दलित सांसदलाई राजधानीमै पनि कोठा दिदैनन् घरवेटी – सांसद आसा विक

Loading...

सांसद आसा विकले दलितलाई थर परिवर्तन गर्दा सहज हुने बताएकी छिन् । उनले दलितले राजधानीमै पनि आफ्नो थर भन्दा असहज हुने बताइन् । नागरिकता विधेयकमाथि संशोधन गर्दागर्दै थर फेरेर नागरिकता पाउनुपर्छ भनेर आवाज उठाएकी थिइन्। उनले एक सञ्चारमाध्यम संग कुरा गर्दै यस्तो बताएकी हुन् ।’ म बिक हुँ भने बाहुनको थर राखेर नागरिकता पाउनुपर्छ भनेको होइन । दलितभित्रै पनि धेरै थर हुन्छन् ‘। उनले भनिन् ।

थर फेरेरै विभेद अन्त्य हुँदैन । तर, अर्को थर राख्दा ब्यबहारिक रुपमा सजिलो हुने धेरै उदाहरण छन् । जस्तै ओखेडा भन्ने थर हुन्छ सुदुरपश्चिमतिर । मेरो थर ओखेडा भन्यो भने काठमाडौंमा कोठा पाइन्छ । किनभने ओखेडा भनेको के जात हो भन्ने थाहा छैन मानिसहरुलाई ।

आशा विकभन्दा कोठा छ भन्दैनन् । हेप्छन् पनि । तर, आशा ओखेडा भन्यो भने समस्या झेल्नु पर्दैन । यसका निम्ति नै थर फेर्दा सहज हुन्छ भनेको हो । पहिचान नै फेर्न भन्न खोजेको होइन । बाहुनले बाहुनभित्रको, क्षेत्रीले क्षेत्रीभित्रको थर लेख्ने हो । कामीले कामी नलेखेर कामी भित्रको थर लेख्न पाउनुपर्छ भन्ने मेरो संशोधन थियो ।

उदाहरण मेरो आफ्नै दिन्छु । म बानेश्वर बस्छु । मेरो घरबेटीले यही बैशाखभित्र कोठा सर्नु भनेका छन् । तीन महिनादेखि यति धेरै खोजियो । केही दिनअघि एउटा चित्तबुझ्दो कोठा पाइयो । ढाँटेर बोल्न भएन । हामी विश्वकर्मा हौं, म सांसद हुँ, मेरो यति परिवार बस्छन्, कहिलेकाहीँ कार्यकर्ता आउँछन् सबै भनेँ । घरबेटीले हामी सल्लाह गर्छाैं  भने भनेर टारिदिए । भोलिपल्ट सोध्दा आफ्नै मान्छेलाई चाहिने भयो भनेर जवाफ दिए ।

सिधा तपाई दलित भएको कारणले कोठा नदिने त भन्दैनन् । उसको व्यक्तिगत घर, उसैको अधिकार हो । दिन्न भन्न पाइयो । दलित भएकाले दिन्न भनेको भए पो मुद्दा गर्न जाने, अर्कै बहाना बनाएपछि त के गर्ने ?माननीय कलु देवीले त संसदमै कोठा पाइएन भनेर आफ्नो गुनासो राख्नुभएको थियो ।

Loading...

Similar Posts :


25

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन्...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्ध रहेकाे बताएका छन् ।...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका