हृदयेश त्रिपाठीले गरे कृषि मन्त्रालय खारेजीको माग

Loading...

सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको पक्षमा नभई विचौलियाको पक्षमा काम गर्दै आएको आरोप लगाएका छन् । उनले कृषि मन्त्रालय खारेजीको माग समेत गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले २०३४ साल देखि अहिले सम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत खर्च भएको बताए । किसानको नाममा विभिन्न तामझाममा ८२ प्रतिशत खर्च भएको भन्दै उनले कृषि मन्त्रालयको कार्यशैलीप्रति प्रश्न उठाए । 

‘किसानको हितमा काम नगर्ने तर, विचौलियाको पक्षमा काम गर्ने कृषि मन्त्रालय खारेज गरे हुन्छ,’ उनले भने, ‘उखु किसानको समस्याबारे सरकारले सुन्दैन । लाज लाग्नुपर्ने हो ।’ सरकारबाट किसानहरु उपेक्षित हुँदै आएको र विचौलियाहरु मालामाल हुने गरेको उनको आरोप थियो । चिनी मिलले किसानलाई उखुको भुक्तानी नदिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । 

कृषि मन्त्रालयको जटिल सर्कुलेशनको कारणले २५ देखि ३० प्रतिशत किसानले मात्रै गत वर्ष उखुको मुल्य पाएको उनले बताए । गत वर्षकै उखुको मुल्य किसानले नपाउँदा पनि सरकार निरिह र लाचार भएर बसेको उनले आरोप लगाए । 

सरकार र उद्योगीले आ आफ्नो हितमा किसानलाई सधै बलि दिने गरेको आरोप उनले लगाए । उनले भने, ‘व्यापारी, उद्योगपति, चिनी उद्योगपति र सरकारको लडाईमा किसानमात्र बलिमा चढेका छन् ।’

Loading...

Similar Posts :


21

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...

श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था छ – गोकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा सम्मानजनक रुपमा श्रम गर्ने वातावरण अझै नबनेको बताएका छन् । पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले...

हामीले कसैको पक्ष र विपक्षमा वकालत गरेका छैनौ – प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको र सरकारकाे कार्यक्रम प्रति जे गरेनी कुरा काट्ने प्रवृत्ति भएकाहरुले बाआमालाई एकअर्काबारे...

दूरसञ्चार सेवा प्रदायक कम्पनीले ३ अर्ब रुपैयाँ नतिरे कम्पनी खारेज गर्न निर्देशन

संघीय संसदअन्तर्गतको अर्थ समितिले विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीले चुक्ता गर्न बाँकी करिब ३ अर्ब रुपैयाँ एक महिनाभित्र असुल गर्न र चुक्ता नगरे सबै...

भेनस इक्युप्मेन्टका उत्पादन अब नेपालमा परिना इन्टरनेशनलले बिक्रि वितरण गर्ने

गुणस्तरिय निर्माणमा हाम्रो अनिवार्य सहभागिता भन्ने मूल लक्ष्य लिएर नेपालमा भेनस इक्युपमेन्टको आधिकारिक विक्रेताको रुपमा नेपालमा परिना इनटरनेशनलले विक्रीवितरण गर्नुका साथै ममर्त पनि गर्ने...

हृदयेश त्रिपाठीले गरे कृषि मन्त्रालय खारेजीको माग

सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको पक्षमा नभई विचौलियाको पक्षमा काम गर्दै आएको आरोप लगाएका छन् । उनले कृषि मन्त्रालय खारेजीको माग समेत गरेका...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...