यूएई विरुद्धको तेस्रो तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी

Loading...

 यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । जितसँगै नेपालले पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ ।

बर्षाका कारण झन्डै २ घन्टा अबरुद्ध भएपछि शुरु भएको खेलमा यूएईका कप्तान मोहम्मद नाभीदले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । दश ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । १ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले ८ विकेट गुमाएर ९० रन मात्र जोड्न सक्यो ।

जितसँगै तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ । पहिलो खेल यूएईले २१ रनले जितेको थियो भने दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसअघि सम्पन्न ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि नेपाल २–१ ले विजयी भएको थियो ।

१ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले आक्रमक शुरुआत गरेको थियो । पहिलो ओभरमै २० जोडेको यूएईले ७ ओभरसकिँदा ३ विकेट विकेट गुमाएर ७२ रन बनाइसकेको थियो । तर, त्यसपछि यूएईले निरन्तर विकेट गुमाएपछि नेपालले १४ रनको नतिजा निकालेको हो ।

यूएईका गुलाम शब्बर २५ रन बनाएर आउट हुँदा अशफाक अहमद ८ रन बनाएर पवेलियन फर्किएका थिए । उस्मानले २ रन जोडे । ८ ओभर सकिँदा यूएई ७३–५ को स्थितीमा छ । यूएईलाई जितका लागि १२ बलमा २९ रन आवश्यक छ । यूएईका मोहम्मद बूता ३ र सीपी रिजवान १ रन बनाएर खेलिरहेका छन् ।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । १ सय ५ रनको लक्ष्य जोगाउने प्रयासमा रहेको नेपालका सोमपाल कामीले १ विकेट लिएका छन् ।

सोमपालले अशफाक अहमदलाई करण केसीमार्फत क्याच गरेका हुन् । अशफाकले ८ रन बनाए । त्यसअघि सन्दीप लामिछानेले पहिलो ओभरमा २० रन दिएका थिए । सन्दीपको ओभरमा गुलाम शब्बरले १५ रन बनाए भने ५ रन वाईबाट आएको थियो ।

बर्षाका कारण झन्डै २ घन्टा अबरुद्ध भएपछि शुरु भएको खेलमा यूएईका कप्तान मोहम्मद नाभीदले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । दश ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन बनाएको हो ।

नेपालका कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भन्डारी २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन बनाएका थिए । यूएईका कप्तान मोहम्मद नाभीद र सुल्तान अहमदले समान २ विकेट लिँदा अमिर हायत, जहूर खान र मोहम्मद बूताले १/१ विकेट लिए । 

Loading...

Similar Posts :


5

विश्वकप पछि क्रिस गेलकाे सन्यास

वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले विश्वकप क्रिकेट पछि सन्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय गेलले यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने...

डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटलाई खराब मौसमले दुःख दिएको छ । प्रतियोगिताका आगामी खेलहरु बर्षाले विथोल्न सक्ने देखिएकाे छ । बिहीबार बिराटनगर किंग्स र...

डीपीएल : काठमाडौं गोल्डेन्सको विजयी सुरुआत

घरेलु टोली धनगढी स्टारर्समाथि ४ विकेटको रोमान्चक जित निकाल्दै काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटमा विजय सुरुआत गरेको छ ।  १३३ रनको...

सन्दीपको ३ विकेटसँगै मेलबर्न सेमिफाइनलमा

२७ माघ, काठमाडौं । सन्दीप लामिछानेसँगै ग्लेन म्याक्सवेल चम्किएसँगै मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि शानदार जित हात पारेको छ र बिग बास लिगको सेमिफाइनलमा स्थान बनाएको...

यूएई विरुद्धको तेस्रो तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी

 यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । जितसँगै नेपालले पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला...

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...