‘बहुप्रेम’ तर्फकाे अाकर्षण

Loading...

फेब्रुअरी १४ अर्थात प्रेम दिवस । प्रेमील जोडीहरु गुलाब चुँडेर हृदय जोड्छन् । सर्सर्ती हेर्दा प्रणय दिवस जोडीहरुबीच प्रेम प्रकटीकरण गर्ने दिनका रुपमा हेरिन्छ । तर सुक्ष्म र कुसाग्र अध्ययनले अस्तित्वले समाजलाई महान गन्तव्यतर्फ डोर्याएको देखिन्छ । प्रणय दिवस समाजको बहुप्रेमतर्फको यात्रा हो । ओशो भन्छन्, ‘बहुप्रेम’ मनुष्यको जन्मजात लक्षण हो । सामाजिक व्यवस्थाले जतिसुकै रीतिथिति र शास्त्रीय बन्धनमा बाँधे पनि मनुष्यले क्रमशः त्यस्ता परिसीमा भत्काउँदै छ । मनुष्य क्रमशः बहुप्रेमको प्राकृतिक गन्तव्यमा प्रवृत्त हुँदैछ । प्रकृतितर्फको आकर्षण र यात्रा, नर–नारी दुवैमा समान रुपमा लागू भइरहेको छ ।

तर, अन्तस्करणमा आक्रामकता र स्त्रीप्रतिको स्वामीभावलाई वैभव ठान्ने पुरुषको गति सुस्त छ । पुरुषचित्तमा ‘मालकीयत’को अहंकार तगारो बनेको छ । बहुप्रेम मार्गमा पुरुषको गति सुस्त छ, स्त्रीको गति तीव्र । रुप ‘न्यग्रोध परिमण्डला’– स्त्रैण हृदयको उत्कट अभिलाषा हो । जन्मजात नभए पनि परिधानको सहारामा स्त्री चित्ताकर्षक देखिन चाहन्छिन् । यो स्वयंसिद्ध तथ्य पुष्टि गर्न अलग प्रमाणको आवश्यकता नपर्ला । तर खुला समाजको अभ्यास र त्यसको परिणामप्रति विहङ्गम दृष्टि राख्नेहरुलाई हेक्का हुनुपर्छ । ‘जारिणी’ चरित्र सामाजिक अपमान र लैङ्गिक हिंसाको कारक बन्नु हुँदैन भन्ने महिला स्वर समाजमा मुखरित हुँदैछ । त्यसैले महिला मुक्ति आन्दोलनमा एउटा नारा थपिएको छ, ‘मेरो शरीर मेरो अधिकार ।’ समाजले बनाएको महिलाको लागि मात्र अनअतिक्रम्य नियम ‘एक पुरुष व्रत अर्थात यौन शुद्धता’को शास्त्रीय सीमा तोडिदैँछ । शास्त्रीय चिन्तनधाराका पथगामी र पुरातनपन्थीहरु यसलाई कलियुगी चर्तिकला भन्छन् । माक्र्सवादीहरु पूँजीवादको प्रभाव भन्छन् । तर बस्तुतः मनुष्य बहुप्रेममाथि लगाइएको बुझो उघार्ने र प्रकृति अनुकूल हुने महाअभियानमा छ ।

सामाजिक व्यवस्थाले मनुष्यमाथि वैवाहिक जीवन थोप¥यो । नारी पुरुष समागमका लागि विवाह एक अनिवार्य सामाजिक लाइसेन्स बनाइयो । ओशो भन्छन्, ‘नर–नारी समागमका लागि एक मात्र अनिवार्य शर्त प्रेम हुनु पर्छ ।’ वैवाहिक करार वा संस्कारयुक्त आवद्धताका कारण हुने समागम विवाह नामक सामाजिक लाइसेन्सको आडमा गरिने ‘नियमित वेश्यावृत्ति’ हो । स्वतन्त्रता हनन् गर्ने कुनै पनि सम्बन्ध प्रेमपूर्ण हुन सक्दैन । प्रेमले मुक्त आकाशमा उड्ने स्वतन्त्रतालाई निस्तेज गर्दैन । प्रेममा एकाधिकार सम्भव नै हुँदैन । प्रेमले रोज्ने स्वतन्त्रता दिन्छ । सम्पत्तिमाथि पुरुषको अधिकार र विवाहिता नारीको सुरक्षा र भरणपोषण पुरुषको जवाफदेहीको अर्थशास्त्रले महिलालाई ‘लोग्ने’ नामक सम्बन्धप्रति प्रेमील र वफादार हुन बाध्य बनाइयो । वैवाहिक जीवन पद्धतिले प्रेमलाई एकल हक लाग्ने पैतृक सम्पत्ति बनाइदियो ।

‘जिउती कोठा’मा नयाँ व्यक्तिसँग पहिलो भेट र अपेक्षा अनि विश्वासमा अक्षतासँग पहिलो समागमबाहेक (सत्य फरक पनि हुनसक्छ) प्रणय सूत्र र संस्कारमा कुनै आनन्द बाँकी छैन । अन्यथा वैवाहिक सम्बन्धमा किञ्चित पनि आनन्द बाँकी रहेन । समाजबाट प्रेम र सुख तिरोहित भयो । ओशो भन्छन्, ‘विवाहलाई बिदा नगरेसम्म मनुष्य जीवन प्रेमअच्छादित हुन सक्दैन ।’

प्रकृति प्रदत्त यौन ऊर्जा शरीरभित्र ‘अर्गेज्म’ बनेर प्रेममा रुपान्तरित हुन्छ । ‘प्रेम’ मानव हृदयको एकपक्षीय महादान हो । सबैथोक बाँड्दा घटछ तर प्रेम जति बाँड्यो उति बढ्छ । त्यसकारण मनुष्य बहुप्रेमको प्राकृतिक उपहार लिएर आएको छ । लैङ्गिक न्यायमुखी समतामूलक समाज निर्माण अभियानले सामाजिक अर्थशास्त्र बदलिएको छ । आश्रित र असन्तुलित सामाजिक शक्ति सम्बन्धको धागो चुँडिदैँछ । समाजमा महिला आत्मनिर्भर र स्वतन्त्रता उपभोगतर्फ द्रूत गतिमा अघि बढिरहेका छन् । बन्धनयुक्त र सशर्त प्रेमको दायराबाट बाहिर निस्कदै छन् । खुला समाजको अभ्यासले महिलाको आकाशीय उडान स्वच्छन्द बनाउँदै छ । यद्यपि विवाहको विकल्प समाजले भेट्टाएको छैन । तर विश्व परिवेश हेर्ने हो भने विवाहप्रतिको वितृष्णा र बहुप्रेममा आकर्षण बढ्दो छ । विचार – अर्जुन थपलिया

Loading...

Similar Posts :


25

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू चढेको ट्याक्सीको नम्बर टिप्दा तपाईंलाई नै सहज हुन्छ । यात्रा...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने

आर्टिस्ट नेपाल एकेडेमीले मानिसमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “पब्लिक स्पिकिङ अभियान“ को सुरुवात गर्ने भएको छ । राजधानीको कमलादी स्थित अन्तराष्ट्रिय स्तरको सुविधा...

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...