नेपालमा शिक्षा पत्रकारिता :विकासक्रम र बर्तमान अवस्था

Loading...

शिक्षाको पुरानो शैलीका कारण विश्वव्यापी रुपमा प्रभाव पार्ने शैक्षिक सामाग्रीहरुलाई मिडियाले शसक्त रुपमा प्रकाशन तथा प्रसारण गर्न सेकेका थिएनन् । १९५८ देखि प्रकाशनमा आएको नेपालको जेठो समाचार पत्र गोरखापत्रले शैक्षिक समाचारलाई समावेश गर्दे शैक्षिक जमतमा योगदान पु¥याएको छ । भारतबाट शैक्षिक पत्रकारिताको रुपमा सुनकेशरी प्रधानको सम्पादन र प्रकाशनमा हिमाल किशोर २००७ प्रकाशित भएको पाइन्छ ।
शैक्षिक समाचार भित्र शैक्षिक गुणस्तरका विषयमा व्यवहारिक र व्यवसायिक शिक्षाका कुराहरु समावेश गरिएको छैन । यति ठुलो धनरासी खर्च भैरहेको देशको प्रमुख विषयमा नेपाली सञ्चार माध्यमले समाचार भन्दा बढि व्यवसायमुखि शिक्षा पत्रकारिता गरिरहेको अवस्था छ । अहिलेसम्म शिक्षा पत्रकारिता तीन किसिमले गरिएको छ — औपचारिकशिक्षा ( विद्यालय, महाविद्यालय, विश्वविद्यालयीय शिक्षा ), अनौपचारिक शिक्षा र दूर शिक्षा । शैक्षिक समाचार, गतिविधि जसले बाल मनोविज्ञानमा सिधै प्रभाव पार्छ त्यस्ले सहजै ठाउँ पाउन सकेको अवस्था छैन । स्कुल क्याम्पसमा लगानी बढ्दो छ प्रतिस्प्रधा अस्वस्थ छ भने नियम कानुनको पालना नहुँदा शैक्षिक जगतका नराम्रा पक्षहरु बाहिर आउन सकेका छैनन् र शैक्षिक जगतपनि नेपाली सङक्रमणकालीन राजनितिको सिकार बन्न पुगेको छ ।
शैक्षिक संस्थालाई दिगो विकासको अवधारणाबाट अघि बढाउन सकिएको अवस्था छैन । राजनीतिक नियुक्तिका विरोधहरु विश्वविद्यालयमा दिनानुदिन चर्किदो क्रममा छन् भने त्यसको मारमा विद्यार्थीहरु परेका छन् । मध्यम वर्ग र कुलिन वर्गहरुमा भेदभाव भएको र सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले निजी विद्यालय सरह पढ्न पाएका छैनन् । जहाँ ७९ प्रतिशत विद्यार्थी सरकारी विद्यालयमा पढ्छन् भने २१ प्रतिशत निजी विद्यालयमा पढ्छन् र त्यसैले नै देशको ठुलो शैक्षिक हिस्सालाई प्रतिनिधीत्व गरेको छ ।
स्नातकतह उत्तिर्ण गरेकाहरु पनि बरोजगार हुनु परेको अवस्था छ । एउटा व्यक्तीको शिक्षा क्षेत्रमा भएको लगानिले प्रतिफल नपाएको अवस्था छ र सबैले बराबर मौका पाउनुपर्ने भएपनि मिडियाले यस्ता कुराहरुलाई ठाउँ दिन नसक्दा नेपालको शैक्षिक जगत कुन दिशा तर्फ उन्मुख छ भन्ने स्पष्ट खाका तयार भएको अवस्था छैन । शिक्षा क्षेत्रको विकासका लागि सरकारले विद्यालय शिक्षा सुधार कार्यक्रम सन् २००९ देखी २०१५ सम्म सञ्चालन गर्यो तर यसले पनि विद्यायल शिक्षाका सम्पूर्ण समस्याको समाधान गर्न सकेन र २०१६ देखी २०२३ सम्म विद्यालय शिक्षाको स्तरोन्तरीका लागि विद्यालय शिक्षा विकास योजना एसएसडिपी सरकारले सञ्चालन गरिरहेको छ ।
२१ औँ सताव्दिको यो समाज जहाँ विकसित र विकासशिल राष्ट्रहरु बजारमुखी अर्थ व्यवस्था तर्फ उन्मुख भएका छन् । शिक्षाको विकाससंगै विभिन्न देश विकासको गतिमा अघि बढेका छन् । चिनका दार्शनिक कन्फ्युसियसले मानिस प्राकृतिक रुपमा समान हुने भएकाले शिक्षामा बर्गीय विभेद हुनुहुँदैन भनेका छन् । जवसम्म शिक्षामा सबैको समान पहुँच हुँदैन तबसम्म कुनै पनि समाजको विकास र विस्तार हुन सक्दैन । बजारमुखि शिक्षा र सञ्चार माध्यमले खेल्ने भूमिकाले समान्य विषयले प्रसय पाएको हुन सक्ने र विशेष विषयहरु पनि ओजेल पर्ने गरेको तथ्यहरु सार्वजनिक हुने गरेका छन् ।
शिक्षा प्रणाली र व्यवस्थापनमा आइरहेका नयाँ नयाँ आयाम तथा सरकारी निकायको निरिहताका कारण शैक्षिक क्षेत्रका विषयले प्राथमिकता पाएका छन् भने यिनै विषयलाई सञ्चार माध्यमले पनि प्राथमिकता दिएका छन् । बर्तमान शैक्षिक नीति कार्यक्रमले मुलत ः समता, गुणस्तर क्षमता, सुसासन तथा व्यवस्थापन र उत्थानशिलता जस्ता विषयमा जोड दिएका छन् । यी कार्यक्रमहरुले अति सिमान्तकृत बर्गको पहुच अभिवृद्धि र समग्र गुणस्तर विकासमा ध्यान केन्द्रित गरेको छ । शैक्षिक समाचारको मुल उद्देश्य भनेको नै समाजको विविधता पूर्ण परिवेश तथा आवश्यकतालाई आत्मसाथ गर्दै समतामूलक तथा समावेशी प्रयत्न मार्फत दुर्गम ,क्षेत्रिय, आर्थिक सामाजिक रुपले पिछडिएका बर्गलाई पहुचको सुनिश्चितता गर्न सहयोगी भूमिका खेल्नु हो । सुचना र प्रविधीको क्षेत्रमा नेपालमा भित्रिएको आधुनिक प्रविधी भनेको टेलिपफोन हो । सन् १९९० को मध्यतिर विद्यालयमा कम्प्युटर विज्ञान विषयको अध्ययन हुन थाल्यो जसको लागि पाठ्यक्रम विकाश केन्द्रले कक्षा ९ र १० को पाठ्यक्रम तयार गर्यो । हाल नेपालमा कक्षा ६ देखी १२ सम्म कम्प्युटर विज्ञान अध्यापन हुदै आइरहेको छ ।
मुलुकका लागि आवश्यक पार्ने दक्ष, अर्ध दक्ष तथा श्रममा आधारित जनशक्ती उत्पादन गर्ने स्रोत शिक्षा नै हो । आवश्यक जनशक्तीको प्रक्षेपण गर्न ,शैक्षिक प्रवन्ध मिलाउन र शैक्षिक उपलव्धीको प्रवोधिकरण गर्न शैक्षिक सुचना व्यवस्थापन गर्ने गर्दछन् भने शिक्षा क्षेत्रमा भए गरेका उपलब्धीका समाचारहरु सञ्चार माध्यम प्रकाशन प्रसारण हुने गर्दछन् । सुचना संकलन गरी प्रतिवेदन तयार गर्ने र त्यही आधारमा शिक्षाका कार्यक्रमहरु अगाडि बढेका छन् । समग्र विद्यालय शिक्षाको हितको निमित्त समाचारहरु प्रकाशन प्रसारण हुने भन्दा पनि समाचारिय महत्व बोकेका विषयले मात्र चर्चा पाएको अवस्था छ । विद्यालय शिक्षामा सुचना प्रविधिको प्रयोगबाट अध्ययन अध्यापन गराइने विषयलाई शसक्त बनाउन सरकारले विद्यालय शिक्षामा सुचना प्रविधिको प्रयोग सम्बन्धी निर्देशिका ,२०६९मा सुचना प्रविधिको प्रयोगबाट विद्यालय शिक्षाको गुणस्तर सुधार गरी सहरी तथा ग्रामिण, सुगम र दुर्गम ,निजी तथा सामुदायीक विद्यालय विच देखिएको शैक्षिक गुणस्तरको दुरी घटाउन एवं विश्वस्तरमा विद्यार्थीको पहुच विस्तार गर्ने उद्देश्य लिएको उल्लेख छ ।
सुचना तथा सञ्चार प्रविधिको द्रततर विकास भइरहेका बेला प्रविधी अनुकुल सुचना सम्प्रेषण गर्न नसक्दा विकासको गतिमा नकारात्मक असर पर्छ । सुचना र प्रविधीको उपयुक्त र उच्चतम प्रयोग गरी सार्वजनिक निकायबाट सम्पादित काम कारवाहिका सम्बन्धमा सम्बन्धीत सरोकारवालाहरुले सुचना माग्न पाउने अधिकार नेपालको संविधान २०७२को धारा २७ले व्यवस्था गरेको छ । कुनै पनि विषयको सुचना सम्बन्धित सरोकारवालाहरु समक्ष पुर्याउनु सार्वजनिक निकायको दायीत्व पनि हो । संविधानले प्रत्याभूत गरेको मौलिक हक र सारोकारवालाको सुचना पाउने अधिकारको सुनिश्चितता गरी सर्वसुलभ तरिकाले सुचना सामाग्री उपलव्ध गराउन तथा आर्थिक अनुसासन कायम गर्न जिम्मेवार निकाय सजग हुनुपर्छ । निशूल्क तथा अनिवार्य शिक्षाका बहसहरुले पनि सञ्चार माध्यममा स्थान पाएका छन् ।तर यसरी आएका समाचार भन्दा पनि शिक्षाको समग्र विकासमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

Loading...

Similar Posts :


25

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन्...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्ध रहेकाे बताएका छन् ।...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका