नेपाली महिला क्रिकेट टिमको घोषणा

Loading...

थाइल्यान्ड महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ ।

रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम नामावली सार्वजनिक भएको हो । कप्तान रुविनासँगै उपकप्तान सीता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी रहेका छन् । त्यस्तै, काजल श्रेष्ठ, रोमा थापा, कविता कुंवर डोली भट्ट ममता कुमारी चौधरी र विन्दु रावल पनि टिममा अटाएका छन् ।

त्यस्तै, वैकल्पिक खेलाडीमा रितु कुमारी कनुजिया, सुमन विष्ट र सब्नम राई रहेका छन् ।

प्रशिक्षकमा विनोद दास रहेका छन् भने टिम म्यानेजरमा अमृता पौडेल र फिजियोमा सकुना दानी रहेका छन् ।

नेपाली टिम जनवरी ११ मा थाइल्यान्ड प्रस्थान गर्दैछ ।

थाइल्यान्ड महिला टी–ट्वान्टी स्माश क्रिकेट प्रतियोगितामा आयोजक थाइल्यान्डसँगै नेपाल, भुटान, हङकङ, इन्डोनेसिया, तान्जेनिया, एसएल नभ्य, कुवेत र नामिविया रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा १२ जनवरीमा तान्जेनियासँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै, दोस्रो खेलमा १४ जनवरीमा नामिविया, १५ जनवरीमा इन्डोनेसिया र समूह अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोट क्रिकेट प्रतियोगिता आगामी फेब्रुअरी १८–२७ तारिखसम्म थाइल्यान्डले आयोजना गर्दैछ । आईसीसी महिला टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोट क्रिकेट प्रतियोगिताको लागि तयारीको रुपमा ‘थाइल्यान्ड महिला टी–ट्वान्टी स्माश क्रिकेट प्रतियोगिता’ लाई नेपालले हेरेको छ ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको लागि एसिया छनोटमा आयोजक थाइल्यान्डसँगै नेपाल, चीन, हङकङ, कुवेत, मलेसिया र युएई गरी सात टिमले भाग लिदै छन् । यो प्रतियोगिता राउण्ड रोविनमा हुनेछ ।

एसिया क्षेत्रबाट विजेता बनेको राष्ट्रले आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट २०१९ र आईसीसी महिला विश्वकप २०२० को छनोट खेल्न पाउने छ ।

Loading...

Similar Posts :


5

नेपाली महिला क्रिकेट टिमको घोषणा

थाइल्यान्ड महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम नामावली सार्वजनिक भएको...

नेपाली क्रिकेट खेलाडिलार्इ अाइसिसीले दुर्इ बर्षकाे एकमुष्ट तलब दिने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई...

बिग ब्यासमा सन्दीपको ७ विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगमा आफ्नो दबदवा कायमै राखेका छन् ।मेलबर्न स्टार्सबाट लिग खेलिरहेका सन्दीपले बिहीबार सिड्नी सिक्सर्सको २ विकेट लिएका...

अनुमति विना ड्रोन क्यामेरा उडाउने ३ जना पक्राउ

ललितपुर महानगरपालिका-१५ लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाउने ३ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काठमाडौं गंगाहिटी बस्ने सिन्धुपाल्चोक घर भएका...

ईपीएल:भैरहवालाई हराउदै ललितपुर बन्याे च्याम्पियन

ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार भएको फाइनल भिडन्तमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५...

बिग ब्यास : सन्दिपको सानदार डेभ्यु ,म्याक्सवेलले गरे प्रसंसा

नेपालका सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन् ।मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेल्दा डेब्यू गरेका उनले दुई विकेट लिएका छन्...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...