इन्धनमा ब्रह्मलुट मच्चाउँदै आयल निगम , ठगिदैछन उपभोक्ता

Loading...

नेपाल आयल निगमले उच्च नाफा कमाउन इन्धनको ब्रह्मलुट मच्चाएको छ । सरकारले अनुदान दिनुपर्ने इन्धनमा नाफा हुँदा पनि स्वचालित मुल्क कायम गर्न आनाकानि गरिरहेको छ । आयल निगम मुनाफा केन्द्रित हुँदा पनि सरोकारवालाहरुकाे भने बोलि बन्द गरेर बसेका छन् । राज्य जनताका पक्षमा भन्दा पनि मुनाफाखोर बन्दै गइरहेको प्रति आम उपभोक्ताले आक्रोश पोखेका छन् ।
सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको हो । प्रणालीले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुनुपर्छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको सूचीअनुसार इन्धनमा अप्रिल १ देखि १५ सम्म करिब ४२ करोड रुपैयाँ नाफा छ । जसअनुसार दैनिक २ करोड ८० लाख रुपैयाँ नाफा हुन्छ । स्रोतको अनुसार २०७४/७५ मा पनि साढे ३ अर्ब ५८ करोड रुपैयाँ नाफा रहेको छ । ‘चाडबाडकै बेला अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको थियो । यहाँ समायोजन नहुँदा ३ अर्ब ८४ करोड नोक्सान भएको थियो ।
यति धेरै नाफा हुँदासमेत निगम आफैंले बनाएको स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार मूल्य समायोजन गरिएको छैन । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले निगम व्यापारका लागि मात्रै भएको आरोप लगाए । घाटा हुँदा देखाउने तर नाफामा तथ्यांक लुकाउनु गलत भएको उनले बताए ।
जसले उपभोक्तालाई पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने, मूल्य निर्धारण पारदर्शी हुने र निगमको आर्थिक सन्तुलनसमेत सुदृढ हुने सरकारको दाबी थियो । प्रणाली भने प्रभावकारी हुन सकेको छैन । निगमका कार्यकारी निर्देशक सुरेन्द्र फौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दो क्रममा रहेकाले समायोजन नगरेको तर्क गरे ।
‘अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य बढ्दो त्रममा छ । त्यसैले घटबढ गरेका छैनौं,’ उनले भने, ‘कति मार्जिनमा बस्ने भनेर गृहकार्य भइरहेको छ । निगमको हितका लागि ३ प्रतिशतसम्म नाफामा बस्नुपर्छ ।’ उनले आईओसीले पठाएको नयाँ सूचीमा एलपी ग्यासलगायत अधिकांशमा मूल्य बढेको दाबी गरे पनि तथ्यांकमा घटेको देखिन्छ ।तथ्यांकअनुसार एलपी ग्यासबाहेक सबै प्रकारका इन्धन नाफामा छन् ।

कार्यविधिअनुसार आईओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार निगमले मूल्य समायोजन गर्नुपर्छ । गत माघ १९ गतेकै समायोजन अहिलेसम्म कायम छ । ‘मूल्य समायोजन नहुँदा दुई महिना अवधिमा साढे २ अर्ब रुपैयाँ नाफा भएको छ,’ निगमका एक अधिकारीले भने, ‘पारदर्शी राख्न मूल्य घटाउनुपर्ने थियो, तर प्रणालीविपरीत भयो ।’
नयाँ सूचीअनुसार १५ दिन अवधिमा पेट्रोलबाट मात्रै ८ करोड १ लाख, डिजेलबाट २७ करोड ४८ लाख रुपैयाँ नाफा छ । हाल प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ छ । नयाँ सूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ नाफा छ । डिजेलको बिक्री मूल्य ९७ रुपैयाँ छ । डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ७ पैसा नाफा छ । न्यून आय भएका जनताले प्रयोग गर्ने मट्टितेलबाट प्रतिलिटर २३ रुपैयाँ ४८ पैसा नाफा राखिएको छ ।
१५ दिनमा मट्टीतेलबाट २ करोड ५९ लाख नाफा हुने निगमले प्रक्षेपण गरेको छ । हवाई इन्धन (आन्तरिक) मा पनि नाफा उच्च छ । यसमा प्रतिलिटर ९ रुपैयाँ ६२ पैसा नाफा छ । हवाई इन्धन प्रतिलिटर ९४.५० रुपैयाँमा बिक्री हुन्छ । १५ दिन अवधिमा हवाई इन्धनबाट २ करोड ४१ लाख रुपैयाँ नाफा हुने जनाइएको छ ।
हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर १.१२५ डलरमा बिक्री हुन्छ । यसबाट १५ दिनमा २५ करोड ९२ लाख नाफा हुने निगमको प्रक्षेपण छ । खाना पकाउने एलपी ग्यासमा भने केही नोक्सान छ । प्रतिसिलिन्डर १ सय ७३ रुपैयाँ घाटा छ । १५ दिनमा २४ करोड ४३ लाख नोक्सान हुने अनुमान छ । यी सबै जोडदा निगमको पाक्षिक नाफा करिब ४२ करोड रुपैयाँ छ । इन्धनमा निगम स्वयं ठगी गर्दै आएको उपभोक्ताकर्मीले आरोप लगाए ।
‘उपभोक्तालाई झुक्याएर लुट्नेबाहेक केही काम भएन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘आफैंले बनाएको कार्यविधिविपरीत अर्बौं नाफा राख्नु लुट हो ।’ आपूर्ति सचिव केदारबहादुर अधिकारीले अलिअलि नाफा राख्नुपर्ने बताए । निगम सञ्चित घाटामा रहेकाले नाफा राख्नुपर्नेउनले बताए ।

Loading...

Similar Posts :


21

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले संघीय ऐन विपरित सम्पत्ति कर उठाउन थालेको छ । प्रदेश तथा स्थानीय तहले कानून बनाउँदा संघीय सरकारले बनाएको कानूनसँग बाझिने गरी बनाउन...

जेसीआई काठमाडौं लेडीबाट तेश्रोलिङ्गीहरुलाई व्यावसायिक सिप विकास तालिम प्रदान

जेसीआई काठमाडौं लेडी नेपालको आयोजनामा गत चैत्र २४ गत्ते सानेपास्थित साथी श्रम प्रशिक्षण केन्द्रमा नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गी सदस्यहरुलाई व्यापारिक सिप विकास तालिम (वेकरी)...

४० हजार घुससहित मालपोतका सुब्बा पक्राउ

राजविराजमा कार्यरत नायब सुब्बा वासुदेव मण्डल पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित एकजना नायब सुब्बालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

इन्धनमा ब्रह्मलुट मच्चाउँदै आयल निगम , ठगिदैछन उपभोक्ता

नेपाल आयल निगमले उच्च नाफा कमाउन इन्धनको ब्रह्मलुट मच्चाएको छ । सरकारले अनुदान दिनुपर्ने इन्धनमा नाफा हुँदा पनि स्वचालित मुल्क कायम गर्न आनाकानि गरिरहेको...

सडककाे हालत यस्ताे छ ,सडक उपभोग दस्तुरमा वृद्धि गर्दै सरकार

 सरकारले सडककाे अवस्था सुधार गर्न भन्दा पनि सवारीसाधनको सडक उपभोग दस्तुर वृद्धि गर्न तिर ध्यान दिएकाे छ । सरकारले साविकको सडक उपभोग दस्तुरमा १५...

सुदूरपश्चिममा १० प्रतिशतमात्रै बजेट खर्च

चालु आर्थिक वर्षको ८ महिना सकिदासम्म सुदूरपश्चिम प्रदेश सरकारले जम्मा १० प्रतिशतमात्र खर्च गरेको छ । अब बाँकी चार महिनामा सरकारले कुन गतिमा बजेट...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका