बालबालिका मैत्री सुन्दर मानसी किड्स प्यालेस ( फाेटाेफिचर )

Loading...

काठमाडौंको डिल्लीबजारमा अवस्थित मानसी किड्स प्यालेस, फराकिलो ठाउँ र मनोरम दृष्यले साँच्चै नै साना बच्चाको लागि दरवार जस्तै लाग्छ । सानो अप्ठेरो ठाउँमा सञ्चालित पूर्व प्राथमिक विद्यालय (प्रि–स्कुल) भन्दा फरक सोचका साथ यस स्कुलको स्थापना गरिएको छ । यस स्कुलको परिवेश कुनै विदेशी प्रि स्कुल भन्दा कम देखिदैन । फराकिलो र उज्याला कक्षाकोठा, शान्त वाातावरण, चारैतिर हरियाली र ठूलो बगैचाले यस प्रि–स्कूललाई अरु भन्दा फरक बनाएको छ ।
यस विद्यालयमा रहेको मोन्टेस्वरी ल्याबमा विद्यार्थीको शारीरिक मानसिक र शैक्षिक विकासलाई मद्दत गर्ने विभिन्न खालका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप गराइन्छ । यहाँ श्रव्यदृश्य कक्षाका माध्यमबाट बालबालिकाहरुको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिने गरिएको छ । बेला बेलामा अभिभावकहरु बेलाई आफ्ना बाबु नानीहरुलाई कसरी हुर्काउने, के गर्ने के नगर्ने भन्ने कुराको तालिम दिइन्छ र दैनिक बच्चाले गर्ने क्रियाकलाप अभिभावकहरुलाई जानकारी गराइन्छ । नेपाली परिवेश अनुसार र प्राथमिक तहलाई सहयोगी आफ्नै पाठ्यक्रम बनाई पढाइ हुने यस पूर्व प्राथमिक विद्यालयमा मोन्टेस्वरी तालिम लिएका र अनुभव प्राप्त शिक्षिकाहरुबाट पढाई हुन्छ ।
तीन रोपनीमा फैलिएको यस स्कुलमा विद्यार्थीहरुलाई खेल्ने प्रशस्त सामाग्रीहरु र स्थान उपलब्ध छ । सानो ठाँउमा खोलिएका प्रि स्कुलमा बच्चाको शारीरिक विकास सम्भव नहुने भएकाले स्कुल ठूलो ठाउँमा स्थापित गरिएको यस संंस्थाका निर्देशक सन्ध्या पाठक बताउनु हुन्छ । साथै शारीरिक विकासमा पौडीको अत्यन्त ठूलो भूमिका हुने हुँदा स्कुलले आफ्नै स्विमिङ पुलको स्थापना गरेको बताउनुहुन्छ निर्देशक पाठक ।
स्कूलले साना बालबालिको शैक्षिक मात्र नभएर मानसिक र शारीरिक विकासमा पनि ध्यान दिएको छ । यस स्कुलले बच्चाहरुको हेरचाह र उचित स्याहर सम्भारलाई प्राथमिकतामा राखेको छ । कक्षाकठोमा र स्कुलको विशेष निगरानी गर्न सिसिटिभी जडान गरिएको छ । बच्चाहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी सफा र स्वस्थ्य हुन अपनाउनु पर्ने सम्पूर्ण कुराहरु अपनाइएको छ । सफा भान्छा र स्वच्छ पौष्टिक खानेकुरा दिनको ३ पटक खुवाउने गरिन्छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको विद्यालय समय रहेको यस स्कुलले जागिरे अभिभावकलाई मध्यनजर राखेर ५ बजेसम्म पनि बालबालिकाहरुलाई विद्यालयमै बस्ने बन्दोबस्त मिलाइएको यस विद्यालयले पैदल आउन सम्भव नभएका नानीबाबुहरुलाई ख्याल गरेर सुविधा सम्पन्न भ्यानको पनि व्यवस्था गरेको छ ।
स्थापनाको छोटो समयमानै अभिभाबकको धेरै विश्वास जित्न हामी सफल भएका छोैँ, निर्देशक पाठक भन्नुहुन्छ यसैबाट उत्साहित भएर यस वर्षबाट यस स्कुलले कक्षा ५ सम्म सञ्चालन गर्ने योजना बनाइएको छ ।

Loading...

Similar Posts :


7

आकर्षक जिउडाल अनि लोभलाग्दो जवानी – मोडल ममता मगराति

ममता मगराति पढाईमा अव्वल छात्रा हुन् । उनको स्थायी घर धनगढि हो । उनी अहिले व्यवस्थापन संकायमा धनगढीकै कैलाली मल्टिपल कलेजको कक्षा १२ को...

भावविह्वल बन्याे टुँडिखेलमा श्रद्धाञ्जली सभा (फाेटाेफिचर)

हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त...

नवप्रवेसिहरुले चलचित्र निर्देशकलाई खुसी पार्न सक्नुपर्छ

भर्खरै २१ औँ बसन्त पुरा गरेकी उनले सिधै चलचित्रमा प्रवेश गरेकी हुन् । आफूले पहिलो चलचित्र दिलको राजाबाट नायीकाको भूमिका निर्वाह गरेकी हुन् ।...

बालबालिका मैत्री सुन्दर मानसी किड्स प्यालेस ( फाेटाेफिचर )

काठमाडौंको डिल्लीबजारमा अवस्थित मानसी किड्स प्यालेस, फराकिलो ठाउँ र मनोरम दृष्यले साँच्चै नै साना बच्चाको लागि दरवार जस्तै लाग्छ । सानो अप्ठेरो ठाउँमा सञ्चालित...

मोडलिङ करिअर बनाउदै जेनेलिया (फोटो फिचर )

जनेलिया श्रेष्ठ नेपाली कलाकारिता क्षेत्रकी उदाउदो मोडेल हुन् । २१ बर्षे उनले एक दर्जन भन्दा बढी म्यूजीक भिडियोमा अभिनय समेत गरेकी छिन् ।पछिल्लो समय...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका