पेन्सन लिने कि उपदान ,उमेर हद ५८ नै कायम

Loading...

सेवाबाट अवकाश पाएका निजामती कर्मचारीहरुले पेन्सन वा उपदानमध्ये कुनै एक रोज्न पाउने भएका छन् । संघीय निजामती सेवा ऐनको मस्यौदामा पेन्सन वा उपदानमध्ये कुनै एउटा रोज्ने अवसरको व्यवस्था गरिएको हो ।

संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ६१ मा निवृत्तभरणको व्यवस्था राखिएको छ । दफा ६१ को उपदफा ५ मा लेखिएको छ, ‘कुनै निजामती कर्मचारीले २० वर्ष सेवा अवधि नपुग्दै यस ऐन बमोजिम अनिवार्य अवकाश पाउने भएमा त्यस्तो निजामती कर्मचारीको कुल नोकरी अवधिकै आधारमा उपदफा (१) बमोजिम हुने निवृत्तभरण वा दफा ६० बमोजिम हुने उपदानमध्ये जुन लिन चाहन्छ सोही सुविधा दिइने छ ।
यसअघि निजामती कर्मचारीहरुको सेवा अवधि २० वर्ष पूरा भएपछि पेन्सन नै लिनुपर्ने बाध्यकारी व्यवस्था थियो, संघीय निजामती सेवा ऐनको मस्यौदामा त्यसलाई हटाएर स्वेच्छिक बनाइएको हो ।

उपदफा १ मा २० वर्ष सेवा वा सोभन्दा बढी अवधि सेवा गरेको निजामती कर्मचारीलाई मासिक निवृत्तभरण (पेन्सन) आजीवन पाउने उल्लेख छ । यसरी मासिक निवृत्तभरण दिँदा जम्मा सेवा वर्षलाई अन्तिम महिनाको तलबको रकमले गुणा गर्ने र त्यसको योगफललाई ५० ले भाग गर्दा जति अंक आउँछ, त्यति रकम मासिक पेन्सनको रुपमा सरकारले उपलब्ध गराउँछ ।

यसैगरी दफा ६० मा पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने पदबाट हटाइएमा उपदान पाउने व्यवस्था छ ।

पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेका कर्मचारीले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलबको रुपमा उपदान पाउने छ ।

यस्तै १० वर्षभन्दा बढी १५ वर्षसम्म सेवा गरेका कर्मचारीले प्रत्येक वर्षको आखिरी एक महिनाको तलब र १५ वर्षभन्दा बढी २० वर्षभन्दा कम सेवा गरेका कर्मचारीले प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब उपदान स्वरुप पाउने छन् ।

उमेर हद ५८ नै कायम

दफा ६१ को उपदफा २ मा लेखिएअनुसार पेन्सनको न्युनतम रकम समान पदको बहालवाला निजामती कर्मचारीको तलबको शुरुको अंकको आधाभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला निजामती कर्मचारीको तबलको शुरु स्केलभन्दा बढी हुने छैन ।

१५ वर्ष सेवा अवधि पूरा गरेको कुनै निजामती कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा बढीमा पाँच वर्ष अवधिसम्म थप गरेर निजको परिवारलाई पेन्सन वा उपदान जुन लिन चाहन्छ सो रोजेर दिइने छ ।

कर्मचारीको उमेर हद भने ५८ नै कायम गरिएको छ । यसअघि अवकाशको उमेर ६० वर्ष बनाउने तयारी भएको थियो ।

पेन्सनवाला कर्मचारी संघमा नियुक्त भए पहिलेको सेवावधि जोडिने

कुनै सरकारी पदमा अघि गरेको सेवा वापत निवृत्तभरण पाइरहेको व्यक्ति पछि संघीय निजामती सेवाको पदमा नियुक्त भएमा निजले पछि गरेको सेवा अवधिमा अघि गरेको सेवा अवधि पनि जोडिने छ र सोही अनुसार पेन्सन पनि लिन पाउने छ ।

यदि पेन्सन पाइरहेको निजामती कर्मचारीले अन्य मुलुकको नागरिकता लिएको प्रमाणित भएमा पेन्सन पाउने छैन तर गैरआवासीय नेपालीको हकमा भने प्रचलित कानुन बमोजिम हुने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ ।

बहालवाला कर्मचारीको तलब वृद्धि भएमा अवकाश प्राप्त कर्मचारीको पेन्सनमा वृद्धि हुने छ । दफा ६२ मा लेखिएको छ, ‘बहालवाला निजामती कर्मचारीको तलव बृद्धि हुँदा तलबको सुरु अंकमा जति भएको छ त्यसको दुई तिहाइ रकम समान पदका सेवा निवृत्त निजामती कर्मचारीको निवृत्तभरणमा पनि थप गरिने छ ।’

कुनै निजामती कर्मचारीको सेवामा छँदै मृत्यु भएमा निजको मृत्यु भएको सात वर्षसम्म र निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा सात वर्ष बाँकी अवधि निजको परिवारलाई उपदान वा निवृत्तभरण दिइने छ ।

विधुर पति वा पत्नीले अर्को बिहे गरे पेन्सन नपाउने

निवृत्तभरण विधुर पति वा पत्नीलेसमेत पाउने व्यवस्था गरिएको छ । तर विधुर पति वा पत्नीले अर्को बिहे गरेमा भने पेन्सन पाउने छैन ।

निजामती कर्मचारीको पेन्सन पाइरहेको विधुर पति वा विधुवा पत्नीको मृत्यु भएमा वा निजले अर्को बिहे गरेमा त्यस्तो निजामती कर्मचारीको छोरा–छोरीलाई २१ वर्ष उमेर पूरा नभएसम्म पेन्सन रकम सरकारले उपलब्ध गराउने छ ।

Loading...

Similar Posts :


25

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय भएको बताएको छ ।विप्लवको ध्वंसात्मक क्रियाकलाप सामान्य कानूनी प्रक्रियाद्वारा नै...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको कार्यकक्ष र अस्पतालको ओपीडीका ताला खोल्दै विद्यार्थीहरू सहमतिमा आएका हुन् ।...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह ‘ए’ विजेता बनेको छ । नेपाल र बंगलादेश समूहको अन्तिम खेलअघि...

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण...

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूहलाई नाम फेरेर लुटेरा समूह राख्न सुझाएका छन् । साथै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको...

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

छुट्टै राज्यको माग राखेर आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको संगठन स्वतन्त्र मधेश अभियान र सरकारबीच ११ बुँदे सहमति भएको छ । सो सहमतिको...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद