मुलपानीमा क्रिकेट मैदानको काममा तिव्रता , सल्टिएन जग्गा विवाद

Loading...

नेपाल क्रिकेटका लागि नयाँ जोन बन्ने सम्भावना देखिएको छ । धुर्मुस सुन्तलिले अन्तराष्ट्रिय गौतम बुद्ध रंगशाला बनाउन लागेको खबरले क्रिकेटको माहोल तातेको बेला काठमाडौंको मुलपानीमा बन्न लागेको क्रिकेट मैदानको काम पनि अगाडि बढिरहेको छ । मौसमदेखि एशोसिएट नेशन भएर पनि दर्शकहरुको बाक्लो उपस्थिति भएको सम्भावना देखाउँछ । तर, मैदान भने त्रिवि परिसर कीर्तिपुरको मात्र छ ।
कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भयो भने पनि सहभागि टिमले फरक फरक सिफ्टमा ट्रेनिङ गर्नु पर्ने बाध्यता छ । तर, अब कुनै अवरोध आएन भने केहि महिना भित्रै मुलपानी क्रिकेट मैदान नेपालमा नयाँ खेल्न योग्य क्रिकेट मैदान बनिसक्ने छ ।

मुलपानीमा क्रिकेट मैदान निर्माण १२ वर्ष अघि नै सुरु भएको थियो । तर, यति जटिलता देखियो कि बिना डिभिजनमा रहेको नेपाली टोली डिभिजन वानमा पुगेर विश्वकप खेलिसक्दा पनि योजनाले पूर्णता पाएन । त्यहाँ केवल डाँडो सम्याइयो, एउटा पेविलियन भवन बन्यो । तर, मैदान ट्रेनिङ गर्न योग्य पनि बन्न सकेन ।त्यसबेला मुलपानीमा क्रिकेट मैदान होइन, रंगशाला नै बनाउने योजना अघि सारिएको थियो । जहाँ पेभेलियन, मिडिया बक्स लगायतका सबै संरचना बनेको होस् ।सरकारले जग्गा उपलब्ध गराएपछि केही काम पनि भयो । तर, सुरुमा काम थालिएको ठाउँ केही सानो भयो । यो मैदान मात्र बन्ने भएपछि नजिकै रंगशाला बनाउन थालियो ।तर, त्यही बेला नेपाल क्रिकेट संघमा अनेक विवाद देखियो, परीणाम १२ वर्ष वित्दा मुलपानीमा न क्रिकेट मैदान बन्यो न रंगशालाले नै मूत रुप पाउन सक्यो ।
क्रिकेट खेलाडीहरु नै मैदान निर्माणमा अघि सरे
नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल सहितका क्रिकेटरको पहलमा मुलपानी क्रिकेट मैदानलाई खेल्नयोग्य बनाउनका लागि गर्नुपर्ने काम र खर्चको स्टमेट तयार भयो ।


गत चैतमा राखेपले मुलपानीको धुलाम्य मैदानको स्तरोन्नतिका लागि १६ लाख ४० हजार बजेट विनियोजन गरी कामको जिम्मा ज्ञानेन्द्र मल्ल र छुम्बी लामाको टिमलाई दियो । उनीहरुले अहिले मुलपानी मैदानलाई मनमोहक बनाइसकेका छन् ।सबैभन्दा पहिले उनीहरुले त्यसलाई सम्याए र पर्खाल लगाए । मैदानको मूख्य क्षेत्र पीचको स्तरोन्नतिमै उनीहरुको धेरै समय गएको छ ।
त्रिभुवन विश्वबिद्यालयसँग वर्षिक १० लाख रुपैयाँ भाडा तिर्ने गरी क्रिकेट संघले लिजमा लिएको ग्राउन्डमा गेम हुने गरेको छ । त्यही मैदान मा अहिले अन्तर्रा्ष्ट्रियदेखि टोलस्तरका प्रतियोगिता हुने गर्छन् ।तर, मुलपानीको मैदान बनेपछि कीर्तिपुरको विकल्प हुनेछ । ‘हामीसँग अहिले अन्तर्रा्ष्ट्रिय स्तरको एउटामात्र मैदान छ, पुल्चोक मैदान पनि मर्मत सम्भार भइरहेको छैन’, अधिकृत लामाले भने, ‘त्रिवि मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगितामात्र आयोजना गर्ने गरी यस मैदानलाई उपयुक्त विकल्पको रुपमा प्रयोग गर्नेछौं ।’मुलपानीको पिच पाकिस्तानी क्यूरेटरले तयार पारेका छन् । यो मैदान तयार भएपछि कम्तिमा उमेर समूहको क्याम्प तथा निजीस्तरका प्रतियोगिताहरु गर्न सकिनेछ । ठूला अन्तराष्ट्रिय प्रतियोगितामा पनि बैकल्पिक मैदानका रुपमा पनि उपयोग हुनेछ ।
मुलपानीको जग्गा विवाद
मुलपानीमा राष्ट्रिय खेलकुद परिषदको आफ्नै लगानीमा अर्को मैदान पनि बन्दैछ । त्यसलाई तल्लो मैदानको रुपमा चिनिन्छ । यसको प्याराफिट तथा पेविलियन निर्माण सकिइसकेको छ ।तर, मैदानको पीच निर्माणको काम बाँकी छ भने यस मैदानमा केहि विवादहरु पनि देखिएका छन् । पहिले सरकारी जग्गामा रंगशाला निर्माण गर्ने भनिएपनि रंगशालाभित्रै पर्ने जग्गाको दावी गर्दै केहि मानिसहरु आएपछि त्यसको निर्माण प्रक्रिया रोकिको छ ।
सरकारले प्रतिआना ५ लाख मुआब्जा दिने सहमति भएपनि यस विवाद सल्टिसकेको छैन । करीव ६० आना जग्गा व्यक्तिको नाममा पाइएपछि त्यहाँ विवाद सुरु भएको हो । उक्त विवादका कारण त्यहाँ भएको घर टहरा हटाउन सकेको छैन । रंगाशाला तयार भइसक्दा पनि टहरा भने हटाउन नसकेको हो ।

Loading...

Similar Posts :


5

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह ‘ए’ विजेता बनेको छ । नेपाल र बंगलादेश समूहको अन्तिम खेलअघि...

अष्ट्रेलिया भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा ८ रनले पराजीत

मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराउँदै दाेस्राे एकिदविसय खेलमा विजयी भएकाे छ । कुनै बेला जीत नजिक पुगेको अष्ट्रेलियालाई रोक्दै भारतले...

उदीयमान बर्ष खेलाडीेबने क्रिकेटर रोहितकुमार पौडेल

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गर्ने ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ को वर्षको उदीयमान खेलाडीे अवार्ड रोहितकुमार पौडेलले हात पारेका छन् । सिप्यानले आज राजधानिमा...

मुलपानीमा क्रिकेट मैदानको काममा तिव्रता , सल्टिएन जग्गा विवाद

नेपाल क्रिकेटका लागि नयाँ जोन बन्ने सम्भावना देखिएको छ । धुर्मुस सुन्तलिले अन्तराष्ट्रिय गौतम बुद्ध रंगशाला बनाउन लागेको खबरले क्रिकेटको माहोल तातेको बेला काठमाडौंको...

टी–ट्वान्टी क्रिकेटको विश्व वरीयतामा नेपाली खेलाडिकाे स्थान सुधार

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा दुई स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–२०...

डिपीएलकाे उपाधि अत्तरियालाई, महेन्द्रनगर ३ विकेटले पराजित

घरेलु टोली सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमिएर लिग क्रिकेटको उपाधि जितेको छ । महेन्द्रनगर युनाइटेडमाथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै सिवाइसी अत्तरियाले पहिलो...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद