ग्रामीण जनसमुदायमा बीमाको पहुँच अावश्यक छ – उपप्रधानमन्त्री

Loading...

उपप्रधानमन्त्री र्इश्वर पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा राष्ट्रिय बीमा संस्थानले ध्यान दिनुपर्ने बताएका छन् ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२ औं वर्षमा प्रवेश गरेको अवसरमा अायाेजित समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्दै समयानुकुल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।प्रतिष्पर्धी बन्दै गएका बीमाका योजनाहरुलाई समय सुहाउँदो बनाउँदै बीमकहरु सामु संस्थानले आफुलाई उतार्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले समयसापेक्ष अपडेटेड हुँदै अगाडि बढ्न आग्रह गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा द्रुत्ततर गतिले आफुलाई विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले समयानुकुल प्रविधिको विकास, सङ्गठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिष्पर्धामा उत्रन आग्रह गर्नुभयो ।अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले जोखिम व्यवस्थापन, वित्तीय पहुँच बृद्घि तथा सुरक्षित बचतको लागि बीमा व्यवसायकोे माध्यमद्घारा संस्थानले आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र प्रतिष्पर्धी कार्य प्रणालीको अबलम्बन गर्दै जीवन बीमा व्यवसायमा आम नागरिकहरूलाई स्तरीय एवं दिगो सेवा प्रदान गर्ने कार्यमा लाग्न उहाँले सुझाव दिनुभयो ।

बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाईले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानले बहन गर्नुपर्नेमा जोड दिंदै संस्थान प्रतिष्पर्धी बन्नुपर्ने, कर्मचारीको उचित व्यवस्थापन गर्नुका साथै उनीहरुको दक्षता बृद्घि गर्नुपर्ने, सूचना प्रविधिको समुचित विकास गर्नुपर्ने तथा लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नयाँ नयाँ प्रविधिको विकास सँगसँगै जनसाधारणमा बीमाको आवश्यकता पनि भिन्न भिन्न हुँदै गइरहेको भन्दै उहाँले अनुसन्धानमुखी भई आवश्यकता अनुसारका बीमा लेखहरु सहित दक्ष जनशक्तिकोे माध्यमबाट ग्राहकहरुलाई सुरक्षण प्रदान गर्न उहाँले संस्थानको ध्यानाकर्षण गराउनुभयो ।नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले प्रतिसपर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थाललाई आग्रह गर्नुभयो ।

राष्ट्र बैंकको सबै नेपालीको बैंक खाता भन्ने अभियान जस्तै सबै नेपालीको बीमा अनिवार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।बीमा अभिकर्ताको भूमिकालाई पनि परिमार्जन गर्दै समय सापेक्ष बनाउनुपर्ने भन्दै उहाँले आगामी दिनमा व्यक्तिगत नभई संस्थागत र व्यवस्थित बनाउनुपर्ने उहाँको भनाई थियो ।संस्थान सञ्चालक समितिका अध्यक्ष धनीराम शर्माले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको बताउनुभयो ।

बीमा बजारमा निजी र विदेशी कम्पनीहरुको आकर्षण रहेतापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको उहाँले बताउनुभयो । मुलुक संघीय संरचनामा पूण रुपमा प्रवेश गरिसकेको परिप्रेक्षमा संस्थानले आफ्नो कार्य क्षेत्रलाई सोही बमोजिम सेवा विस्तार गर्ने योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो ।

संस्थानका प्रशासक कवि प्रसाद पाठकले देशको आर्थिक विकासकालागिआन्तरिक साधन र पुँजीको परिचालन गर्दै विदेशी मुद्राको व्ययभार रोक्ने संस्थानको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

संस्थानको अधिकृत पुँजी रु.५० करोड र चुक्तापुँजी रु.१८ करोड १० लाख २० हजार रहेको जानकारी दिंदै उहाँले भननुभयो – ‘हाल संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ करिब दुई लाख ९८ हजार बीमित तथा  रहेको छन भने यस बर्षबाट करीब तीन लाख राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा थप गरिएको छ ।  त्यसैगरी अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानकाकर्मचारीहरुको बीमा समेत संस्थानले गर्दै आएको छ ।’यसै आर्थिक वर्षको प्रथम अर्धवार्षिकमा चार अर्ब ४१ करोड बीमाशुल्क संकलन गरिएको जानकारी दिंदै उहाँले एक अर्ब ५१ करोड दाबी भुक्तानी गरिएको बताउनुभयो ।

२०७५ पौष मसान्तमा संस्थानको जीवन बीमा कोष १९ अर्ब २१ करोड रहेको बताउँदै प्रशासक पाठकले दीर्घकालीन परियोजनाहरुमा लगानी गर्ने प्रयास स्वरुप माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा रु. २१ करोड १८ लाख शेयर पूंजी र दुई अर्ब ऋण लगानी, जलविद्युत लगानी तथा विकाश कम्पनीमा एक अर्ब शेयर लगानी र विद्युत उत्पादन कम्पनीमा छ करोड ६० लाखको संस्थापक शेयर लगानी रहेको जानकारी दिनुभयो ।सो अवसरमा संस्थानमा उत्कृष्ट काम गर्ने तीन जना अभिकर्ता मनकुमारी निरौला, हरिशरण शिवाकोटी र बद्रीप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियो ।

वि.सं २०२४ साल पौष १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रा.) लि. स्थापना भई फागुन ११ गते देखि व्यावसायिक कारोबार शुरु गरी राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अनुरुप २०२५ साल पौष १ गते संस्थानमा परिणत भएको संस्थान शनिबमार स्थापनाको ५१ औं वर्ष पारगरी ५२ औं वर्ष प्रवेश गरको छ । स्थापना कालदेखि नै लगातार नाफामा रहेको संस्थानले नेपाल सरकार लगायत संस्थापक शेयरधनीहरुलाई आकर्षक लाभांश र सरकारलाई करको रूपमा समेत करिब ३५ करोड वार्षिक राजस्व बुझाउँदै आएको छ ।

देशमा बीमा भन्ने बित्तिकै राष्ट्रिय बीमा संस्थान सम्झने स्थितिको निर्माण तथा बीमालाई मेची देखि महाकालीका गाउँ÷गाउँ सम्म पु¥याउने ऐतिहासिक अभिभारा बहन गर्दै आइरहेको छ ।संस्थानको संस्थापक शेयर धनीको रुपमा नेपाल सरकार, नेपाल राष्ट्र बैँक तथा नेपाल बैक लिमिटेड रहेका छन् । नेपाल सरकार, नेपाल राष्ट्र बैँक तथा नेपाल बैक लिमिटेडको क्रमशः  २७.७८ प्रतिशत, ५५.५५ प्रतिशत तथा १६.६७ प्रतिशत रहेको छ ।

संस्थानको आफ्नो सेयर पूँजी, दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल, बीमाशुल्क, पूनर्बीमा कमिशन नै संस्थानको आर्थिक श्रोतको आधार रहेको छ ।

Loading...

Similar Posts :


21

कृषि क्षेत्रको सुधारका लागि एकीकृत खेती गर्न आवश्यक

नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँडले खेतीयोग्य जमिन एकीकृत गरी चाक्लाबन्दी खेती गर्नुपर्नेमा जोड दिनुभएको छ । दुई दिनसम्म चलेको साना...

पञ्चेश्वर विवादबारे नेपाल – भारत विज्ञ बैठक निश्कर्षविहिन

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा नेपाल र भारतबीच रहेका मुख्य विवादबारे छलफल  बसेको विज्ञ समूहको बैठक विना निश्कर्ष टुंगिएको छ । भारतको बेवास्ताका कारण विगत १७...

काठमाण्डौं मलमा सञ्चयकोषले दादागिरी गरेको भन्दै व्यवसायीक वातावरण नभए भोकहड्ताल गर्ने व्यवसायीको चेतावनी

काठमाण्डौं– काठमाण्डौं मलका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मलका व्यवसायीले मल भित्र व्यवसायीक वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । काठमाण्डौमा पत्रकार सम्मेलन गरि...

ग्रामीण जनसमुदायमा बीमाको पहुँच अावश्यक छ – उपप्रधानमन्त्री

उपप्रधानमन्त्री र्इश्वर पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा राष्ट्रिय बीमा संस्थानले ध्यान दिनुपर्ने बताएका छन् । पूर्ण सरकारी स्वामित्वको...

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...

श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था छ – गोकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा सम्मानजनक रुपमा श्रम गर्ने वातावरण अझै नबनेको बताएका छन् । पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद