एआइबिटीका विद्यार्थीको समस्या समाधानका लागि फेकनले पहल गर्ने

Loading...

अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा अध्ययनरत नेपाली विद्यार्थीलाई परेकाे समस्या समाधानका लागि स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले पहल गर्ने भएकाे छ ।अष्ट्रेलियाको एआइबिटी कलेजमा नर्सिङ अध्ययन गर्न गएका एक हजार विद्यार्थीको भविश्य संकटमा पर्न नदिन यथासक्य प्रयास गर्ने फेकनले जनाएकाे हाे । अहिले यस विषयलार्इ लिएर बजारमा भएका टिकाटिप्डिकाे पछि नलाग्न अाम अभिभावहरूलार्इ अाग्रह गरेकाे छ । उक्त समस्या समाधानका लागि आवश्यक पहल कदमी गर्न सरोकारवाला निकाएलाई पनि झकझकाउने फेकनले अाफ्नाे विज्ञप्ति मार्फत जनाएकाे छ ।

फेकनका अध्यक्ष युवराज कटुवालले एक प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधानमा अाफुहरू लागि परेकाे जनाएका हुन ।फेकनले उत्पन्न परिस्थितिको समाधानका निम्ति विद्यार्थी, अभिभावक, सरोकारवाला निकाय, मिडिया लगायतलाई धैर्यता पूर्वक यस समस्या समाधानका लागि सहयोग र सकृयता देखाउन समेत आह्रवान गरेको छ ।

अस्ट्रेलिया स्थित शैक्षिक संस्थाहरुले RTO दर्ता भएर Commonwealth Register of Institutions and Courses for Overseas Students (CRICOS) बाट अनुमति पाए पछि अध्यापन अनुमति पाएका बिषयहरुमा अन्तर्राष्ट्रिय बिद्यार्थीहरु भर्ना गर्न पाउने प्रावधान छ तर नर्सिङ्ग लगायत केहि प्राविधिक बिषयका निम्ति Australian Nursing and Midwifery Accreditation Council (ANMAC), The Australian Health Practitioner Regulation Agency (AHPRA) तथा The Nursing and Midwifery Board of Australia (NMBA) जस्ता नियामक निकायवाट स्वीकृत हुनु आवश्यक हुन्छ ।

ए. आइ. बि. टि. कलेजको सम्बन्धमा कलेजले ANMAC स्वीकृतिको प्रक्रियामा गए पनि विविध प्राविधिक तथा आन्तरिक कारणले ANMAC स्वीकृति नपाएको हुदा कलेजले कक्षाा सञ्चालन गर्न नपाउने भएकाे हाे । पछिल्लो चरणमा Australian Skills Quality Authority (ASQA ) ले ए. आइ. बि. टि. कलेजको दर्ता निलम्बन गरेको गरेको हुनाले बिद्यार्थीहरुमा अन्यौलता छाएको फेकनले बिज्ञप्ति मार्फत जनाएकाे छ । ASQA को उक्त निर्णय बिरुद्ध Administrative Appeals Tribunal (AAT) मा अपिल गर्न ए. आइ. बि. टि. कलेज संग २८ दिनको समय छ साथै यस समस्या समाधानका निम्ति अन्य धेरै विकल्प पनि छन् । अस्ट्रेलियन सरकारले ESOS  ACT अन्तर्गत ट्युसन फि प्रोटेक्सन सर्भिस अन्तर्गत बिद्यार्थीको शिक्षण शुल्कको ग्यारेन्टी गरेको हुनाले पनि अाम अभिभावक र विद्यार्थी हताेत्साहित हुनु पर्ने अवस्था छैन ।साथै फेकनले यस समस्या संग सम्बिन्धित कुनै पनि बिषयको बारे जानकारी लिनु परे यस संघ को इमेल info@fecon.org.np वा यस संस्थाको सम्पर्क नं ०१ ४४१२९५४ मा सम्पर्क गर्नु हुन पनि अनुरोध गरेकाे छ ।

हेर्नुहाेस् प्रेस विज्ञप्ति

Loading...

Similar Posts :


25

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय भएको बताएको छ ।विप्लवको ध्वंसात्मक क्रियाकलाप सामान्य कानूनी प्रक्रियाद्वारा नै...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको कार्यकक्ष र अस्पतालको ओपीडीका ताला खोल्दै विद्यार्थीहरू सहमतिमा आएका हुन् ।...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह ‘ए’ विजेता बनेको छ । नेपाल र बंगलादेश समूहको अन्तिम खेलअघि...

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण...

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूहलाई नाम फेरेर लुटेरा समूह राख्न सुझाएका छन् । साथै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको...

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

छुट्टै राज्यको माग राखेर आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको संगठन स्वतन्त्र मधेश अभियान र सरकारबीच ११ बुँदे सहमति भएको छ । सो सहमतिको...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद