डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान

Loading...

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटलाई खराब मौसमले दुःख दिएको छ । प्रतियोगिताका आगामी खेलहरु बर्षाले विथोल्न सक्ने देखिएकाे छ ।

बिहीबार बिराटनगर किंग्स र महेन्द्रनगर युनाइटेड मैदानमा भिडिरहेको बेला पानी परेपछि खेल रद्द नै गर्नुपर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाउँदा पानी पर्न थालेको थियो । शनिबारको खेल पनि पानीका कारण रद्द भयो । आयोजक धनगढी क्रिकेट एकेडेमीलाई तेस्रो संस्करणको डीपीएल आफ्नै अभियानमा निर्माण हुँदै गरेको डि्रम फाप्ला क्रिकेट मैदानमा सञ्चालन गर्न निकै संघर्ष गर्नु पर्‍यो । निर्माणाधीन अवस्थामै रहेको मैदान प्रतियोगिताकै लागि भनेर करिब तीन महिनाअघिदेखि तयारी गर्न थालियो । पाँचवटा पिच र दर्शकका लागि प्याराफिट बनाइएको छ ।

डीपीएलको यसअघिका दुई संस्करण एसएसपी क्रिकेट मैदानमा सम्पन्न भएका थिए । तर तेस्रो संस्करणदेखि आफ्नै अभियानमा निर्माण भइरहेको डि्रम फाप्लामा प्रतियोगिता गरिरहँदा मैदानको गुणस्तरबारे प्रश्न उठेका छन् ।

आयोजकले मैदानमा दुबो उमार्नेदेखि सबै कार्यहरु थालेको थियो । तर अहिले डीपीएलका खेल चलिरहँदा मैदानमा घाम लागेको बेला धुलो उड्ने गरेको छ । मैदानको सबै भागमा राम्ररी दुबो उम्रिएको छैन, जहाँ पानी पर्दा मैदान ओसिलो मात्रै हैन हिलाम्य पनि हुने गरेको छ ।

अध्यक्ष शाही भन्छन्, ‘नयाँ मैदानमा प्रतियोगिता गर्न निकै जोखिम थियो । भारतबाट क्युरेटर बोलाएर विगत तीन महिनादेखि पिच बनाएका हौं । मैदान नयाँ, विकेट नयाँ भएको कारण खेलाडीहरुलाई केही गाह्रो भएको हुन सक्छ ।’

रन बनाउन कठिन

जारी डीपीएलको आठ खेल सकिँदासम्म कुनै पनि टिमले उच्च स्कोर बनाउन सकेका छैनन् । सानो लक्ष्य भेट्टाउन पनि ब्याट्सम्यानहरुले संघर्ष गर्नुपरेको छ ।

काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडविरुद्ध बनाएको १३४ रनको स्कोर नै अहिलेसम्मको सर्वाधिक उच्च रन हो ।

महेन्द्रनगरलाई १२७ रनमै रोक्दै काठमाडौंले सात रनले खेल जित्यो । त्यस्तै, डीपीएलको उद्घाटन खेलमा धनगढी स्टार्सले १३३ रन बनायो । जवाफी ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले ६ विकेट गुमाउँदै चार विकेटको जित निकालेको थियो ।

बाँकी पाँच खेललाई हेर्ने हो भने कुनै पनि टिमको ब्याटिङ वाह भन्न लायकको छैन । रुपन्देही च्यालेन्जर्सलाई १११ रनमा अलआउट गरेको महेन्द्रनगर १०९ रनमै समेटियो ।

सीवाईसी अत्तरिया र धनगढी स्टार्सबीको खेलमा ब्याटिङ विजोग नै थियो । अत्तरियाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ९५ रन मात्रै बनायो । झिनो चुनौती पछ्याएको धनगढी स्टार्स ९० रनमै रोकिएपछि खेल अत्तरियाले पाँच रनले जित्यो ।

त्यस्तै, विराटनगरले ९३ रन बनाउँदा जवाफी ब्याटिङ गरेको रुपन्देहीको पाँच विकेटको जित, विराटनगरले दिएको १०४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको धनगढी ८२ रनमा अलआउट । अत्तयिाले दिएको १२२ रनको लक्ष्य पछ्याएको रुपन्देही ८२ रनमा अलआउट ।

डीपीएल क्रिकेटमा बलर उत्कृष्ट र ब्याट्सम्यान कमजोर भएर न्युन रन बनेको हो ? होइन । विश्वकपदेखि घरेलु प्रतियोगितामा उत्कृष्ट र विष्फोटक ब्याटिङ गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याट्सम्यान छन् । डीपीएलमा रन नबन्नुको मुख्य कारण मैदानको पिच नै हो ।

आयोजकले पिच निर्माण गर्नका लागि भारतबाट क्युरेटर झिकाएर बनाएको थियो । तर पर्याप्त समय नपुग्दा र मौसमले साथ नदिँदा पीच परिपक्व नबनेको क्युरेटर विशन मण्डल बताउँछन् ।

उनी भन्छन्, ‘प्रतियोगिता सुरु हुनुभन्दा अघि परेको पानीले पनि खेल र ब्याटिङमा केही समस्या देखिएको हो । प्रतियोगिता अघि निरन्तर ४-५ दिन हुस्सु लाग्दा पनि असर पर्‍यो ।’

मैदान चिसो भएको कारण बलरले साथ पाएका छन् । तर, मैदान र पिच नै नयाँ भएको कारण पनि बल स्वीङ भइरहेको छ । क्युरेटर भन्छन्, यो पिच नराम्रो होइन, तर निर्माण गर्न समय कम भयो । पिचले राम्रोसँग पानी खान पाएन ।’

Loading...

Similar Posts :


5

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह ‘ए’ विजेता बनेको छ । नेपाल र बंगलादेश समूहको अन्तिम खेलअघि...

अष्ट्रेलिया भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा ८ रनले पराजीत

मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराउँदै दाेस्राे एकिदविसय खेलमा विजयी भएकाे छ । कुनै बेला जीत नजिक पुगेको अष्ट्रेलियालाई रोक्दै भारतले...

उदीयमान बर्ष खेलाडीेबने क्रिकेटर रोहितकुमार पौडेल

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गर्ने ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ को वर्षको उदीयमान खेलाडीे अवार्ड रोहितकुमार पौडेलले हात पारेका छन् । सिप्यानले आज राजधानिमा...

मुलपानीमा क्रिकेट मैदानको काममा तिव्रता , सल्टिएन जग्गा विवाद

नेपाल क्रिकेटका लागि नयाँ जोन बन्ने सम्भावना देखिएको छ । धुर्मुस सुन्तलिले अन्तराष्ट्रिय गौतम बुद्ध रंगशाला बनाउन लागेको खबरले क्रिकेटको माहोल तातेको बेला काठमाडौंको...

टी–ट्वान्टी क्रिकेटको विश्व वरीयतामा नेपाली खेलाडिकाे स्थान सुधार

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा दुई स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–२०...

डिपीएलकाे उपाधि अत्तरियालाई, महेन्द्रनगर ३ विकेटले पराजित

घरेलु टोली सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमिएर लिग क्रिकेटको उपाधि जितेको छ । महेन्द्रनगर युनाइटेडमाथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै सिवाइसी अत्तरियाले पहिलो...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद