२०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने – स्वास्थ्य राज्यमन्त्री

Loading...

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले २०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने बताएका छन् ।

स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री यादवले २०३० सम्म सबै नागरिकको स्वास्थ्य बीमा गरिने बताएका हुन् ।

राज्यमन्त्री यादवका अनुसार स्थानीय तहमा ४५३ वटा स्थानीय तह चिकित्सकविहीन छन् । त्यहाँ डाक्टर पठाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको भन्दै र त्यो स्वीकृत भएपछि स्वास्थ्य सेवा प्रभावकारी हुने बताए ।

२०२० सम्म ५० प्रतिशतको बीमा गर्ने र ३० सम्म सबैको पहुँचमा बीमा पुर्‍याउने उनको दावी छ । हालसम्म ३६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम रहेकोमा यस वर्ष ११ वटा जिल्लामा थप गर्न लागेको पनि उनले जानकारी दिए ।

राज्यमन्त्री यादवले निशुल्क औषधी नपाएमा स्थानीय तह दोषी हुने बताए । स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले स्वास्थ्य संस्थामा निशुल्क औषधी सकिएमा स्थानीय तह दोषी हुने बताएका हुन् ।

राज्यमन्त्री यादवले देशभर २ सय ११ वटा अस्पताल थप गर्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयले पारित गरेको जानकारी दिए । उनले हरेक स्थानीय तहमा १५ शैय्याको अस्पताल सञ्चालनका लागि भने यस वर्ष बजेट नभएको बताए ।

‘१५ बेडको अस्पताल बनाउन एक सुका पनि बजेट छैन, तर ७५ करोड रुपैयाँ स्तरोन्नतीको थियो, त्यही पैसा यसमा लगाउने र बाँकी रकम अर्थ मन्त्रालयसँग मागेर यो काम पूरा गर्ने अवस्थामा छौं’ उनले भने ।

Loading...

Similar Posts :


11

२०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने – स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले २०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने बताएका छन् । स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदले उठाएका...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

‘बहुप्रेम’ तर्फकाे अाकर्षण

फेब्रुअरी १४ अर्थात प्रेम दिवस । प्रेमील जोडीहरु गुलाब चुँडेर हृदय जोड्छन् । सर्सर्ती हेर्दा प्रणय दिवस जोडीहरुबीच प्रेम प्रकटीकरण गर्ने दिनका रुपमा हेरिन्छ...

सानोतिनो राजनीतिक प्रभावलेसमेत शैक्षिक संस्थाहरु बन्द

विद्यालय र विद्यार्थी जहिल्यै पनि हतियारको रुपमा प्रयोग हुँदै आएका छन् । पटक–पटक हुँदै आएको विद्यालय बन्दको राजनीतिले देशकै शिक्षा क्षेत्रलाई थिलथिलो बनाइसकेपनि यो...

संघीयतामा सहर

 संघीय संरचनाको छोटो अभ्यासले देखाएको तथ्य हो– केन्द्रीकृत राज्य व्यवस्थाताकाको सहरी विकास अब न स्वीकार गर्न सकिन्छ, नत त्यो आफैमा टिक्न सक्छ । विगतमा एकात्मक...

अष्ट्रेलियामा नेपालीलाई स्थानिय सरह अवसर

बि.सं २०२४ सालमा लम्जुङको चितिमा जन्मिएका तिवारी एक कुसल व्यवसायी एंव अष्ट्रेलियामा चार्टर अकाउन्टेन्ट हुन् । उनी लामो समयदेखी शैक्षिक, अकाउन्टिङ, रेमिट्यान्स, पर्यटन छेत्रमा...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद