विश्वविद्यालय शिक्षा खस्कदो विद्यार्थी भर्नादर

Loading...

उच्च शिक्षाको गुणस्तर दिनानुदिन घट्दो क्रममा छ । जसको असर विद्यार्थी भर्नामा समेत देखा पर्न थालेको छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार उच्च शिक्षामा हालको कूल भर्ना दर १३ प्रतिशतको हाराहारीमा मात्रै रहेको छ । उच्च शिक्षाको नियमन र व्यवस्थापनका लागि उच्च शिक्षा नीति, २०७२ आएपनि प्रभावकारी रुपमा कार्यान्वयनमा भने हुन सकेको अवस्था छैन । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार हाल देशमा ११ वटा विश्वविद्यालय (सरकारी, निजी, सामुदायीक ), ६ वटा प्रतिष्ठान, साधारण र प्राविधिक उच्च शिक्षा एवं खुला र विशिष्ठिकृत विश्वविद्यायहरु रहेका छन् । त्यस्तै १४०७ वटा कलेजहरु संचालित रहेकोमा ९८ वटा आंगिक, ५३२ वटा सामुदायीक तथा ७७७ वटा निजी संचालनमा रहेका छन् । यी क्याम्पसहरुमा शैक्षिक गुणस्तरभन्दा पनि अस्वस्थ प्रतिस्पर्धा रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
नेपालमा कुन योग्यता र क्षमताको जनशक्ति आवश्यक छ भन्ने योजना, दृष्टिकोण र नीतिगत स्पष्टता विना नै उच्च शिक्षाका संस्थाहरु स्थापना र विस्तार भएको शिक्षाविद्हरु बताउँछन् । शिक्षाविद् धनञ्जय शर्माले हाम्रो उच्च शिक्षाले प्रत्येक वर्ष बेरोजगारमात्रै उत्पादन गर्ने काम गरेको बताए । उनले उच्च शिक्षाको गुणस्तरप्रति चिन्ता व्यक्त गर्दै भने, “अहिलेको शैक्षिक कार्यक्रमले हाम्रो श्रमबजारको माग तथा आवश्यकतालाई सम्बोधन नै गर्न सकेको छैन ।” उनले विद्यार्थी विदेश पलायन हुनुको पछाडि गुणस्तरिय शिक्षा नहुनु र व्यवसायीक शिक्षातर्फ सरकारले ध्यान नदिनु प्रमुख कारक रहेको बताए ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदालेसमेत उच्च शिक्षामा स्रोत साधनको अपर्याप्तता, शिक्षा क्षेत्र नै राज्यको प्राथमिकतामा नपर्नु, दीर्घकालीन योजनाको अभाव, योग्य र दक्ष जनशक्तिको उपयोग नहुनु प्रमुख समस्याका रुपमा रहेको उल्लेख गरेको छ ।
यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा डिल्लीराज शर्मा भन्छन् ‘‘अहिलेका विद्यार्थीहरु पढाइ सकिने वित्तिकै जागिर पाइहाल्ने विषयतर्फ आकर्षित हुने गरेका छन् त्यसैले उच्च शिक्षालाई रोजगारमुखी बनाउनुपर्छ । उनीहरुलाई व्यवहारिक ज्ञान दिनुपर्छ”।
त्यस्तै मानविकी संकायका एक प्राध्यापकले मानविकी संकायमा विद्यार्थीको आकर्षण घटेको स्वीकार गर्दै भने– ‘‘बजारको माग अनुसारको विषय र विषयमा दक्षता प्रदान गर्न नसक्दा कमजोर विद्यार्थीले मात्र मानविकी संकायमा अध्ययन गर्ने गरेको देखिन्छ ।’’
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदामा उच्च शिक्षामा कूल भर्नादर आगामी ५ वर्षमा २५ प्रतिशत पु¥याउने तथा १० वर्षमा ४० प्रतिशत पु¥याउने प्रस्ताव गरिएको छ ।वर्तमानमा संचालनमा रहेका उच्च शिक्षाका संस्थाहरुलाई पुनः मूल्याकंन र नक्सांकन गरी आवश्यकताका आधारमा गाभिने वा नयाँ स्थापना गर्ने प्रस्ताव समेत प्रतिवेदनमा गरिएको छ । मस्यौदामा द्रुतगतिमा विकसित र विस्तारित सूचना तथा संचार प्रविधिको उपयोगलाई शासकीय प्रवन्ध, पाठ्यक्रम, शिक्षण सिकाइ र अनुसन्धान कार्यमा आवद्ध गरी प्रविधिप्रति जानकार र कार्यान्वयन उन्मुख जनशक्ति विकास गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै काम र अध्ययनलाई जोड्न उद्योग व्यवसाय, संस्थानसँग शिक्षण संस्थालाई जोड्ने, श्रम गर्दै पढ्दै गर्ने व्यवस्था मिलाउनेलगायत अन्तर्राष्ट्रिय मानकमा ५ सयभित्र पर्ने र सम्बन्धित देशभित्र प्रतिष्ठित र उच्च क्रमांकमा रहेको खुला वा परम्परागत विश्वविद्यालय र तिनका क्याम्पस तथा कार्यक्रमहरुलाई मात्र प्रवेशको स्वीकृति दिने प्रस्ताव समेत गरिएको छ ।

Loading...

Similar Posts :


7

विश्वविद्यालय शिक्षा खस्कदो विद्यार्थी भर्नादर

उच्च शिक्षाको गुणस्तर दिनानुदिन घट्दो क्रममा छ । जसको असर विद्यार्थी भर्नामा समेत देखा पर्न थालेको छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार उच्च शिक्षामा...

बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो हुने,चर्चित मोडलहरु र्याम्पमा उत्रने साथमा लोकप्रिय कलाकारहरुको प्रस्तुती रहने

देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको...

नेपाल महिला च्याम्बरको प्रतिनिधिमण्डल र प्रधानमन्त्री के. पि. शर्मा ओली बिच भेट

काठमाडौं, नेपाल महिला च्याम्बरको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के. पि. शर्मा ओलीसँग भेट गरेको छ । भेटका क्रममा प्रतिनिधिमण्डलले नेपाल महिला च्याम्बरका अध्यक्ष अन्जान शाक्यलाई इजरायलका...

मिसेस हिमालयन नेपाल २०१९ का प्रतियोगी (फोटो फिचर)

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गर्दै आएको मिसेस हिमालयन नेपाल २०१९ का प्रतियोगीको फोटोसेसन सम्पन्न भएको छ । कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोग्राफर नव ढुंगेलले...

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

धरान सुनसरी कि अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन। यो बर्षको एसईई दिएर फुर्सदको समयमा ‘मिस एसएलसी नेपाल’ नामब सौन्दर्य एबम बौदिक...

नेपालीकाे कथा लाेकनाटकमा ,फाेटाे फिचर

काठमाडौमा रहेको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा लोक नाटक लिलामे माईलो मञ्चन भैरहेको छ । रिमेक ड्रामाबन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलो भने पृथक...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...