यार्थीले स्थाईबसोबासका लागि आवश्यक मापदण्ड पुरा गर्न सकेमा पिआर पाउन सक्छन् । अहिले पहिले भन्दा मापदण्ड बढाइएको छ ।उनीहरुले आईइएलटिएसको स्कोर राम्रो ल्याउनुपर्छ । नेपालबाट प्राविधिक विषय अध्ययन गरेका अनि भाषागत दक्षता हासिल गरेकाले राम्रै काम पाएका छन् ।
नेपालबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई कुन ठाउँमा जान सुझाव दिनुहुन्छ ? त्यहाँ नेपाली विद्यार्थीका लागि सहज वातावरण छ कि छैन ?
अष्ट्रेलियाको भौतिक शैक्षिक बातावरण रमाईलो छ । सुरक्षा व्यवस्था,आयस्रोत, अवसर , हावापानीका हिसावले अष्ट्रेलिया राम्रो छ । नेपाली विद्यार्थीका लागि सहज रुपबाट पिआर लिनका लागि अहिले नेपालीहरु धेरै गएका सहरमा जानु भन्दा अन्य सहरमा जाँदा राम्रो हुन्छ । सिड्नि ,मेलवर्न जानुभन्दा रिजनल क्षेत्रमा पिआर पाउन सहज हुन्छ भने खर्च पनि कम हुन्छ ।
अष्ट्रेलियामा नेपालीले काम पाउने क्षेत्रहरु के के छन् ? कुन विषयमा दक्षलाई अष्ट्रेलियामा काम पाउन सहज हुन्छ ?
नेपालीले अष्ट्रेलियमा काम पाउने प्रमुख क्षेत्र भनेको नर्सिङ,रेष्टुरेन्ट ,किचन, आइटि, बैङ्क ,किल्निङ लगायतका क्षेत्र हुन् । राम्रो दक्ष कामदारले जुनसुकै क्षेत्रमा पनि काम गर्न सक्छन् ।नेपालीले अवसर नपाउने भन्ने हुँदैन । नेपालीले पनि समान अवसर पाएका छन् भने आफ्नो क्षेत्रमा प्रगति पनि गरेका छन् ।
अन्त्यमा अष्ट्रेलियामा अध्ययन गर्न जान चाहने नेपालीहरुलाई के भन्नुहुन्छ ?
अभिभावकले विद्यार्थी अष्ट्रेलियामा काम गर्न होइन पढ्न जाने हो भन्ने बुझ्नुपर्छ । अनावश्यक तनाव दिनुहुदैन । पैसा नहुँदा त्यहाँ दुःख पाइन्छ । त्यसैले सिप सिकेरमात्र विदेश अध्ययनमा जानु उपयुक्त हुन्छ । आफू अध्ययन गर्न जाने विश्वविद्यालय,त्यहाँको शैक्षिक वातावरणको बारेमा बुझेर मात्र अध्ययनका लागि जानु उपयुक्त हुन्छ ।

Loading...

Similar Posts :


11

२०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने – स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले २०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने बताएका छन् । स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदले उठाएका...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

‘बहुप्रेम’ तर्फकाे अाकर्षण

फेब्रुअरी १४ अर्थात प्रेम दिवस । प्रेमील जोडीहरु गुलाब चुँडेर हृदय जोड्छन् । सर्सर्ती हेर्दा प्रणय दिवस जोडीहरुबीच प्रेम प्रकटीकरण गर्ने दिनका रुपमा हेरिन्छ...

सानोतिनो राजनीतिक प्रभावलेसमेत शैक्षिक संस्थाहरु बन्द

विद्यालय र विद्यार्थी जहिल्यै पनि हतियारको रुपमा प्रयोग हुँदै आएका छन् । पटक–पटक हुँदै आएको विद्यालय बन्दको राजनीतिले देशकै शिक्षा क्षेत्रलाई थिलथिलो बनाइसकेपनि यो...

संघीयतामा सहर

 संघीय संरचनाको छोटो अभ्यासले देखाएको तथ्य हो– केन्द्रीकृत राज्य व्यवस्थाताकाको सहरी विकास अब न स्वीकार गर्न सकिन्छ, नत त्यो आफैमा टिक्न सक्छ । विगतमा एकात्मक...

अष्ट्रेलियामा नेपालीलाई स्थानिय सरह अवसर

बि.सं २०२४ सालमा लम्जुङको चितिमा जन्मिएका तिवारी एक कुसल व्यवसायी एंव अष्ट्रेलियामा चार्टर अकाउन्टेन्ट हुन् । उनी लामो समयदेखी शैक्षिक, अकाउन्टिङ, रेमिट्यान्स, पर्यटन छेत्रमा...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद