राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

Loading...

राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायकसंगै एक कुशल कलाकार तथा मोडल राज लुइँटेलले ‘आर्टिस्ट’ विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएका छन।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।

‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

ईजिप्टका सफल व्यवसायी मोहम्मद वालिद रसादाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ईजिप्टका चलचित्र निर्देशक मोहम्मद अलि र ईजिप्टका वरिष्ठ संचारकर्मी डालिय हसन विशेष अतिथिको रुपमा रहेका थिए ।

पछिल्लो समय कलाकारिताका क्षेत्रबाट नेपाली गीत, संगीत एवं कला क्षेत्रको प्रवर्द्दनमा उल्लेख्य योगदान दिए बापत थुप्रै अवार्ड र सम्मान प्राप्त गर्न सफल साथै राष्ट्र खबर पत्रिका, राष्ट्रखवर डटकम, तथ्य खबरडटकम, बिचार खबरडट कम, पेजेन्ट नेपाल डटकम, रंगपेजडटकम, फेयर एक्सप्रेस पत्रिका लगायत लोकप्रिय संचारमाध्यमका प्रमुख संचालक राज लुइँटेलले करीव ३ दर्जन भन्दा बढी सौन्दर्य प्रतियोगिताहरुमा उत्कृष्ट निर्णायकको भुमिका निर्वाह गर्नुको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न इभेन्टहरु आयोजना गर्दै सफल इभेन्ट अर्गनाइजरको रुपमा समेत स्थापित भै सकेका छन ।

दर्जनौ प्रतिष्ठित संघ संस्थाबाट मात्र नभई भारतको एसिएस मिडियाको चर्चित अन्तराष्ट्रिय गोल्डेन स्टार अर्वाडबाट समेत सम्मानित लुइँटेल भर्खरै मात्र थाईल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान–२०१८ तथा नेशनल बोस्टर म्यूजिक अवार्डबाट सम्मानित भएका थिए ।

बहुप्रतिभाका धनी सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायक संगै एक कुशल कलाकार तथा मोडलको रुपमा संलग्न रही नेपाली फिल्म ईन्ड्स्ट्रीमा पुर्याएको अतुलनीय योगदानको कदर तथा प्रशंसा गर्दै जुरी मेम्वर एक्ज्युकेटिभ डाईरेक्टर अफ नेशनल सेन्टर फर हेल्थ एण्ड न्युट्रेसन डा सुशिला मल्ल, नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा श्याम खड्का र एसियन डेभलपमेन्ट बैंकका लागि नेपाल सरकारका पूर्व प्रतिनिधि तुलसी प्रसाद न्यौपाने तथा आयोजक मोडल सङ्ग्स नेपालको निर्णायक मण्डलबाट आर्टिस्ट विधाको यसवर्षको एमएसएन एक्सीलेन्स अवार्ड सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायक संगै एक कुशल कलाकार तथा मोडल राज लुइँटेललाई प्रदान गरिएको आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए ।

Loading...

Similar Posts :


10

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा...

आकर्षक जिउडाल अनि लोभलाग्दो जवानी – मोडल ममता मगराति

ममता मगराति पढाईमा अव्वल छात्रा हुन् । उनको स्थायी घर धनगढि हो । उनी अहिले व्यवस्थापन संकायमा धनगढीकै कैलाली मल्टिपल कलेजको कक्षा १२ को...

राज लुईटेलले हात पारे, नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड

बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड राज लुईटेलले हात पारेका छन ।चर्चित गायक स्वरुपराज आचार्यको...

नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेल मौलीक कला सम्मानबाट सम्मानित

नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेल मौलीक कला सम्मानबाट सम्मानित भएकी छिन। काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ को भव्य समारोहमा...

चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेल ईजिप्टको अलेक्जेन्ड्रियामा सम्मानित

नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेलले राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’...

लब वहादुर कार्कीको नेतृत्वमा ईभेन्ट आयोजकहरु भए एकजुट

काठमाडौं, सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीता आयोजकहरुको छाता संगठन कार्यक्रम ब्यवस्थापन संघ, नेपाल...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका