मेलम्चीको काम अवरुद्ध पार्नेहरुमाथी कारबाहीको माग

Loading...

प्रतिनिधिसभाका सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन ।

संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सांसदहरु यज्ञराज सुनुवार र राजेन्द्र लिङ्देनले पछिल्लो समय इटालियन ठेकेदार कम्पनी सिएमसीले सो आयोजनाको काम अलपत्र पार्ने काम गरेको भन्दै तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुनुवारले सो आयोजनाको काममा ढिलासुस्ती गर्ने पत्ता लगाउन संसदीय छानवीन समितिनै गठन गर्न पनि माग गरे । उनले संसदीय समितिले छानबिन गरेपछि दोषीमाथि कारबाही गर्न सहज हुनेतर्फ पनि सरकार र संघीय संसदको ध्यानाकर्षण गराए ।

बजेट अभाव भएको भन्दै इटालियन ठेकेदार कम्पनी सिएमसीले सकिनै लागेको मेलम्ची खानेपानी आयोजनाको काम छोडेको छ । त्यस सम्बन्धमा यथार्थपरक छानबिन गर्न संसदीय समितिनै गठन गर्नुपर्ने सांसद सुनुवारको माग छ ।

अर्का सांसद राजेन्द्र लिङदेनले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर जाने सिएमसी कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे । उनले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलासुस्ती गर्नेहरुलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि गरे ।

बैठकमा समितिका अन्य सदस्यहरुले पनि राष्ट्रिय गौरवको आयोजनाको कामलाई अघि बढाउन नसकेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको आलोचना गरेका थिए ।

यसैबीच, संघीय संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । समितिकी सभापति कल्याणी खड्काले राष्ट्रिय सतर्कता केन्द्रको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको जानकारी दिइन् ।

मंगलबार बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुको गुणस्तर परीक्षणसम्बन्धी पछिल्लो प्राविधिक परीक्षण प्रतिवेदन यथाशिघ्र समितिमा बुझाउन पनि राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देश गरेको छ । बैठकमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव विष्णुओम बादेले केन्द्रको काम कारबाहीबारे समितिलाई जानकारी गराएका थिए ।

Loading...

Similar Posts :


21

वैशाखसम्म पाइपलाइनबाटै तेल आपूर्ति

अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिए संगै बैशाख सम्ममा पाइपलाइन मार्फत तेल ल्याइने नेपाल आयल निगमले जनाएको छ । निगमले परवानीपुर खण्डमा सडकपेटी...

५ महिनामा ८९ अर्बको कृषि वस्तु आयात

मुलुकले पछिल्लो पाँच महिनामा ८९ अर्ब रुपैयाँ बराबरको कृषिवस्तु भित्र्याएको छ । एकातिर खेतीपातीका लागि सिँचाइ, मलबीउ, यन्त्रलगायत बजारीकरणको अभाव अर्कोतिर उपभोक्ताको उच्च मागका कारण...

मेलम्चीको काम अवरुद्ध पार्नेहरुमाथी कारबाहीको माग

प्रतिनिधिसभाका सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन । संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा...

सुष्मा महरा काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा चयन

काठमाण्डौं – काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा चयन भएकी छन् । काठमाण्डौंमलको जिम्मा लिएका राजु गोरखालीलाई सञ्चयकोषले हटाएपछि मलमा देखिएको समस्या...

नेपाल महिला चेम्बरमा उर्मिला श्रेष्ठ

नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्सले इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त हुनु भएकोमा बधाई ज्ञापन गरेको छ । नेपाल...

जापानले नेपाली कामदार लान औपचारीक ‘ड्राफ्ट’ पठायाे

जापान सरकारले कामदार लिने सम्बन्धमा नेपाल सरकारलाई औपचारीक ‘ड्राफ्ट’ पठाएको छ। उक्त ‘ड्राफ्ट’मा आवश्यक छलफल गरी निष्कर्ष निकाल्न पनि जापान सरकारले आग्रह गरेको छ।...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...