11 Feb 2019 03:02:04 PM | No Comments
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महर पदबाट राजीनामा दिका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर अध्यक्ष महरले राजीनामा दिएका हुन् । उनले राजीनामा पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।
पार्टी नेताहरुबाट आएको ‘प्रेसर’ थेग्न नसकेपछि अध्यक्ष महरले राजीनामा दिएका हुन् । नेविसंघकै विषयमा पार्टीभित्र नेताहरुका बीचमा मतविभेद भएपछि उनले राजीनामा गरेर मार्गप्रसस्त गरेका हुन् । उनले राजीनामा दिनु अगाडि नेविसंघ केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँग छलफल गरेका थिए । उनले ‘महाधिवेशन गर्ने वातावरण नभएको बताएका थिए ।
नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाकाे समयावधी माघ २ गते पूरा भैसकेको थियो । तर पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा
गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई
ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ
विश्वकप पछि क्रिस गेलकाे सन्यास
सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी
श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा
डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान
कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन
निर्देशक नव ढुंगेलको भिडियोमा रीमा
नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने