चिकित्सकहरुले देशभरका सरकारी स्वास्थ्य संस्थाका आकस्मिक बाहेका सबै सेवा ठप्प पारे

Loading...

प्रशासनिक संरचनाका हिसाबले देश संघीयताको अभ्यासमा छ। तर, औषधोपचारका लागि काठमाडौं वा केही ठूला सहर ताक्नुपर्ने बाध्यता अझै केही वर्ष यथावत् रहने छ। देशको कठिन भूगोल छिचोल्दै बिरामी पश्चिम–उत्तर मुगुदेखि पूर्व–उत्तर खोटाङबाट बिरामी काठमाडौं आइपुगेका छन्। तर, अस्पतालका ओपिडीहरुमा ताला देखेपछि उनीहरु रनभुल्लमा परेका छन्।

कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै आएका सरकारी चिकित्सकहरुले देशभरका सरकारी स्वास्थ्य संस्थाका आकस्मिक बाहेका सबै सेवा ठप्प पारेका छन्। चिकित्सकको आन्दोलनले गर्दा लामो समयदेखि लाइनमा बसेर शल्यक्रिया गर्ने पालो आएका बिरामीहरु मर्कामा परेका छन्।

ओपिडीमा खुट्टो हाल्ने ठाउँ नहुने राष्ट्रिय ट्रमा सेन्टर र राष्ट्रिय चिकित्सक विज्ञान प्रतिष्ठान ‘वीर’ अस्पतालमा पनि आन्दोललको कारणले गर्दा ओपिडी सुनसान देखिन्छन्। ट्रमा सेन्टरले ओपिडीमा दैनिक १२ सयभन्दा बढी बिरामीलाई सेवा दिन्थ्यो भने वीर अस्पतामा करिब १४ सयको हाराहारी बिरामीले ओपिडीमा सेवा दिने गरेको रेकर्डमा उल्लेख छ।



कहिले हड्ताल सकिएला, कहिले फेरि पालो आउला र कहिले उपचार होला भन्ने अनगिन्ती जिज्ञासाले उनीहरुलाई बेचैन बनाएको छ। समयमा अस्पताल आइपुगे पनि त्यहाँ डाक्टर नदेख्दा निराश भए।

एक महिनादेखि काठमाडौंमै उपचार गराइरहेका बिरामी चाँडो गाउँ फर्किन पाए हुन्थ्यो भन्छन्। त्यसैले जसरी पनि सोमबार जाँच गरेरै फर्किने योजनामा आएका थिए। उनले भने, ‘बिहानै आएको हुँ। अहिलेसम्म डाक्टर आएका छैनन्।’

हड्ताल भएकाले डाक्टर नआउने बताएपछि उनी निरास भए। अस्पतालमा टिकट मात्रै होइन, निःशुल्क भनिएका औषधि समेत नपाइने गरेको गुनासो उनले गरिन्। डाक्टरको हड्तालबारे थाहा नपाई आइपुगेका बिरामीहरु अस्पतालमै यताउति चहारिरहेका थिए। डाक्टर आउने नआउनेबारे बुझ्दै निराश हुँदै फर्किदै थिए।

 

ओपिडीमा खुट्टो हाल्ने ठाउँ नहुने राष्ट्रिय ट्रमा सेन्टर र राष्ट्रिय चिकित्सक विज्ञान प्रतिष्ठान ‘वीर’ अस्पतालमा पनि आन्दोललको कारणले गर्दा ओपिडी सुनसान देखिन्छन्। ट्रमा सेन्टरले ओपिडीमा दैनिक १२ सयभन्दा बढी बिरामीलाई सेवा दिन्थ्यो भने वीर अस्पतामा करिब १४ सयको हाराहारी बिरामीले ओपिडीमा सेवा दिने गरेको रेकर्डमा उल्लेख छ।

सरकारले खटाएको ठाउँमा नजानेलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले भने आफ्ना माग पूरा नभएसम्म पछि नहट्ने बताउँदै आइरहेका छन्। यसले उपचारको पालो पर्खिरहेका बिरामीमा झन् ठूलो अन्योल छाएको छ।

Loading...

Similar Posts :


25

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन्...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्ध रहेकाे बताएका छन् ।...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका