दोस्रो टी-२० क्रिकेट खेलमा नेपालले यूएईलाई चार विकेटले हरायाे

Loading...

दीपेन्द्र सिंह ऐरी र पवन सर्राफले ब्याटिङमा राम्रो साझेदारीपछि नेपालले दोस्रो टी-२० क्रिकेट खेलमा यूएईलाई चार विकेटले हराएको छ।यूएईले १९.२ ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो। एक शय आठको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा छ विकेट गुमाएर १११ रन बनायो।

अन्तिम ओभरको पहिलो बलमा पवन आउट भए। तर दीपेन्द्रले दोस्रो बलमा छक्का र तेस्रोमा चौका प्रहार गरेर तीन बाँकी छँदै नेपालको लक्ष्य पूरा गरिदिए।यो विजयपछि तीन खेलको शृङ्खला १-१ ले बराबर भएको छ ।बिहीवार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो।

आइतवार हुने अन्तिम खेलको विजेताले शृङ्खला जित्नेछ।

दीपेन्द्र र पवनको साझेदारी

नेपालको १० ओभरमा पाँच विकेट गुमाएर ४६ रनको स्थितिमा ऐरी र सर्राफको साझेदारी सुरु भएको थियो।उनीहरूले नहतारिईकन खेल्दै नेपाललाई बिस्तारै जित तर्फ डोर्‍याएका थिए। पवन अन्तिम ओभरको पहिलो बलमा १८ रन बनाएर आउट भएका थिए।

त्यसपछि ऐेरीले छक्का र चौका हानेर ४७ रनमा अविजित रहँदै नेपाललाई अन्तिम ओभरमा विजयी बनाएका थिए।

खराब सुरुवात

नेपालले ब्याटिङमा राम्रो सुरुवात गर्न सकेन। प्रदीप ऐरी र कप्तान पारस खड्का नेपालको नौ रन पुग्दा आउट भइसकेका थिए।उपकप्तान ज्ञानेन्द्र मल्ल पनि सात रनमा आउट भए।

करण केसीले २० रन बनाउदै केही आशा दिलाएपनि उनी र सन्दीप जोरा सँगसँगै आउट भएपछि नेपालले १० ओभरमा ४६ रनभित्रै ५ विकेट गुमाएको थियो। यहि अवस्थामा ऐरी र सर्राफ ब्याटिङमा आएका थिए।

यूएईको संघर्ष

पहिलो खेलमा नेपाललाई २१ रनले हराएको यूएईले टस जितेर पहिले ब्याटिङ गरेको थियो। सोमपाल कामीले तीन ओभरभित्र दुई विकेट लिएपछि यूएई खुम्चिएको थियो।

शुक्रवारको खेलमा सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको अन्तिम दुई बलमा लगातार दुई विकेट लिएका थिए। सोमपाल र सन्दीपका प्रदर्शनका कारण यूएई छ ओभरमा चार विकेटको क्षतिमा ३४ रनको स्थितिमा पुगेको थियो।

उनले बिहीवारको खेलमा सर्वाधिक रन बनाउने म्यान अफ द म्याच साइमन अनवर र मोहम्मद उस्मानलाई आउट गरेका थिए। अनवरले १४ रन मात्रै बनाए।

रिज्वानको रन,अविनाशको तीन

अरू खेलाडीहरू आउट भइरहे पनि ओपनर सीपी रिज्वान भने टिकेर खेले।उनले ४३ बलमा ४४ रन बनाएका थिए। यूएईको नवौँ विकेटमा रूपमा उनी अविनाश बोहोराको बलमा आउट भएका थिए।

आफ्नो दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका बोहोराले मध्यक्रममा राम्रो बलिङ गर्दै तीन विकेट लिएका थिए।करण केसीले पनि दुई विकेट लिए। ललितनारायण राजवंशी र पवन सर्राफले विकेट लिन सकेनन्।

Loading...

Similar Posts :


5

विश्वकप पछि क्रिस गेलकाे सन्यास

वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले विश्वकप क्रिकेट पछि सन्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय गेलले यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने...

डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटलाई खराब मौसमले दुःख दिएको छ । प्रतियोगिताका आगामी खेलहरु बर्षाले विथोल्न सक्ने देखिएकाे छ । बिहीबार बिराटनगर किंग्स र...

डीपीएल : काठमाडौं गोल्डेन्सको विजयी सुरुआत

घरेलु टोली धनगढी स्टारर्समाथि ४ विकेटको रोमान्चक जित निकाल्दै काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटमा विजय सुरुआत गरेको छ ।  १३३ रनको...

सन्दीपको ३ विकेटसँगै मेलबर्न सेमिफाइनलमा

२७ माघ, काठमाडौं । सन्दीप लामिछानेसँगै ग्लेन म्याक्सवेल चम्किएसँगै मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि शानदार जित हात पारेको छ र बिग बास लिगको सेमिफाइनलमा स्थान बनाएको...

यूएई विरुद्धको तेस्रो तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी

 यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । जितसँगै नेपालले पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला...

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...