राष्ट्रियसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

Loading...

प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय  चिकित्सा शिक्षा विधेयक २०७५ लाई पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले कांग्रेसका सदस्यले उठेर विरोध जनाइरहेकै बेला बहुमतको आधारमा विधेयक पारित गरेको हो । 

अनसनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । बैठकको सुरुमै सभाअध्यक्षको अनुमति लिएर बोलेका सांसद जितेन्द्र नारायण देवले डा. केसीसँगको सहमति कार्यान्वयन नभएसम्म सदनको कारवाही अघि नबढाउन माग गरेका थिए । 

सरकार आफैले गरेको सम्झौता कार्यान्वयन नहँदा जनतामा नकारात्मक सन्देश जाने भएकाले आफैले गरेको सहमति, सम्झौता पालनामा नैतिकता देखाउन उनले सरकारको ध्यानाकर्षण गराएका थिए । डा. केसीको माग सम्बोधन नभए मुलुकमा राजनीतिक दुर्घटना हुन सक्ने खतरा रहेको भन्दै नेता देवले परिस्थितिलाई गंम्भीर ढंगले बुझ्न र वार्ता टोली गठन गरेर समस्याको निकास निकाल्न र त्यसको नेतृत्व प्रधानमन्त्रीले आफैले गर्न पनि माग गरेका थिए ।

सम्झौता कार्यान्वयन नभएको भन्दै केसी फेरि अनसन बस्नुपर्ने अवस्था सिर्जना हुनुले कुनै विद्रोही पक्ष र कुनै क्रान्तिकारी वा राजनीतिक शक्तिसँग गरेको सम्झौता लागू गर्ने कि नगर्ने भन्ने वैचारिक एवं सैद्धान्तिक प्रश्न नेपाली राजनीतिमा बारम्बार दोहोरिने गरेको उनले बताए । 

शिक्षा प्रणालीभित्र नयाँ मूल्य र मान्यताको प्रतीकका रुपमा डा. केसी उभिएको भन्दै देवले सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । आफैले गरेको सहमति कार्यान्वयनबाट सरकार किन पछि हटेको भन्दै उनले प्रश्न गरे, ‘‘के गोविन्द केसी कांग्रेस हो ?’’ 

विधेयकमाथि सांसदहरु वृषेशचन्द्र लाल, सरिता प्रसाई र राधेश्याम अधिकारीले संशोधन प्रस्ताव दर्ता गराएका थिए । कांग्रेसले विरोध जनाइरहेकाले सासदहरु प्रसाई र अधिकारी प्रक्रियामा सहभागी भने भएनन् । 

Loading...

Similar Posts :


25

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू चढेको ट्याक्सीको नम्बर टिप्दा तपाईंलाई नै सहज हुन्छ । यात्रा...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने

आर्टिस्ट नेपाल एकेडेमीले मानिसमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “पब्लिक स्पिकिङ अभियान“ को सुरुवात गर्ने भएको छ । राजधानीको कमलादी स्थित अन्तराष्ट्रिय स्तरको सुविधा...

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...