महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

Loading...

 पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित भारतले २ गोलगरेपछि नेपालले चौथो पटक फाइनलमा भारतसित पराजित भएकाे हाे ।

पहिलो हाफ १–१ को बराबरी भएको खेलमा नेपालले दोस्रो हाफमा पाएका अवसर सुदपयोग गर्न सकेन । भारतका लागि अन्जु तामाङ र ग्रेसले दोस्रो हाफमा गोल गरिन् । त्यसअघि डालिमाले गोल गरेकी थिइन् । सावित्राले एक गोल फर्काए पनि टोलीलाई जिताउन सकिनन् ।

विराटनगरस्थित सहिद रंगशालामा भारतले २६ औंं मिनेटमा अग्रता लिएको थियो । हिराकुमारी भुजेलले गरेको फाउलमा प्राप्त फ्रिकिकमा भारतकी डालिमा छिपरले गोल गरेकी थिइन् । त्यस लगत्तै नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् । गिता रानाको लामो पासमा सावित्राले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा आक्रामक बनेको भारतले ६३ औं मिनेटमा अग्रता लिएको थियो । भारतको अग्रता २–१ मा ग्रेस दाम्बेले गोल गरेकी थिइन् । नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा अगाडि बढेको मौकामा भारतकी ग्रेसले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

लगत्तै ७७ औं मिनेटमा अन्जु तामाङले भारतको अग्रता दोब्बर पारिन् । त्यसपछिको बाँकी समय नेपालले अवसर पाएपनि सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले गोलका केही अवसर खेर फालिन् । १० औं ,२६ औं र पहिलो हाफको अन्तिम समयमा सावित्राले सुन्दर गोलको अवसर सदुपयोग गर्न सकिनन ।

घरेलु मैदान र दर्शक साथ पाएको नेपालले आक्रामक खेलेपनि उपाधि जित्न सकेन । चौथो पटक पनि नेपालको उपाधि यात्रामा भारत नै बाधक भयो । नेपाल सेमिफाइनलमा श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको हो । भारतले बंगलादेशलाई पराजित गरेको थियो । यसअघिका तीन संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । गत संस्करण सेमिफाइनलबाट बाहिरिएको थियो ।

Loading...

Similar Posts :


5

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...

यू-१९ विश्वकप छनोट :नेपालको विजयी सुरुवात

यू-१९ विश्वकप छनोट खेल अन्तर्गत एसिया छनोटको खेलमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार मलेसियाको क्वालालाम्पुरमा भएको खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो...

तिव्र गतिमा त्रियुगा नगरपालिकामा निर्माणधीन थरुहट रंगशाला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ मा निर्माणधीन थरुहट रंगशालाले कामले तीव्रता पाएको छ। चालु आर्थिक वर्षमा त्रियुगा नगरपालिकाले विनियोजन गरेको ३० लाख रुपैयाँले...

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

 पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित भारतले २ गोलगरेपछि नेपालले चौथो पटक...

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका