शैक्षिक युवा वेरोजगारीको संख्या बढ्दै

Loading...

वैदेशिक रोजगारकालागि उच्च माध्यमिक शिक्षा आर्जन गरेका लाखौ युवा पढाईको बहानामा अमेरिका, अस्ट्रेलिया, जापान जस्ता विकसित मुलुकमा विदेशिने क्रम बढ्दो छ । नेपालमा अध्ययन पश्चात अवसर पाउन नसकेपछि काम गर्नकै लागि नेपाली युवा विदेशिने गरेका छन् ।वैदेशिक शिक्षा आर्जनका लागि पलायन भएका नेपाली युवा स्वदेश फर्केर शिप मुलक काममा लागेका कमै मात्र उदाहरण भेटिन्छन् ।दक्ष जनशक्ती विदेशिने क्रम बढीरहेको छ तर उनिहरुले विदेशमा आफ्नो दक्षता अनुसारको काम पाउन भने सकेका छैनन् ।
आन्तरिक बजारमा सामान्य श्रमिक र सिप सिकेका युवाको माग बढे पनि शिक्षित युवाले रोजगारी पाउन सक्ने वातावरण नै छैन । नेपालमा नयाँ उधोग खुलेका छैनन् भएका उधोग धन्दा पनि बन्दहुने स्थितिमा छन् जसले गर्दा युवाहरु स्वदेशमा आफ्नो भविश्य देख्न सकिरहेका छैनन् भने शैक्षिक परामर्ष दाताहरु काम खोजिदिने सर्तमा शिक्षित युवालाई धमाधम विदेशी विद्यालयमा भर्ना गरिरहेका छन् ।
युवाहरुले सरकारी निकायका अतिरिक्त वैदेशिक रोजगारमा मागभन्दा सयौं गुणा बढी आवेदन दिनुले नै शिक्षित बेरोजगारको अवस्था देखाउँछ । नेपालमा राजनीतिक अस्थिरता, ऊर्जा संकट , श्रम समस्या र बन्द–हड्तालका कारणले उद्योग फस्टाउन सकेका छैनन् जसको मारमा शिक्षित युवा जनशक्ती परीरहेका छन् ।
मुलुकको शिक्षा प्रणाली नै व्यवहारिक नभएको गुनासो विद्यार्थीवर्गको छ । निजीक्षेत्र फस्टाउन सकिरहेका छैनन भने विकल्पको रूपमा सरकारी निकायमात्र भएका कारण सम्पूर्ण शिक्षित युवा जनशक्तिलाई रोजगार दिन संभव छैन र सरकारले विदेशिने क्रमलमई रोक्न सकेको छैन । केही बैंक, उद्योग, कम्पनी खुले पनि नजिकका आफन्तलाई मात्रै रोजगारी दिने प्रवृत्ति बढीरहेकै कारण युवा जनशक्ती निरास छन् ।अहिले सरकार संग कति बेरोजगार छन् भन्ने यकिन तथ्यांक नै छैन । तर, सरकारले अन्तराष्ट्रिय श्रम संगठन आईएलओ को मापदण्डभित्र रहेर एक महिनामा १० दिन काम गर्नेलाई रोजगारका रूपमा गणना गर्दै नेपालमा २१ प्रतिशत युवामात्र बेरोजगार रहेको तथ्याङ्क देखाईरहेको छ । अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगार युवाहरुको तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ ।
शैक्षिक क्षेत्रहरु राजनीति गर्ने थलो बनेका छन् भने शैक्षिक संस्थाहरु बेरोजगारी युवा उत्पादन गर्ने कारखाना बनेका छन् जसका कारण नेपाली विद्यार्थीले नेपालको शिक्षा आर्जन गरेर आफ्नो भविष्य सुनिश्चित देखेका छैनन् । सरकारी तथ्यांकअनुसार अहिले दैनिक ८ सय नेपाली युवाहरु रोजगारी र वैदेशिक शिक्षाका लागि विदेश पस्ने गरेका छन् । राजनीतिक अस्थिरता, न्यूनगुणस्तरीय शिक्षा र शिक्षामा राजनीतिक प्रभावका कारण पनि ठूलो युवापुस्ता वैदेशिक शिक्षाको लागि विदेशिन बाध्य छ ।
राज्यले युवा विद्यार्थीको सिर्जनाशक्ति, नवीनतम सोच, सकारात्मक चिन्तन र सम्भावनाहरुलाई सदुपयोग गरेर उनीहरुलाई समुन्नत, शान्त र समृद्ध नेपाल निर्माणको यात्रामा सहभागी बनाउन सकेको छैन । नेपालमा असिक्षित युवाको तुलनामा शिक्षित युवाको बेरोजगारी दर वढीरहेको छ तर राज्यले यसको न्यूनिकरणका लागि अपानाएको नीति प्रभावकारी हुन सकेको छैन । स्पष्ट शिक्षा नीतिको अभावले शैक्षिक अवस्था दिनानुदिन चिन्ताको विषय बन्दै गएको छ । राज्यले विद्यार्थीवर्गको हितमा स्पष्ट कार्ययोजना सहित शिक्षा नीतिलाई समय शान्र्दभिक बनाउँदै व्यवहारिक शिक्षा प्रणालीलाई अवलम्बन गर्नु आवश्यक छ ।

Loading...

Similar Posts :


25

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन्...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्ध रहेकाे बताएका छन् ।...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका