10 Feb 2019 01:02:48 PM | No Comments
२७ माघ, काठमाडौं । सन्दीप लामिछानेसँगै ग्लेन म्याक्सवेल चम्किएसँगै मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि शानदार जित हात पारेको छ र बिग बास लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।
मेलबर्नलाई समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाव थियो । पहिले ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । म्याक्सवेलले ४३ बलमा ८२ रन बनाए ।
जवाफमा मैदान उत्रिएको सिड्नी सिक्सर्सले १३.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।
उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट हात पारे ।
३.४ ओभर बलिङ गरेका उनले मात्र ११ रन खर्चिए । आफ्नो पहिलो ओभरमा टोम कुरानलाई एल्बिडब्लू धरापमा पारेका उनले अर्को पोभरमा बेन ड्वारसुइसलाई कप्तान म्याक्सवेलको हातबाट क्याच आउट गराए ।
आफ्नो चौथो ओभरको चौथो बलमा लोयड पोपलाई आउट गराएपछि सिड्नी सिक्सर्स अलआउट भयो ।
जितसँगै मेलबर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा
गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई
ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ
विश्वकप पछि क्रिस गेलकाे सन्यास
सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी
श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा
डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान
कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन
निर्देशक नव ढुंगेलको भिडियोमा रीमा
नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने